शुवेक्षा अटोमोटिभ्समा साँफेबगरमा बजाज एक्सेन्ज मेला, ५ दिन सम्म अफरै अफर
यही श्रावण १८ गते बाट साँफेबगर मा रहेको शुवेक्षा अटोमोटिभ्समा बजाज एक्सचेन्ज मेला लाग्ने भएको छ । ग्राहक हरुको रोजाई र सहजताका लागी बजाज ले पटक पटक यस्ता अफरहरु सहित यस्ता किसिमका मेलाको आयोजना गर्ने गरेको शुवेक्षा अटोमोटिभ्सका संचालक भरत खड्काले बताउनु भयो ।
साँफेबगर नगरपालिका ३ हाटबजार र साँफेबगर नगरपालिका ४ एयारपोर्ट बजारमा रहेका आफ्ना दुबै शोरुमबाट यो अफर को ग्राहक ले प्रत्यक्ष लाभ लिन सक्ने कुरा पनि उहाँले हाम्रो बुलेटिन लाई बताउनु भयो । उहाँका अनुसार कुनै पनि ग्राहकको पुरानो जुनसुखै मोटरसाईकलको बजार मुल्य भन्दा १५ हजार बढी मुल्याङ्कन गरी उत्त मोटरसाईकल को मुल्य निर्धारण गरिने छ । त्यो संगै प्रत्यक नयाँ बजाज मोटरसाईकल को खरिदमा १० हजार नगद छुट रहेको छ भने, किस्तामा मोटरसाईकल खरिद गर्दा २० प्रतिशत अग्रीम भुक्तानी बाफत मात्रै पनि सस्तो ब्याजदर मा मोटरसाईकल किन्न सकिने छ ।
यो एक्सेन्ज मेला बाट अछाम बाजुरा डोटी का ग्राहक हरुले बढी लाभ लिने कुरा शुवेक्षा अटोमोटिभ्सका म्यानेजर सुरज चौधरी ले बताउनु भयो । यो अफर यही श्रावण १८ गते बाट श्रावण २२ गते सम्म का लागी रहने छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश सरकार गठनको समयसीमा आज सकिँदै, नयाँ सरकार गठनको अन्योल कायमै
-
जिल्ला स्तरिय महिला मानव अधिकार संरक्षकहरुको लागि दुई दिने सुरक्षा र हेरचाह सत्र कार्यक्रम साँफेबगरमा सम्पन्न
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले दिए राजीनामा
-
रञ्जिता द्वारा रेशमले डाकेको पार्टी बैठक खारेज
-
पशुपति आर्यघाटमा बाबुको दाहसंस्कार गरी घर फर्किएका छोरा त्रिशुलीमा हराए
प्रतिक्रिया