Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

नेपाली कांग्रेस क्षेत्र नम्बर १ क्षेत्रिय कार्यसमितिको आयोजनामा साँफेबगरमा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न

नेपाली कांग्रेस क्षेत्र नम्बर १ क्षेत्रिय कार्यसमितिको आयोजनामा साँफेबगरमा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न

नेपाली कांग्रेस क्षेत्र नम्बर १ क्षेत्रिय कार्यसमितिको आयोजनामा साँफेबगरमा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न भएको छ । भेलामा पार्टीको १४ औ महाधिबेशनको तयारी स्वरुप भोली हुन गईरहेको वडा अधिबेशनलाई सभ्य र भव्य तरिकाले सम्पन्न गर्ने बिषयमा छलफल भएको छ । भेलामा नेता तथा कार्यकर्ताहरुले गाउँमै बसेर पार्टीका लागी दिनरात खट्ने व्यक्तिलाई अबको महाधिबेशनमा स्थान दिनुपर्नेमा जोड दिएका छन् । 

भेलामा सहभागीहरुले पार्टीको महाधिबेशन तथा चुनाबमा मात्र जिल्ला केन्द्रित हुने नेताहरुलाई नेतृत्व दिदा जिल्लामा पार्टी संगठन बलियो हुन नसक्ने धारणा व्यक्त गरेका छन् । वडा अधिबेशनको पुर्ब सन्ध्यामा केहि ठाउमा कृयाशील सदस्यताका बिषयमा अन्यौल रहेकाले छिटो समाधान गर्न समेत नेतृत्व तहलाई आग्रह गरेका छन् । भेलामा प्रमुख अतिथिको आसनबाट बोल्दै पार्टी सभापति भरत कुमार स्वाँरले १४ औ महाधिबेशनलाई एकताको महाधिबेशनका रुपमा सन्देश दिन सबै नेता कार्यकर्ता लाग्नुपर्नेमा जोड दिनु भएको छ । उहाँले वडा देखि जिल्ला अधिबेशनलाई मर्यादित, सभ्य र भव्य रुपमा सफल पार्न सबै एकजुट हुनुपर्ने बताउनु भयो । सभापति स्वाँरले आउनैपर्ने केहि कृयाशील सदस्यहरुको नाम छुट्न गएकाले केन्द्रबाट नै समस्या आएको जानकारी गराउनु भएको थियो । 

क्षेत्रिय सभापति कृष्ण बुढाको अध्यक्षतामा भएको भेलाका बिशिष्ट अतिथि,पुर्ब सुचना तथा सञ्चार राज्यमन्त्री गोबिन्द बहादुर शाह,पुर्ब राजदुत बल बहादुर कुँवर,पुर्ब जिल्ला पार्टी सभापति नैन सिंह कडाएत, मेघराज खड्का रहनु भएको थियो । कार्यक्रममा महासमिति सदस्य राजन कुवर, जिल्ला समन्वय समिति प्रमुख नर बहादुर कुँवर, महाधिबेशन प्रतिनिधि ध्वज बहादुर कुँवर, टक्कर ताम्राकार, पुर्ब महाधिबेशन प्रतिनिधि टिकाराम खनाल, अर्जुन ताम्राकार, जिल्ला पार्टी सचिब भरत कुमाल, कोषाध्यक्ष झकर साउद, जिल्ला कार्यसमिति सदस्य कालु सिह कुँवर, मोहन कुवर, प्रदेश क का सभापति राजेन्द्र कुँवर, महिला नेत्री शान्ता कुँवर, माया कुँवर, लक्ष्मी शाह, रुपा आउजी लगायतको नेता कार्यकर्ताको उपस्थीति रहेको थियो । 

कार्यक्रमको सञ्चालन क्षेत्रिय सचिब भक्त बहादुर कुँवरले गर्नु भएको थियो भने स्वागत मन्तब्य क्षेत्रिय सहसचिब मोहन बोगटीले गर्नु भएको थियो ।

प्रतिक्रिया