Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

रामारोशनको समग्र विकासका लागि मुख्यमन्त्री भट्टलाई रामारोशनको सर्वदलीय टोलि बुझायो ज्ञापन पत्र

रामारोशनको समग्र विकासका लागि मुख्यमन्त्री भट्टलाई रामारोशनको सर्वदलीय टोलि बुझायो ज्ञापन पत्र

सुदुर पश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टलाई रामारोशन क्षेत्रको समग्र विकासका लागि रामारोशन गाउँ पालिका अछामको सर्वदलीय टोलिले मुख्य मन्त्री भट्टको कार्यालय मै पुगेर ज्ञापनपत्र बुझाएको छ ।

गत बर्ष साउन 13 गते र भाद्र 2 गते बाढी पहिरो ले ठुलो क्षेति पुगेको रामारोशन क्षेत्रको पुन निर्माण र पिडित परिवार लाई उचित राहतको व्यवस्था गर्ने , सुदुर पश्चिम प्रदेश सरकार र रामारोशन गाउँ पालिकाको संयुक्त लगानीमा सन्चालित बहु बर्षिय समपुरक योजना हरु मा यो बर्ष बजेट कम छुट्याइएको र यसलाई आवश्यक अनुसारको थप बजेट बिनियोजन गर्ने , रामारोशन क्षेत्र को पर्यटन विकास लाई उच्च प्राथमिकतामा राख्न र रामारोशन गाउँ पालिकामा बजेट अभावका कारण अन्य थुप्रै आधारभूत आवश्यकता पुरा गर्न निकै कठिनाइ भएका ले गाउँ पालिका लाई थप बजेट को व्यवस्था मिलाउन लगायतका माग राखि ज्ञापनपत्र बुझाएको हो ।

यसका साथै बाढीले निर्माणधिन जयगड रामार‍शनको मुख्य सडक खण्डमा पनि क्षेति पुगेको र यश सडकको काम पनि तिब्र रुपमा अगाडि बढाउन माग गरिएको छ। रामारोशन गाउँ पालिका उपाध्यक्ष सरस्वती रावलको नेतृत्वमा गएको सर्वदलीय टोलि मा नेकपा एमालेको तर्फबाट मान बहादुर गिरी नेपाली कांग्रेस बाट पुष्प बिष्ट नेकपा माओवादी केन्द्र को तर्फबाट खडक रोकाया वडा न .2 का वडा अध्यक्ष चक्र बहादुर रावल 3 का वडा अध्यक्ष तारा साउद वडा न 4 का वडा अध्यक्ष केश बहादुर बटाला वडा न 5 का वडा अध्यक्ष लक्ष्मण परिवार वडा न. 7 का वडा अध्यक्ष खडक भण्डारी रामारोशन गाउँ कार्या पालिका सदस्य हरि परिवार अमर लुहार गाउँ सभा सदस्य सुर्य न्यौपाने लगायतको उपस्थितिमा ज्ञापनपत्र बुझाएको रामारोशन गाउँ पालिका उपाध्यक्ष सरस्वती रावलले बताउनु भएको छ।

ज्ञापनपत्र बुझ्दै मुख्य मन्त्री भट्टले रामारोशनको क्षेत्रमा आफू स्वयम उपस्थिति भएर त्यहाँको सबै वस्तु स्थिति अवगतै भएको र त्यहाँको बिकास र समृद्धि का लागि आफू लागिरहेको बताउनु भएको छ । यश अघि केन्द्र सरकारले सुदुर पश्चिम को विकास का लागि खासै चासो नदेखाएको कारणले पनि रामारोशन लगायतका क्षेत्रका लागि सोचे जति काम गर्न नसकेको र अब यस बिषयमा केन्द्र सरकार संग पनि विशेष पहल गर्ने बचन मुख्य मन्त्री भट्टले दिनु भएको भेटमा सहभागी कांग्रेस नेता पुष्प बिष्टले जानकारी दिनु भएको छ।

प्रतिक्रिया