Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

बयालपाटा अस्पतालका एक कर्मचारीले आफ्नै शरीरमा आगो लगाए

बयालपाटा अस्पतालका एक कर्मचारीले आफ्नै शरीरमा आगो लगाए

अछाम — बयालपाटा अस्पतालका एक जना कर्मचारीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन् । अस्पतालले हटाएका ३३ जना कर्मचारीमा चर्पी सफा गर्ने कामको जिम्मेवारी पाएका साफेबगर नगरपालिका–६ का सिदार्थ आउजी समेत रहेका थिए ।

अस्पतालमा आर्थिक संकट परेको भन्दै उनी लगायत ३२ जना कर्मचारीलाई अस्पतालले हटाएको थियो । दुई महिना अगाडि नै अस्पतालले हटाएकाे चिठी दिएपछि सिदार्थ तनावमा रहेको हटाइएका अर्का कर्मचारी विशाल पण्डितले बताए ।

'म अस्पतालमा चौकीदारको काम गर्थे । सिदार्थ ट्वाइलेट सफा गर्थे । पुरानो नियुक्ति सकिन दुई महिना बाँकी रहेको थियो । हामी काम गर्न अस्पताल गयौं ' उनले भने,' तिमीहरूलाई हटाइसकेको हो । फेरि किन अस्पताल आयौ भन्दै हाकिमहरुले थर्काए । प्रहरी लगाएर बाहिर निकाले ।' महामारीकै समयमा परिवारको रोजीरोटी चल्ने माध्यम नै बन्द भएपछि न्यूनस्तरका धेरै कर्मचारी तनावमा भएको उनको भनाइ छ । यता बयालपाटा अस्पतालले भने अस्पतालमा आर्थिक अभाव भएको भन्दै कार्यसम्पादन, अनुशासन सबै हेरेर कर्मचारी हटाएको बताएको छ ।

अस्पतालको गेट अगाडि साेमबार बिहान आफ्नै शरीरमा आगो लगाएका आउजीलाई हेलिकप्टरमार्फत नेपालगन्ज थप उपचारको लागि लैजाने तयारी भएको प्रमुख जिल्लामा अधिकारी पुण्यविक्रम पौडेलले बताए ।

प्रतिक्रिया