ताजा अपडेट
शुवेक्षा अटोमोटिभ्समा साँफेबगरमा बजाज एक्सेन्ज मेला, ५ दिन सम्म अफरै अफर
यही श्रावण १८ गते बाट साँफेबगर मा रहेको शुवेक्षा अटोमोटिभ्समा बजाज एक्सचेन्ज मेला लाग्ने भएको छ । ग्राहक हरुको रोजाई र सहजताका लागी बजाज ले पटक पटक यस्ता अफरहरु सहित यस्ता किसिमका मेलाको आयोजना गर्ने गरेको शुवेक्षा अटोमोटिभ्सका संचालक भरत खड्काले बताउनु भयो ।

साँफेबगर नगरपालिका ३ हाटबजार र साँफेबगर नगरपालिका ४ एयारपोर्ट बजारमा रहेका आफ्ना दुबै शोरुमबाट यो अफर को ग्राहक ले प्रत्यक्ष लाभ लिन सक्ने कुरा पनि उहाँले हाम्रो बुलेटिन लाई बताउनु भयो । उहाँका अनुसार कुनै पनि ग्राहकको पुरानो जुनसुखै मोटरसाईकलको बजार मुल्य भन्दा १५ हजार बढी मुल्याङ्कन गरी उत्त मोटरसाईकल को मुल्य निर्धारण गरिने छ । त्यो संगै प्रत्यक नयाँ बजाज मोटरसाईकल को खरिदमा १० हजार नगद छुट रहेको छ भने, किस्तामा मोटरसाईकल खरिद गर्दा २० प्रतिशत अग्रीम भुक्तानी बाफत मात्रै पनि सस्तो ब्याजदर मा मोटरसाईकल किन्न सकिने छ ।
यो एक्सेन्ज मेला बाट अछाम बाजुरा डोटी का ग्राहक हरुले बढी लाभ लिने कुरा शुवेक्षा अटोमोटिभ्सका म्यानेजर सुरज चौधरी ले बताउनु भयो । यो अफर यही श्रावण १८ गते बाट श्रावण २२ गते सम्म का लागी रहने छ ।

सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
प्रतिक्रिया