Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

एसइई दिएका विद्यार्थीलाई एनसेलको ‘पहिलो सिम’ योजना

एसइई दिएका विद्यार्थीलाई   एनसेलको ‘पहिलो सिम’ योजना

एनसेल आजियाटा लिमिटेडले ०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका विद्यार्थीलाई लक्षित गरेर ‘पहिलो सिम’ नामक योजना ल्याएको छ । कम्पनीले एसइईका विद्यार्थीलाई १ रुपैयाँमा प्रिपेड सिमका साथै रिचार्जमा बोनस ब्यालेन्स, निःशुल्क माइफाइभ सेवा र बोनस डेटालगायतका सुविधा दिने योजना ल्याएको हो ।

यो योजनाअन्तर्गत पहिलो सिम लिने विद्यार्थीले सिम एक्टिभेट गरेको सात दिनभित्र एक सय रुपैयाँ वा सोभन्दा बढीको पहिलो रिचार्जमा २० रुपैयाँ मेन ब्यालेन्स र ३० दिनसम्म प्रत्येक दिन एक सय ५० एमबी डेटा पाउने जनाइएको छ ।

त्यस्तै, ५० रुपैयाँ वा बढीको रिचार्जमा ६ महिनासम्म विभिन्न बोनस सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ । यस्तो रिचार्जमा विद्यार्थीहरूले ३ दिन मान्य हुने पाँच सय एमबी डेटा, अन्य एनसेल नम्बरमा कल गर्न ५० मिनेट टक टाइम र अन्य एनसेल नम्बरमा पठाउन मिल्ने ५० वटा एसएमएस बोनसस्वरूप प्राप्त गर्ने जनाइएको छ ।

भ्वाइस, डेटा र एसएमएसमा बोनसबाहेक यो योजनामा निःशुल्क माइफाइभ सेवा उपलब्ध छ । विद्यार्थीहरूले आफूलाई सधैँ सम्पर्कमा रहिरहनुपर्ने बढीमा पाँचवटा एनसेल नम्बरहरू माइफाइभ समूहमा सेट गरी ती नम्बरमा ३० दिनसम्म मिनेटको ५० पैसामा कुराकानी गर्न पाउने जनाइएको छ । ३० दिनपछि, एक सय रुपैयाँ वा बढीको रिचार्जमा यो सेवाले निरन्तरता पाउने कम्पनीले जनाएको छ । 

प्रतिक्रिया