Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

कांग्रेसकी कान्छी सभापति स्वस्तिका !

कांग्रेसकी कान्छी सभापति स्वस्तिका  !

कांग्रेसको १४ औं महाधिवेशनमा पुस्तान्तरणको बहस चलिरहेका बेला दैलेखको दुल्लु नगरपालिका–३ को वडा सभापतिमा १९ वर्षीया किशोरी स्वस्तिका महत वडा सभापति बनेकी छन् । उनलाई वडाका क्रियाशील सदस्यहरुले सर्वसम्मत वडा सभापतिमा निर्वाचित गरेका हुन् । 

महत स्व.भुपेन्द्रजंग महतकी छोरी हुन् । पार्टीको जिल्ला उपसभापति रहेका महतको दुई वर्षअघि निधन भएको थियो । राजनीतिक परिवारमा हुर्किएकी स्वस्तिका विद्यार्थी राजनीतिमा पनि सक्रिय थिइन् । स्वस्तिका सर्वसम्मत वडासभापनिमा निर्वाचित भएको दैलेखका कांग्रेस नेता दिपक सोनीले जानकारी दिए । ‘वडा अधिवेशनले उनलाई सर्वसम्मत सभापति चयन गरेको छ । सम्भवतः उनी कांग्रेसकै कान्छी सभापति हुन्,’ सोनीले भने ।

गाउँदेखि केन्द्रसम्म राजनीतिमा बूढापुस्ता हाबी छ । महाधिवेशनमा युवापुस्ताको सहभागिता कस्तो होला ? भन्ने बहस चलिरहेकै बेला महत सभापति बनेपछि उनको सामाजिक सञ्जालमा चर्चा चलेको छ । महतले नेपालगन्ज टेक्निकल कलेजबाट हेल्थ असिस्टेन्ट (एचए) को अध्ययन पूरा गरेकी छन् ।

अछाममा पनि २२ वर्षीया जानकी रावल (भण्डारी) वडा सभापतिमा चुनिएकी छन् । मंगलसेन नगरपालिका–११ को वडा अधिवेशनले उनलाई सभापतिमा सर्वसम्मत चयन गरेको हो । उनी जिल्लाकै एक्ली महिला वडासभापति हुन् ।

कांग्रेसको महाधिवेशनअन्तर्गत शुक्रबारदेखि ५६ जिल्लामा वडा तहको अधिवेशन भइरहेको छ ।

प्रतिक्रिया