Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

जता ततै चर्चा काँग्रेस वडा सभापति बनेकी १९ वर्षीया स्वस्तिकाको

जता ततै चर्चा काँग्रेस वडा सभापति बनेकी १९ वर्षीया स्वस्तिकाको

नेपाली काँग्रेसको वडा सभापतिमा एक जना १९ वर्षीया किशोरी निर्वाचित भएपछि यस विषयलाई लिएर चर्चा परिचर्चा सुरु भएको छ । नयाँ पुस्ता राजनीतिमा आउनु र उचित स्थान दिइनु सकारात्मक भएको भन्दै चर्चा परिचर्चा सुरु भएको हो ।

काँग्रेसको बिहीबार भएको वडा तहको अधिवेशनमा दैलेखको दुल्लु नगरपालिका वडा नम्बर ३ को वडा सभापतिमा १९ वर्षिया स्वस्तिका महत सर्वसम्मत निर्वाचित भएकी थिइन् ।

कलिलो उमेरमै वडाध्यक्षमा उनी निर्वाचित भएको विषयले राष्ट्रिय चर्चा पाएको हो भने सामाजिक सञ्जालमा युवा पुस्ताको सहभागिता हुँदै जानु सकारात्मक भएको टिप्पणीको बाढी आएको छ । यस्तै राजनीतिलाई समाज परिवर्तनसँग जोडिनुपर्ने र त्यसलाई महत जस्ता किशोरीहरुबाट आशा राख्न सकिने मतहरु पनि आएका छन् ।

धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले महतलाई बधाईसहितका सकारात्मक कमेन्टहरू बर्साइरहेका छन् भने एकाएक वडाध्यक्ष महत चर्चामा आउन सफल भएकी छिन् ।
महतले पनि आफू सभापति निर्वाचित भएपछि बधाइसहितका सकारात्मक प्रतिक्रिया पाइरहेको बताइएकी छिन् । राजनीतिक परिवारकी चेली उनमा सानैदेखि राजनीतिमा लाग्ने सोच पलाएको र अहिले जिम्मेवारी पाएपछि  उत्साहित भएको बताइन् ।

उनका बुबा दैलेख जिल्लाको पार्टी उपसभापति थिए, जसको २०७६ सालमा निधन भएको थियो ।  उनले अन्तरवार्ताहरुमा भनेकी छिन् , ‘बुबा समाज रुपान्तरणका लागि र समाज सुधारको लागि केही काम गर्छु भनेर अगाडि बढ्नुभएको थियो । त्यो पुरा नुहुँदै उहाँको स्वर्गबास भयो । त्यसकारण बुबाको  सपना पुरा गर्नका लागि म राजनीतिमा आउन खोजेको हो ।’

उनको यो सफलतालाई लिएर काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्मा, प्रधानमन्त्री पत्नी आरजु राणालगायतले दिल खोलेर प्रशंशा गरेका छन् ।

प्रतिक्रिया