ताजा अपडेट
आईपीओमा १० प्रतिशत अपागंता भएकाहरुलाईसुनिश्चितता गर्न माग
रामेछापका आङ छोङ्बा शेर्पाले अपाङ्गता भएकाहरूलाई आईपीओमा १० प्रतिशत हिस्सा सुनिश्चितताको माग गरेका छन् । उनले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर अपाङ्गता व्यक्तिहरूलाई आईपीओमा १० प्रतिशत हिस्सा छुट्टाएर सुनिश्चितता गर्न माग गरेका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै ४४ वर्षीय शेर्पाले म्युच्युअल फण्ड, कर्मचारीलाई पनि आईपीओको प्रतिशत छुट्टाइएको भन्दै अपांगहरुलाई पनि केही प्रतिशत छुट्टाउन माग गरे । उनले भने ‘म्युर्चुअल फण्ड तथा कर्मचारीलाई आईपीओको प्रतिशत छुट्टाइएका छ तर अपांगहरुलाई छैन, हामीलाई पनि ५ देखि १० प्रतिशतसम्म छुट्टाउनुपर्छ ।’
उनले धेरै संघसंस्थाहरुले बिदेशबाट रकम ल्याएर आफ्नो दानापानीको व्यवस्था गर्ने भएकोले आफु कुनै संघसंस्थामा आवद्ध नभएको समेत बताए । शेर्पाले उमेरमै आईपीओ बारेमा जानकारी पाउने मौका नपाएको भन्दै आधा उमेर बितेपछि बुझेर सबै अपांगहरुको लागि केही गर्न खोजेको बताए ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया