Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

कांग्रेसकी कान्छी सभापति स्वस्तिका !

कांग्रेसकी कान्छी सभापति स्वस्तिका  !

कांग्रेसको १४ औं महाधिवेशनमा पुस्तान्तरणको बहस चलिरहेका बेला दैलेखको दुल्लु नगरपालिका–३ को वडा सभापतिमा १९ वर्षीया किशोरी स्वस्तिका महत वडा सभापति बनेकी छन् । उनलाई वडाका क्रियाशील सदस्यहरुले सर्वसम्मत वडा सभापतिमा निर्वाचित गरेका हुन् । 

महत स्व.भुपेन्द्रजंग महतकी छोरी हुन् । पार्टीको जिल्ला उपसभापति रहेका महतको दुई वर्षअघि निधन भएको थियो । राजनीतिक परिवारमा हुर्किएकी स्वस्तिका विद्यार्थी राजनीतिमा पनि सक्रिय थिइन् । स्वस्तिका सर्वसम्मत वडासभापनिमा निर्वाचित भएको दैलेखका कांग्रेस नेता दिपक सोनीले जानकारी दिए । ‘वडा अधिवेशनले उनलाई सर्वसम्मत सभापति चयन गरेको छ । सम्भवतः उनी कांग्रेसकै कान्छी सभापति हुन्,’ सोनीले भने ।

गाउँदेखि केन्द्रसम्म राजनीतिमा बूढापुस्ता हाबी छ । महाधिवेशनमा युवापुस्ताको सहभागिता कस्तो होला ? भन्ने बहस चलिरहेकै बेला महत सभापति बनेपछि उनको सामाजिक सञ्जालमा चर्चा चलेको छ । महतले नेपालगन्ज टेक्निकल कलेजबाट हेल्थ असिस्टेन्ट (एचए) को अध्ययन पूरा गरेकी छन् ।

अछाममा पनि २२ वर्षीया जानकी रावल (भण्डारी) वडा सभापतिमा चुनिएकी छन् । मंगलसेन नगरपालिका–११ को वडा अधिवेशनले उनलाई सभापतिमा सर्वसम्मत चयन गरेको हो । उनी जिल्लाकै एक्ली महिला वडासभापति हुन् ।

कांग्रेसको महाधिवेशनअन्तर्गत शुक्रबारदेखि ५६ जिल्लामा वडा तहको अधिवेशन भइरहेको छ ।

प्रतिक्रिया