Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

सेयर बजारमा नयाँ कीर्तिमान

सेयर बजारमा नयाँ कीर्तिमान

पाली सेयर बजार सूचकले नयाँ कीर्तिमान कायम गरेको छ । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५४.३१ अंकले बढेर ३०५८.६३ अंकमा बन्द भएको छ । यो हालसम्मकै उच्च अंक हो । यसअघि जेठ ३१ गते नेप्सेले ३०२५.८३ अंकको कीर्तिमान कायम गरेको थियो ।

नेप्सेको नयाँ कीर्तिमानसँगै कारोबार रकममा पनि सुधार आएको छ । आइतबार २२३ कम्पनीका ४ करोड ९३ लाख कित्ता सेयर किनबेच हुँदा १४ अर्ब २३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि बजारमा दैनिक २० अर्ब रुपैयाँसम्मको कारोबार भएको थियो । बजार घट्न थालेपछि कारोबार रकम पनि ४ अर्ब रुपैयाँमा घटेको थियो । नेप्से सूचकमा आएको सुधारसँगै कारोबार रकमसमेत वृद्धि भएको हो ।

आइतबार सेयर बजारमा सबैभन्दा बढी हिस्सा भएको बैकिङ सूचक उच्च अंकले वृद्धि हुँदा नेप्सेमा सकारात्मक प्रभाव परेको हो । बैंकिङ समूह ७२.१४ अंकले वृद्धि भएको छ । यसैगरी उत्पादन २.७१, विकास बैंक १३, जलविद्युत् ७१.६, फाइनान्स २४.८६, निर्जीवन बिमा ४८.४२, उत्पादन ७१.८६, अन्य ६.६, लघुवित्त ८६.२३, जीवन बिमा ३०.८६ र लगानी समूह ०.०४ अंकले बढेको छ । आइतबार होटल तथा टुरिजम २२.५ र म्युचुअल फण्ड ०.२४ अंकले बढेका छन् ।

नयाँ आर्थिक वर्ष सुरु भएसँगै वित्तीय विवरण सार्वजनिक भएका कम्पनीको अवस्था राम्रो देखिएको र लगानीकर्ताहरू उत्साहित भएर बजारमा लगानी गर्न थालेका हुन् । कोभिड–१९ को महामारीका बीच पनि बैंक तथा वित्तीय संस्थाहरूको अवस्था सहज देखिएको छ । गत आवको वित्तीय विवरण सार्वजनिक गरेका केही वित्तीय संस्थाको अवस्था राम्रो देखिएकाले लगानीकर्तालाई उत्साहित गरेको विश्लेषण छ ।

नयाँ आर्थिक वर्ष सुरु भएसँगै राजनीतिक परिवर्तन र सूचिकृत कम्पनीहरूको सकारात्मक सूचक र वित्तीय बजारमा तरलताको सहज अवस्थाले पनि बजारमा सकारात्मक प्रभाव पारेको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले बताए ।

यसैगरी अर्थमन्त्री जनार्दन शर्माले पनि लगानीकर्ताहरूको भेटघाटका साथै सार्वजनिक कार्यक्रममा आफू सेयर बजारप्रति सकारात्मक रहेको र बजारलाई नकारात्मक प्रभाव पार्ने कुनै गतिविधि नगर्ने भन्दै लगानीकर्तालाई विश्वासमा लिने प्रयास गरिरहेका छन् ।

नेपाल धितोपत्र बोर्डले जोखिमयुक्त कम्पनीको सूची सार्वजनिक गरी सचेत भएर कारोबार गर्न सुझाव दिएसँगै घट्न थालेको बजारले एक महिनापछि रेकर्ड ब्रेक गरेको छ ।

प्रतिक्रिया