ताजा अपडेट
पहिरोले थुनियो बूढीगङ्गा नदी, सतर्कता अपनाउन जिल्ला प्रशासन अछामको आग्रह
बाजुरामा पहिरो जाँदा बूढीगङ्गा नदी थुनिएको छ । जिल्लाको गौमुल गाउँपालिकामा पहिरो जाँदा नदी थुनिएको हो । नदी थुनिएकाले अछामको तटीय क्षेत्रमा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय अछामले अनुरोध गरेको छ ।
पहिरोले थुनिएको नदी फुटेर बग्नासाथ तल्लो तटीय क्षेत्रमा पानीको बहाव बढ्न गई जोखिम हुन सक्ने भन्दै बूढीगङ्गा नदी छेउ छाउका बस्तीहरूमा सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको हो ।
प्रशासनले उक्त विषयमा विभिन्न निकायहरू सँग नियमित समन्वय तथा प्रत्यक्ष सम्पर्क भइरहेको जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी रञ्जन प्रसाद तिमिल्सैनाले कुनै पनि स्थानमा कुनै समस्या देखिएमा तत्काल प्रशासन कार्यालय र प्रहरीमा खबर गर्न आग्रह गर्नुभएको छ ।
आज बिहान बूढीगङ्गा नदीमा पानीको बहाव ३.१० गेज रहेको र अघि दिउँसो सम्म पानीको बहाव २.५८ गेज मापन भई पानीको बहाव घट्ने देखिएको छ ।

सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
प्रतिक्रिया