ताजा अपडेट
कांग्रेस महामन्त्रीमा विश्वप्रकाशको उम्मेदवारी घोषणा
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको आगामी महाधिवेशनका लागि महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
सुन्दरीजल पुगेर उनले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका हुन् । 'अब म पार्टीको प्रवक्ताबाट अगाडि बढेँ । उपयुक्त समयमा मैले उम्मेदवारी दिन्छु भनेर पहिल्यै भनेको थिएँ । आज महामन्त्रीमा उम्मेदवारी घोषणा गरेको हुँ,' शर्माले भनेका छन् ।
बीपी स्मृति दिवसको अवसरमा बिहीबार सुन्दरीजलमा पुगेर नेता शर्माले यस्तो बताएका हुन् । यसअघि कांग्रेसका नेता गगन थापाले पनि महामन्त्रीमा उम्मेदवारी घोषणा गरिसकेका छन् । नेपाली कांग्रेसको १४औं महाधिवेशन आगामी मंसिरमा हुँदैछ । त्यसका लागि विभिन्न जिल्ला वडा अधिवेशनहरु हुने क्रम जारी छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया