Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

नेपाली कांग्रेस क्षेत्र नम्बर १ क्षेत्रिय कार्यसमितिको आयोजनामा साँफेबगरमा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न

नेपाली कांग्रेस क्षेत्र नम्बर १ क्षेत्रिय कार्यसमितिको आयोजनामा साँफेबगरमा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न

नेपाली कांग्रेस क्षेत्र नम्बर १ क्षेत्रिय कार्यसमितिको आयोजनामा साँफेबगरमा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न भएको छ । भेलामा पार्टीको १४ औ महाधिबेशनको तयारी स्वरुप भोली हुन गईरहेको वडा अधिबेशनलाई सभ्य र भव्य तरिकाले सम्पन्न गर्ने बिषयमा छलफल भएको छ । भेलामा नेता तथा कार्यकर्ताहरुले गाउँमै बसेर पार्टीका लागी दिनरात खट्ने व्यक्तिलाई अबको महाधिबेशनमा स्थान दिनुपर्नेमा जोड दिएका छन् । 

भेलामा सहभागीहरुले पार्टीको महाधिबेशन तथा चुनाबमा मात्र जिल्ला केन्द्रित हुने नेताहरुलाई नेतृत्व दिदा जिल्लामा पार्टी संगठन बलियो हुन नसक्ने धारणा व्यक्त गरेका छन् । वडा अधिबेशनको पुर्ब सन्ध्यामा केहि ठाउमा कृयाशील सदस्यताका बिषयमा अन्यौल रहेकाले छिटो समाधान गर्न समेत नेतृत्व तहलाई आग्रह गरेका छन् । भेलामा प्रमुख अतिथिको आसनबाट बोल्दै पार्टी सभापति भरत कुमार स्वाँरले १४ औ महाधिबेशनलाई एकताको महाधिबेशनका रुपमा सन्देश दिन सबै नेता कार्यकर्ता लाग्नुपर्नेमा जोड दिनु भएको छ । उहाँले वडा देखि जिल्ला अधिबेशनलाई मर्यादित, सभ्य र भव्य रुपमा सफल पार्न सबै एकजुट हुनुपर्ने बताउनु भयो । सभापति स्वाँरले आउनैपर्ने केहि कृयाशील सदस्यहरुको नाम छुट्न गएकाले केन्द्रबाट नै समस्या आएको जानकारी गराउनु भएको थियो । 

क्षेत्रिय सभापति कृष्ण बुढाको अध्यक्षतामा भएको भेलाका बिशिष्ट अतिथि,पुर्ब सुचना तथा सञ्चार राज्यमन्त्री गोबिन्द बहादुर शाह,पुर्ब राजदुत बल बहादुर कुँवर,पुर्ब जिल्ला पार्टी सभापति नैन सिंह कडाएत, मेघराज खड्का रहनु भएको थियो । कार्यक्रममा महासमिति सदस्य राजन कुवर, जिल्ला समन्वय समिति प्रमुख नर बहादुर कुँवर, महाधिबेशन प्रतिनिधि ध्वज बहादुर कुँवर, टक्कर ताम्राकार, पुर्ब महाधिबेशन प्रतिनिधि टिकाराम खनाल, अर्जुन ताम्राकार, जिल्ला पार्टी सचिब भरत कुमाल, कोषाध्यक्ष झकर साउद, जिल्ला कार्यसमिति सदस्य कालु सिह कुँवर, मोहन कुवर, प्रदेश क का सभापति राजेन्द्र कुँवर, महिला नेत्री शान्ता कुँवर, माया कुँवर, लक्ष्मी शाह, रुपा आउजी लगायतको नेता कार्यकर्ताको उपस्थीति रहेको थियो । 

कार्यक्रमको सञ्चालन क्षेत्रिय सचिब भक्त बहादुर कुँवरले गर्नु भएको थियो भने स्वागत मन्तब्य क्षेत्रिय सहसचिब मोहन बोगटीले गर्नु भएको थियो ।

प्रतिक्रिया