Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

ओलीलाई एकपछि अर्को धक्का

ओलीलाई एकपछि अर्को धक्का

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई एकपछि अर्को धक्का लागिरहेको छ । ओली नेतृत्वको सरकार नढल्दै गण्डकी प्रदेशमा उनका विश्वासपात्र पृथ्वी सुब्बा गुरुङ्ग नेतृत्वको सरकार ढलेको थियो । गुरुङ्ग नेतृत्वको सरकार ढाल्न नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमालेकै माधवकुमार नेपाल समूहबीच गठबन्धन बनेको थियो । स्वतन्त्र सांसद दिपक मनाङेले समेत गुरुङ्गको साथ छाडेका थिए ।

ओलीलाई गण्डकीको धक्का लागेको केही समयमै केन्द्रमै धक्का लाग्यो । उनी नेतृत्वको सरकार ढल्यो । सर्वोच्च अदालतको संवैधानिक इजलासले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने परमादेश नै जारी गरेको थियो ।

ओली सरकार ढलेपछि देउवा सरकारले उनका पालामा भएका नियुक्ति र निर्णयहरु धमाधम बदर गर्न थाल्यो । भूमि आयोग बदर भयो । राजदूतहरु फिर्ता गरिए । कतिपय नियुक्तिहरु खारेज भए । नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक नियुक्त हितेन्द्रदेव शाक्यलाई ऊर्जा आयोगमा लगेर कुलमान घिसिङलाई नियुक्त गरियो ।

लुम्बिनी प्रदेशमा ओलीका विश्वासपात्र शंकर पोखरेल नेतृत्वको सरकार ढल्यो । उनले अविश्वासको प्रस्तावको सामना गर्न नसक्ने भएपछि राजीनामा दिए । लुम्बिनीको शक्तिसंघर्षमा पनि ओली पक्ष कमजोर भयो ।

ओलीको पालामा भएका स्वास्थ्य सामाग्री खरिदको छानविन गर्ने र दोषीमाथि कारबाही गर्ने निर्णय सरकारले साझा न्यूनतम कार्यक्रममार्फत् गरेको छ । यसले ओली आक्रोशित छन् । ओलीका पालामा भएका कतिपय निर्णयहरु र त्यस्तो कदम चाल्नेहरुमाथि कारबाही सम्मको कदमहरु चालिएका छन् । सत्ता बाहिर रहेपछि ओली झन् झन् चुनौती झेलिरहेका छन् ।

एमालेभित्र उनलाई माधवकुमार नेपाल खेमाको चुनौती छ । नेपाल खेमा न एमाले छाड्छ न ओलीको प्रस्ताव मानेर आउन तयार छ । यसले एमाले विभाजनको संघारमा छ । फुटको दोषी बन्नुपर्ने अवस्थामा ओली पुगेका छन् ।

प्रतिक्रिया