Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

नेपाललाई बराबरी अधिकारसहित दोस्रो अध्यक्ष

नेपाललाई बराबरी अधिकारसहित दोस्रो अध्यक्ष

नेकपा एमालेभित्र आन्तरिक विवाद समाधान गर्न दबाब बढिरहेका बेला माधवकुमार नेपाल पक्षका नेताले समान अधिकारसहित सम्मानजनक एकता आवश्यक रहेको बताएका छन्।

नेता नेपालले रायसुझावका लागि भन्दै आइतबार साँझ आफू निकटका स्थायी कमिटी सदस्यसँग छलफल गर्ने क्रममा अधिकांश सहभागीले अहिलेको अवस्थामा पार्टी एकता नै उपयुक्त बाटो भएको तर एकता समान अधिकार र सम्मानजनक हुनुपर्ने बताएका हुन् । उनीहरूले सर्वोच्च अदालतले संसद् पुनस्र्थापना गर्दा एक प्रकारले आफूहरूको जित भएको बताउँदै सम्मानजनक एकतामा जोड दिएका हुन्।

छलफलमा समग्र राजनीतिक अवस्थाको मूल्यांकन गर्दै पार्टीलाई एकताबद्ध बनाउने विषयमा अध्यक्ष केपी ओलीका तर्फबाट आएका विभिन्न प्रस्तावबारे चर्चा भएको थियो। सहभागीले सुवास नेम्वाङ र विष्णु पौडेलले राखेको प्रस्तावमा सकारात्मक हुनुपर्ने र त्यसलाई कार्यान्वयनका लागि विश्वासको वातावरण बनाउनुपर्ने धारणा राखेको स्रोतले बतायो।

स्रोतका अनुसार नेम्वाङ र पौडेलेको प्रस्तावमा नेपाललाई बराबरी अधिकारसहित दोस्रो अध्यक्ष बनाउने उल्लेख छ। नेपालले भने यो विषय पहिला नै आएको भन्दै विश्वास गर्ने आधार अझै नबनेको टिप्पणी गरेका छन्। विधान संशोधन गरेर सुनिश्चित हुने अवस्था आएमात्रै यो प्रस्तावमा अघि बढ्न सकिने उनको अडान छ। ‘छलफलका क्रममा बराबर अधिकारसहितको विषय उठेको थियो ।

त्यस्तो हो भने यसलाई सकारात्मक रुपमा लिनुपर्छ भन्ने साथीहरूको सुझाव छ’, विवाद निरुपण कार्यदलको सदस्यसमेत रहेका सुरेन्द्र पाण्डेले भने। उनले पार्टी एकताका विषयमा सबै एकमत रहेको बताए। छलफलमा सहभागी अर्का नेता रघुजी पन्तले पनि सुझाव दिने क्रममा नेताहरूले सम्मानजनक एकताको कुरा उठाएको बताए। ‘साथीहरूले आफूलाई लागेको सुझाव दिनुभएको छ । बैठकमा सम्मानजनक एकताकै विषय बढी उठेको छ, बैठक सकिएको छैन’, पन्तले भने। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रतिक्रिया