Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

सुदूरपश्चिमका खेलाडीको बिमाकालागि आर्थिक सहयोग जुट्दै

सुदूरपश्चिमका खेलाडीको बिमाकालागि आर्थिक सहयोग जुट्दै

गोविन्द भण्डारी 

असार ५ कैलाली।

सुदुर पश्चिमेली नेपाली समाजहरुको साझा अभियान अन्तर्गत सुदुरपश्चिम प्रदेशका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुलाई कोभिड-१९ विरुद्ध एक वर्षे बिमा सहयोगार्थ'को लागि आर्थिक सहयोग हस्तान्तरण गरेको छ । सुदुर पश्चिमेली नेपाली समाजले सोमबार एक कार्यक्रमको आयोजना गरी सुदुरपश्चिम प्रदेशका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुलाई कोभिड-१९ विरुद्ध एक बर्षे बिमाको लागि नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ धनगढी-कैलालीलाई सुदूरपश्चिमेली नेपाली समाजका नेपाल संयोजक चेत बहादुर थापा मार्फत आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

स्वदेश तथा विदेशमा रहेका सुदूरपश्चिमेलीहरुलाई आईपर्ने समस्याहरुको समाधानका लागि नेपालमा हुने प्राकृतिक दैविय प्रकोप बाट प्रभावित क्षेत्रमा,स्वास्थ्य खेलकुद तथा शिक्षा लगायत परोपकारी कार्यका लागी स्थापनार्थ सुदूरपश्चिमेली नेपाली समाजको परोपकारी अभियान अन्तर्गत खेलकुद क्षेत्रमा आबद्ध रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुलाई कोभिड -१९ बिरुद्ध एक बर्षे बिमाको गराउनको लागि नेपाली रु ५१ हजारको चेक सुदुरपश्चिमेली नेपाली समाजका नेपाल संयोजक चेतन थापाको नेतृत्वमा सुदुर पश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका पुर्व दक्षिण एसिया संयोजक ज्ञानेन्द्र बहादुर सिंह, भारत केन्द्रिय अध्यक्ष दिपक प्रकाश मल्ल ,भारत महाराष्ट्र राज्य सल्लाहकार प्रेम खड्का,नेपाल समन्वय समिति सदस्य धुर्व बहादुर मल्ल,कतार केन्द्रीय संस्थापक सल्लाहकार,भीम बहादुर बलायर,सुदुरपश्चिम प्रदेशका खेलाडीहरु ,पत्रकार,तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कैलालीका अध्यक्ष प्रकाश चन्दलाई उक्त चेक हस्तान्तरण गरेको सुदुरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका अध्यक्ष धनबहादुर बलायरले बताए ।

सुदुरपश्चिम प्रदेशका खेलकुद अन्तर्गत विभिन्न विधाका करिब ३४० जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी हरुको कोरोना विरुद्धको बिमाको लागि रकम हस्तान्तरण गरेको नेपाल संयोजक चेतन थापाले बताए । यस संयुक्त अभियानलाई सफल पार्न सहयोग गर्नु हुने सम्पूर्ण सुदुरपश्चिमेली नेपाली समाजहरु मलेसिया, अमेरिका, क्यानडा, डेनमार्क, युरोप, पोर्चुगल, ईजरायल, कतार, बहराइन, साउदी अरबिया, युएई, कुवेत, कोरिया, जापान, अस्ट्रेलिया, भारत, मकाउ, लगायत सम्पूर्ण सहयोगी हातहरुलाई सुदुर पश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले हार्दिक धन्यवाद ज्ञापन समेत गरेको प्रचार-प्रसार विभाग प्रमुख एवं दक्षिण एसिया संयोजक दिनेश खड्का 'खप्तडी'ले जानकारी दिएका छन । सुदूरपश्चिमेली नेपाली समाजहरुको संयुक्त अभियानले लगत्तै सुदूरपश्चिम को नौ वटै जिल्लामा सम्भावित वास्तविक र आवश्यक पिडित हरुलाई एक महिनाका लागि अति आवश्यक खाद्यान्न सामाग्री हस्तान्तरण कार्यक्रम रहेको सुदुरपश्चिमेलि नेपाली समाज अन्तर्राष्ट्रिय समितिका वरिष्ठ उपाध्यक्ष ईश्वर रोकायाले बताए ।

सुदुरपश्चिमेली नेपाली समाजहरुको साझा अभियान अर्थात सुदुरपश्चिमेली आपतकालीन राहत कोष मार्फत केहि महिना अघि भारत सरकारले कोरोना भाइरस कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका आह्वान गरेको लडाउनले गर्दा खानाको लागि समस्यामा परेका नेपालीहरुलाई आवश्यक खाद्यान्न वितरणको लागि सुदुरपश्चिमेली नेपाली समाज भारतलाई आर्थिक सहयोग हस्तान्तरण सुदुर पश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका महासचिव दिलेन्द्रप्रसाद जोशीले बताए । यस्तै बझाङको केदार स्युँ गाउँपालिका वडा नं ८ मा आएको पहिरो कारण विस्थापित २० घरपरिवारलाई लुगा खाद्यान्न तथा खाना पकाउने सामाग्रीहरु हस्तान्तरण गरेको महासचिव जोशीले बताए । सुदुर पश्चिमेली नेपाली समाज हरुको साझा अभियान अन्तर्गतमा विभिन्न परोपकारी कार्यमा आर्थिक सहयोग तथा खाद्यान्न लगायत सामाग्रीहरु हस्तान्तरण गरेको यो तेस्रो कार्यक्रम भएको प्रचार-प्रसार प्रमुख 'खप्तडि'ले बताए ।

प्रतिक्रिया