ताजा अपडेट
अछाममा मष्टामाण्डौ र बाल्लेमाण्डौको जात्रामा स्वास्थ्य सामाग्री वितरण गरिने
नेपाली कांग्रेस अछाम का सहसचिव एवं प्रवक्ता, पंचदेवल बिनायक नगर पालिकाका नगर सभा सदस्य वेदप्रकास तिमिल्सैनाकको सहयोगमा कोरोना नियन्त्रणका लागि स्वास्थ्य सामाग्री वितरण गरिने भएको छ ।
ऐतिहासिक एवं धार्मिक महत्त्व बोकेको मष्टामाण्डौ र बाल्लेमाण्डौमा पुजा आराधना र जात्रा लाई महत्त्व दिएर कोरोना रोकथामका लागि समाज सेवी दिपेन्द्र बहादुर धामीको समन्वयमा सुरक्षाका सामाग्री वितरण गरिने भएको हो । स्वास्थ्य सामाग्री भदौ ५ गते मष्टामाणु र भदौ ६ गते बाल्लेमाणुम मन्दिर परिसरमा वितरण गरिने कुरा समाजसेवी दिपेन्द्र बहादुर धामीले आफ्नो फेसबुकमा स्ट्याटस लेख्दै जानकारी गराएका छन् ।
वितरण गरिने सामाग्रीहरु सर्जिकल मास्क - ३ हजार थान, सर्जिकल ग्लोब्स - २ सय जोर, हेण्ड सेनिटाईजार - १० लिटर, प्लस अक्सिमिटर - २ थान, इनफारेट थर्ममिटर - २ थान, डिजिटल थर्मोमिटर - १० थान रहेका छन् भने अक्सिजन सिलिन्डर पनि आवश्यकता अनुसार तयारी अवस्थामा राखिने धामीले जानकारी दिएका छन् ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया