Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

रामारोशनको समग्र विकासका लागि मुख्यमन्त्री भट्टलाई रामारोशनको सर्वदलीय टोलि बुझायो ज्ञापन पत्र

रामारोशनको समग्र विकासका लागि मुख्यमन्त्री भट्टलाई रामारोशनको सर्वदलीय टोलि बुझायो ज्ञापन पत्र

सुदुर पश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टलाई रामारोशन क्षेत्रको समग्र विकासका लागि रामारोशन गाउँ पालिका अछामको सर्वदलीय टोलिले मुख्य मन्त्री भट्टको कार्यालय मै पुगेर ज्ञापनपत्र बुझाएको छ ।

गत बर्ष साउन 13 गते र भाद्र 2 गते बाढी पहिरो ले ठुलो क्षेति पुगेको रामारोशन क्षेत्रको पुन निर्माण र पिडित परिवार लाई उचित राहतको व्यवस्था गर्ने , सुदुर पश्चिम प्रदेश सरकार र रामारोशन गाउँ पालिकाको संयुक्त लगानीमा सन्चालित बहु बर्षिय समपुरक योजना हरु मा यो बर्ष बजेट कम छुट्याइएको र यसलाई आवश्यक अनुसारको थप बजेट बिनियोजन गर्ने , रामारोशन क्षेत्र को पर्यटन विकास लाई उच्च प्राथमिकतामा राख्न र रामारोशन गाउँ पालिकामा बजेट अभावका कारण अन्य थुप्रै आधारभूत आवश्यकता पुरा गर्न निकै कठिनाइ भएका ले गाउँ पालिका लाई थप बजेट को व्यवस्था मिलाउन लगायतका माग राखि ज्ञापनपत्र बुझाएको हो ।

यसका साथै बाढीले निर्माणधिन जयगड रामार‍शनको मुख्य सडक खण्डमा पनि क्षेति पुगेको र यश सडकको काम पनि तिब्र रुपमा अगाडि बढाउन माग गरिएको छ। रामारोशन गाउँ पालिका उपाध्यक्ष सरस्वती रावलको नेतृत्वमा गएको सर्वदलीय टोलि मा नेकपा एमालेको तर्फबाट मान बहादुर गिरी नेपाली कांग्रेस बाट पुष्प बिष्ट नेकपा माओवादी केन्द्र को तर्फबाट खडक रोकाया वडा न .2 का वडा अध्यक्ष चक्र बहादुर रावल 3 का वडा अध्यक्ष तारा साउद वडा न 4 का वडा अध्यक्ष केश बहादुर बटाला वडा न 5 का वडा अध्यक्ष लक्ष्मण परिवार वडा न. 7 का वडा अध्यक्ष खडक भण्डारी रामारोशन गाउँ कार्या पालिका सदस्य हरि परिवार अमर लुहार गाउँ सभा सदस्य सुर्य न्यौपाने लगायतको उपस्थितिमा ज्ञापनपत्र बुझाएको रामारोशन गाउँ पालिका उपाध्यक्ष सरस्वती रावलले बताउनु भएको छ।

ज्ञापनपत्र बुझ्दै मुख्य मन्त्री भट्टले रामारोशनको क्षेत्रमा आफू स्वयम उपस्थिति भएर त्यहाँको सबै वस्तु स्थिति अवगतै भएको र त्यहाँको बिकास र समृद्धि का लागि आफू लागिरहेको बताउनु भएको छ । यश अघि केन्द्र सरकारले सुदुर पश्चिम को विकास का लागि खासै चासो नदेखाएको कारणले पनि रामारोशन लगायतका क्षेत्रका लागि सोचे जति काम गर्न नसकेको र अब यस बिषयमा केन्द्र सरकार संग पनि विशेष पहल गर्ने बचन मुख्य मन्त्री भट्टले दिनु भएको भेटमा सहभागी कांग्रेस नेता पुष्प बिष्टले जानकारी दिनु भएको छ।

प्रतिक्रिया