Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

कांग्रेस क्षेत्रिय सचिवमा युवा नेता बिकको उम्मेद्धवारी घोषणा

कांग्रेस क्षेत्रिय सचिवमा युवा नेता बिकको उम्मेद्धवारी घोषणा

नेपाली कांग्रेसको महाधिबेन नजिकिदैँ जाँदा चुवानी सरगर्मी बढीरहेको छ । जिल्ला तहमा हुने बिभिन्न अधिबेशनका तयारी भईरहेका छन् । वडा अधिबेशन करिब सकिएका छन् भने अब सबैको ध्यान नगर, प्रदेश सभा, क्षेत्र र जिल्ला तर्फ केन्द्रित भएको छ ।

नेपाली काङ्ग्रेसको १४ औ महाधिबेशन अन्र्तगत अहिले बिभिन्न क्षेत्रमा नेताहरुले आफ्नो उम्मेद्धवारी घोषणा गरिरहेका छन् । अछाम निर्वाचन क्षेत्र नं. १ को क्षेत्रीय सचीवका लागि युवा नेता पुर्ण बहादुर बि.कले उम्मेदवारी घोषणा गरेका छ्न ।

नेपाली काङ्ग्रेस रामारोशन गाउपालिका कार्यसमितिका सचिव रहेका बि.कले क्षेत्रिय अधिबेशनमा सचिव पदमा उम्मेद्धवारी रहने घोषणा गरे ।नेपाल विद्यार्थी संघ बिन्देश्वरी माबी सुतारको इकाई सदस्यबाट राजनीति सुरु गरेका युवा नेता बिकले नेपाल विद्यार्थी संघको विभिन्न तहमा सक्रिय हुँदै अछाम जिल्ला कार्य समिति सदस्य भएर काम गरेका छन् ।

विभिन्न सामाजिक क्षेत्रमा समेत संलग्न रहेका युवा नेता बिकले नेपाली काङ्ग्रेसको संगठन बलियो बनाउन रामारोशन क्षेत्रमा सक्रिय भई लागिरहेको र आगामी दिनमा एक नम्बर क्षेत्रमा सक्रिय हुने आफ्नो उम्मेद्धवारी रहेको बताए । निर्वाचन क्षेत्र नं. १ र समग्र पार्टी संगठन बलियो, सुदृढ र चलायमान हुदैँ युग सुहाउँदो आधुनिक काङ्ग्रेस बनाउने गरी निर्वाचन क्षेत्रमा काम गर्ने उनको भनाइ छ ।

नेपाली काङ्ग्रेसमा युवाको आवश्यकता र पार्टीमा युवा नेतृत्व को खाचो रहेको भन्दै उनले आफू क्षेत्रीय सचीवको उम्मेदवार भएको बताए ।
रामारोशन क्षेत्रमा काङ्ग्रेसको संगठन बलियो बनाउन र थुप्रै सामाजिक कार्यमा सक्रिय भएर लागेका युवा नेता बि क अछाममा लोकप्रिय युवा मानिन्छन् ।

निर्वाचन क्षेत्रका अग्रज नेता युवा साथिहरुको आफू प्रती ठूलो सद्भाव रहेको भन्दै उनले यसपटक सबैले साथ दिने अपेक्षा गरेका छन् ।

प्रतिक्रिया