Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

१४ औं महाधिवेशन प्रतिनिधिका लागि युवा नेता अर्जुन ताम्राकारको उम्मेद्वारी घोषणा

१४ औं महाधिवेशन प्रतिनिधिका लागि युवा नेता अर्जुन ताम्राकारको  उम्मेद्वारी  घोषणा

नेपाली काँग्रेसका युवा नेता अर्जुन ताम्राकारले केन्द्रिय महाधिवेशन प्रतिनिधि पदको उम्मेदवारी घोषणा गरेका छन् । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा ताम्राकारले आफ्नो केन्द्रिय महाधिवेसन प्रतिनिधि पदको उम्मेदारी रहेको घोषणा गरेका हुन्  ।

आगामी आउने निर्वाचनमा अछामबाट नेपाली काँग्रेस विजय गराउन र उत्पीडित समाजको नेतृत्व  गर्ने उद्देश्यका साथ  नेता अर्जुन  ताम्राकारले यती बेला आफ्नो पनि  केन्द्रिय महाधिवेशन प्रतिनिधि पदको उम्मेदवारी रहेको बताउनु भएको छ ।

आफु कुनै गुट र उपगुट लाई सहयोग नगरी नेपाली काँग्रेसलाई बलियो बनाउन आफ्नो उम्मेदवारी रहेको उहाको भनाई छ । स्थानीय प्रदेश संघको आगामी आउने निर्वाचनमा विजयी गर्न गराउने भुमिकालाई सक्षम बनाउन आफ्नो उम्मेदवारी रहेको काँग्रेस युवा नेता ताम्राकारले बताउनुभयो ।

नेता ताम्राकारले २०४६ को जनआन्दोलन देखि नेपाली काँग्रेस पार्टीमा इच्छुक राख्दै आप्नो राजनीतिक यात्रा सुरु गरेका हुन् । २०४६ सालमा ने बि सँघ इकाइ सभापती रहेका नेता ताम्राकारले २०५३ सालमा किसान सँघको सचिव पद निकै जिम्मेवारी पुर्वक निर्वाह  गर्नुभएको थियो  ।

अछाममा समाजको हक हितका लागि आफ्नो जीवनमा सम्र्पण गर्दै आउनु भएका ताम्राकार २०५६ सालमा दलित संघ अछामको अध्यक्ष हुनु भएको थियो । देशमा गणतन्त्र लोकतन्त्र ल्याउनका लागि २०६२/०६३ सालमा भएको १९ दिने जनआन्दोलनमा ताम्राकारले अछामको कारागार बसेर निकै यातना भोग्नु भएको थियो ।

उहा २०६९ सालको नेपाली काँग्रेसको १२ औँ महाधिवेशनमा केन्द्रिय महाधिवेशन प्रतिनिधि र २०७३ सालमा नेपाल दलित संघको केन्द्रिय सदस्य रहुन भएको थियो । नेपाली काँग्रेसको १४ महाधिवेशनको लागि वडा अधिवेशन सकिएसँगै अव स्थानीय तह, प्रदेश, क्षेत्रीय र जिल्ला अधिवेशनको तयारीमा नेपाली काँग्रेस जुटेको छ । नेपाली काँग्रेसका गाउँ तथा नगर अधिवेशन भाद्र २७ गते, असोज १ गते प्रदेश अधिवेशन, असोज ५ गते क्षेत्रीय अधिवेशन र असोज १० गते जिल्ला अधिवेशन हुँदै छ ।

 

प्रतिक्रिया