ताजा अपडेट
कांग्रेस क्षेत्रिय सचिवमा युवा नेता बिकको उम्मेद्धवारी घोषणा
नेपाली कांग्रेसको महाधिबेन नजिकिदैँ जाँदा चुवानी सरगर्मी बढीरहेको छ । जिल्ला तहमा हुने बिभिन्न अधिबेशनका तयारी भईरहेका छन् । वडा अधिबेशन करिब सकिएका छन् भने अब सबैको ध्यान नगर, प्रदेश सभा, क्षेत्र र जिल्ला तर्फ केन्द्रित भएको छ ।
नेपाली काङ्ग्रेसको १४ औ महाधिबेशन अन्र्तगत अहिले बिभिन्न क्षेत्रमा नेताहरुले आफ्नो उम्मेद्धवारी घोषणा गरिरहेका छन् । अछाम निर्वाचन क्षेत्र नं. १ को क्षेत्रीय सचीवका लागि युवा नेता पुर्ण बहादुर बि.कले उम्मेदवारी घोषणा गरेका छ्न ।
नेपाली काङ्ग्रेस रामारोशन गाउपालिका कार्यसमितिका सचिव रहेका बि.कले क्षेत्रिय अधिबेशनमा सचिव पदमा उम्मेद्धवारी रहने घोषणा गरे ।नेपाल विद्यार्थी संघ बिन्देश्वरी माबी सुतारको इकाई सदस्यबाट राजनीति सुरु गरेका युवा नेता बिकले नेपाल विद्यार्थी संघको विभिन्न तहमा सक्रिय हुँदै अछाम जिल्ला कार्य समिति सदस्य भएर काम गरेका छन् ।
विभिन्न सामाजिक क्षेत्रमा समेत संलग्न रहेका युवा नेता बिकले नेपाली काङ्ग्रेसको संगठन बलियो बनाउन रामारोशन क्षेत्रमा सक्रिय भई लागिरहेको र आगामी दिनमा एक नम्बर क्षेत्रमा सक्रिय हुने आफ्नो उम्मेद्धवारी रहेको बताए । निर्वाचन क्षेत्र नं. १ र समग्र पार्टी संगठन बलियो, सुदृढ र चलायमान हुदैँ युग सुहाउँदो आधुनिक काङ्ग्रेस बनाउने गरी निर्वाचन क्षेत्रमा काम गर्ने उनको भनाइ छ ।
नेपाली काङ्ग्रेसमा युवाको आवश्यकता र पार्टीमा युवा नेतृत्व को खाचो रहेको भन्दै उनले आफू क्षेत्रीय सचीवको उम्मेदवार भएको बताए ।
रामारोशन क्षेत्रमा काङ्ग्रेसको संगठन बलियो बनाउन र थुप्रै सामाजिक कार्यमा सक्रिय भएर लागेका युवा नेता बि क अछाममा लोकप्रिय युवा मानिन्छन् ।
निर्वाचन क्षेत्रका अग्रज नेता युवा साथिहरुको आफू प्रती ठूलो सद्भाव रहेको भन्दै उनले यसपटक सबैले साथ दिने अपेक्षा गरेका छन् ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया