Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

५९ औ स्थापना दिवसको अवसरमा नेपाल रेडक्रसले गर्यो जिल्ला अस्पताल र बयालपाटा अस्पतालका बिरामीलाई फलफुल वितरण

५९ औ स्थापना दिवसको अवसरमा नेपाल रेडक्रसले गर्यो  जिल्ला अस्पताल  र बयालपाटा  अस्पतालका बिरामीलाई फलफुल वितरण

नेपाल रेडक्रस सोसाइटीको ५९ औ स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल मंगलसेन र वयलपाटा अस्पतालका बिरामीलाई फलफुल वितरण गरेको छ । जिल्ला अस्पतालमा २७ जना र वयलपाटा अस्पतालमा ७० भन्दा बढी बिरामीहरुलाई फलफुल वितरण गरिएको हो ।  रेडक्रस स्थापना दिवसको अवसरमा अछाममा रगत अभावलाई पूर्ति गरेको भन्दै जिल्लाका पाँच निकायलाई प्रशंसा पत्रले सम्मान गरेको छ । नेपाली सेनाको भवानी बक्स गण, जिल्ला प्रहरी कार्यालय, शसस्त्र प्रहरी बल साँफेबगर, जिल्ला अस्पताल अछाम र जेसीज अछामलाई प्रशंसा पत्र दिइएको छ । 

बिरामीलाई फलफुल वितरणपछि प्रशंसा पत्र वितरण गर्दै प्रतिनिधिसभा सदस्य यज्ञबहादुर बोगटीले रेडक्रस मानवीय सेवामा निरन्तर रहेको भन्दै यसमा सबैको साथ रहनुपर्नेमा बताउनुभयो । रेडक्रसले आफ्ना सातवटा सिद्धान्तका आधारमा विपद्मा परेका व्यक्ति र रगत आपुर्तिमा राज्यलाई सहयोग गरिरहेको भनाइ बोगटीको छ । हरेक व्यक्तिको राम्रो उपचारका लागि अस्पतालको स्तरोउन्नतीमा आफू क्रियाशील रहेको भन्दै हरेक स्थानीय तहमा अस्पताल निर्माणले गति लिएको भनाइ राख्नुभयो । राज्यका हरेक काममा सबैले सकारात्मक सोचका साथ अघि बढेमा मात्र सफलता हात लाग्ने भनाइ प्रतिनिधिसभा सदस्य बोगटीको भनाइ छ । 

जिल्ला अस्पतालका बिरामीहरुलाई फलफुल वितरणका क्रममा मंगलसेन नगरपालिका प्रमुख पदमबहादुर बोहरा, निमित्त प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्ल, जिल्ला अस्पताल अछामका अध्यक्ष प्रभुनाथ खनाल, भवानी बक्स गणका गणपती रितेश रानाभाट, जिल्ला प्रहरी कार्यालयका प्रमुख तुलसीराम अर्याल, शसस्त्र प्रहरी बल साँफेबगरका प्रमुख जगदिश जोशी, जिल्ला अस्पताल अछामका मेडिकल सुपरिडेन्टेन्ट डाक्टर सोनली बास्कोटा का साथै सुरक्षा निकाय, अस्पताल, पत्रकार र रेडक्रसकर्मीको सहभागिता रहेको थियो । नेपाल रेडक्रस सोसाइटी अछामका सभापती रत्नप्रसाद ढुंगानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन मन्त्री ध्रुवकुमार शाहीले गर्नुभएको थियो । 
 

प्रतिक्रिया