Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २० साउन २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित

आफ्ना प्रमुख नौ एजेण्डा सहित एनआरएनएको चुनावी मैदानमा उत्रीए सह संयोजक शुक्रराज न्यौपाने

आफ्ना प्रमुख नौ एजेण्डा सहित एनआरएनएको चुनावी मैदानमा उत्रीए सह संयोजक शुक्रराज न्यौपाने

गैर–आवासीय नेपाली संघ (एनआरएनए) को आइसीसी तर्फ युरोप संयोजकमा वर्तमान उपसंयोजक शुक्रराज न्यौपानेले आफ्ना ९ बुँदे एजेण्डा सहित उम्मेदवारी को घोषणा गरेका छन । गणतन्त्र आयरल्याण्डको डब्लिनमा बसोवास गर्दै आएका न्यौपाने हाल युरोपको उपसंयोजक (डीआरसी) हुन् ।

उनले आसन्न गैर आवासीय नेपाली संघ को दशौं महाधिबेषन मा बिभिन्न योजन सहित उमेदवारी दाबी गर्नेको बाडी नै आएको संदर्भमा सम्पुर्ण उमेदवार साथीहरुको अधिकारको सम्मान गर्दै आफुले केही सामान्य तर संस्थागत सुधारका निम्ती न्यूनतम आवश्यकताका केही बुँदागत एजेण्डाहरु लिएर युरोप संयोजक पदको लागी आफ्नो घोषणा गरेको हाम्रो बुलेटिनलाई बताए ।

उनले गरेका बुँदागत प्रतिबद्धता हरु यस प्रकार रहेका छन् ।.

१. अनाबश्यक राजनैतिक हस्तक्षेपको  कारणले  गर्दा गैर आवशिय नेपाली संघद्वरा निरदृष्ठ लक्ष्य प्राप्ति तथा संघको सांगठनिक धरातल कमजोर भएको महशुस भईरेको छ। गैर आवशिय नेपालीको निदृष्ट लक्षलाई तार्किक निष्कर्षमा पुऱ्याऊदै एन आर एन एहरुका गतिबिधिहरुलाई अभिछिन्न रुपमा कायम गर्न  युरोपका नेपाली समुदायमा  कृयाशिल सम्पुर्ण संघ सस्थाहरु संग मैत्रिपुर्ण ब्यबहार ,आपसी सद्भाव र सदब्यबहारको माध्यामद्वरा  गैर आवासीय नेपालीको सबैको मुल मन्त्र नेपालीका लागि नेपाली भन्ने मन्त्रलाई सार्थक प्रयोग गर्दै सबै बिदेशमा बस्ने नेपालीहरुको मर्यादित छाता संगठन एन आर एन ए निर्माण गर्न प्रतिबद्धता जाहेर गर्दछु । 

२. गैर आवशिय नेपाली संघको स्थापनाकाल देखि निर्मित विधान , ऐन ,नियम, नियमावली र उपनियमहरुको परिधि भित्र रही गैर आवशिय नेपाली संघका गतिविधिहरु संचालनमा ल्याउन प्रतिबद्ध रहनेछु ।

३. युरोप क्षेत्रमा हुर्कदै गरेका भाबी पिडीहरुलाई नेपाली संस्कृति प्रति आकर्षण बढाउने खालको सांस्कृतिक कार्यक्रमहरुलाई निर्माण गर्दै एन आर एन एमा नवयुवाहरुको सहभागिता गराउन बिशेष पहल गर्नेछु। साथै परवासमा बस्दै गर्दा आर्जन गरेको ज्ञान , सिप र पुजिलाई सामुहिक परियोजना तर्जुमा गर्दै मातृभूमिलाई समृद्ध बनाउने अभियानमा थप आयाम ल्याउन कटिबद्ध रहनेछु।

४. यूरोपलाई कर्म क्षेत्र बनाई काम गर्दै आऊनु भएका सम्पुर्ण बिज्ञहरुको संजाल निर्माण गरी यूरोपियन बिज्ञ सम्मेलन आयोजन गर्ने र सो बाट प्राप्त बहुप्रतिष्ठित सुझावहरुलाई मातृभूमिको बिकासमा कोशेढुंगाको रुपमा प्रयोगमा ल्याउन कृयाशिल रहनेछु।

५. यूरोप क्षेत्रमा कृयाशिल एन सी सी हरुलाई थप उर्जा र हौसला प्रदान गर्न युरोपमा एन आर एन ए अभियानमा महत्वपूर्ण योगदान गरेका अग्रज अभियन्ताहरुलाई समेटेर मुल्याङक समिति गठन गर्ने र उहाँहरूको परामर्शमा "वेस्ट एन सी सी अवार्ड अफ द एयर " घोषणा गरि पुरस्कृत गर्ने कार्यमा लाग्नेछु।

६. एक पटक नेपाली सधैको नेपाली भन्ने गैर आवशिय नेपालीहरुको प्रमुख नारालाई ब्यबहारिक रुपमा रुपान्तरण गर्नको लागि निरन्तर रुपमा दबाब मुलक कार्यक्रम संचालन गर्दै नेपाल सरकारलाई ध्यानाकर्षण गराउने कार्यमा अग्रसर रहनेछु।

७.गैर आवशिय नेपाली संघ युरोपियन क्षेत्रबाट संचालित परीयोजनाहरु( जस्तै अक्सिजन प्लान्ट ) लगायतका परियोजनालाई निरन्तरता दिने कार्यमा कृयाशिल रहनेछु ।

८. गैर आवासीय नेपाली संघ युरोप क्षेत्रका पूर्व अध्यक्षहरूको अनुभवलाई संघको उर्जाको रुपमा प्रयोग गर्दै संघको संस्थागत बिकासको लागि बहुप्रतिष्ठत कार्यक्रमहरुको तर्जुमा गरि ब्यबहारिक रुपमा रुपान्तरण गर्न कृयाशिल हनेछु ।मेरो कार्यअबधि सम्म उहाँहरुद्वरा महत्वपुर्ण परामर्श लिएर समयको माग अनुसार गैर आवशिय नेपाली संघलाई मर्यादित गराउने योजनाहरुको निर्माण गरि यूरोप क्षेत्रका गतिबिधिहरुलाई तिब्रता दिन हरहमेशा पहल गर्नेछु।

९. यूरोपमा नेपाली राजदुतावास स्थापना नभएका राष्ट्रहरुका लागि उक्त देशलाई हेर्ने दुतावास संग सहकार्य गर्दै त्यहाँका गैर आवासीय नेपालीहरुलाई सहजताका लागी कन्सुलर सेवा , तथा नेपाली प्रशासनिक प्रायोजनका लागि आबश्यक सेबाहरु जस्तै राहधानी नबिकरण लगायतका सुविधाहरु उपलब्ध गराउने कार्यमा ईमान्दार पुर्वक कृयाशिल हुने प्रतिज्ञा गर्दछु ।

सन् २००९ देखि २०११ कार्यकालका एनआरएनए आयरल्याण्डका अध्यक्ष शुक्रराज न्यौपाने एक सफल युवा व्यवसायीको रुपमा चिनिन्छन् । उनी नेपाल छँदादेखि नै पर्यटन व्यवसायमा संलग्न थिए । कमाएर वा प्रसस्त भएर भन्दा पनि आफूसित जे जति छ त्यसको उचित व्यवस्थापन गर्दै समाजसेवामा आफू लागिपरेको न्यौपाने बताउँछन् । गएको निर्वाचनमा एनआरएन युरोपका सदस्यहरुले आफुलाई दिएको अपार सहयोग र समर्थन आगामी चुनावमा पनि निरन्तर रहने न्यौपानेको  विस्वास छ ।

नेपालीका लागि नेपाली भन्ने एनआरएनएको मूल मन्त्र वर्तमान नेतृत्वपंक्तिको कमजोरीका कारण सेलाउँदै गएको अवस्थामा युरोप क्षेत्रमा यस नारालाई पुनर्ताजगी गराउने र यसलाई नेपालसम्म पुर्याएर परिणाममुलक बनाउने  योजना रहेको शुक्रराज न्यौपानेले बताए ।

 


 

प्रतिक्रिया