Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

१४ औं महाधिवेशन प्रतिनिधिका लागि युवा नेता अर्जुन ताम्राकारको उम्मेद्वारी घोषणा

१४ औं महाधिवेशन प्रतिनिधिका लागि युवा नेता अर्जुन ताम्राकारको  उम्मेद्वारी  घोषणा

नेपाली काँग्रेसका युवा नेता अर्जुन ताम्राकारले केन्द्रिय महाधिवेशन प्रतिनिधि पदको उम्मेदवारी घोषणा गरेका छन् । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा ताम्राकारले आफ्नो केन्द्रिय महाधिवेसन प्रतिनिधि पदको उम्मेदारी रहेको घोषणा गरेका हुन्  ।

आगामी आउने निर्वाचनमा अछामबाट नेपाली काँग्रेस विजय गराउन र उत्पीडित समाजको नेतृत्व  गर्ने उद्देश्यका साथ  नेता अर्जुन  ताम्राकारले यती बेला आफ्नो पनि  केन्द्रिय महाधिवेशन प्रतिनिधि पदको उम्मेदवारी रहेको बताउनु भएको छ ।

आफु कुनै गुट र उपगुट लाई सहयोग नगरी नेपाली काँग्रेसलाई बलियो बनाउन आफ्नो उम्मेदवारी रहेको उहाको भनाई छ । स्थानीय प्रदेश संघको आगामी आउने निर्वाचनमा विजयी गर्न गराउने भुमिकालाई सक्षम बनाउन आफ्नो उम्मेदवारी रहेको काँग्रेस युवा नेता ताम्राकारले बताउनुभयो ।

नेता ताम्राकारले २०४६ को जनआन्दोलन देखि नेपाली काँग्रेस पार्टीमा इच्छुक राख्दै आप्नो राजनीतिक यात्रा सुरु गरेका हुन् । २०४६ सालमा ने बि सँघ इकाइ सभापती रहेका नेता ताम्राकारले २०५३ सालमा किसान सँघको सचिव पद निकै जिम्मेवारी पुर्वक निर्वाह  गर्नुभएको थियो  ।

अछाममा समाजको हक हितका लागि आफ्नो जीवनमा सम्र्पण गर्दै आउनु भएका ताम्राकार २०५६ सालमा दलित संघ अछामको अध्यक्ष हुनु भएको थियो । देशमा गणतन्त्र लोकतन्त्र ल्याउनका लागि २०६२/०६३ सालमा भएको १९ दिने जनआन्दोलनमा ताम्राकारले अछामको कारागार बसेर निकै यातना भोग्नु भएको थियो ।

उहा २०६९ सालको नेपाली काँग्रेसको १२ औँ महाधिवेशनमा केन्द्रिय महाधिवेशन प्रतिनिधि र २०७३ सालमा नेपाल दलित संघको केन्द्रिय सदस्य रहुन भएको थियो । नेपाली काँग्रेसको १४ महाधिवेशनको लागि वडा अधिवेशन सकिएसँगै अव स्थानीय तह, प्रदेश, क्षेत्रीय र जिल्ला अधिवेशनको तयारीमा नेपाली काँग्रेस जुटेको छ । नेपाली काँग्रेसका गाउँ तथा नगर अधिवेशन भाद्र २७ गते, असोज १ गते प्रदेश अधिवेशन, असोज ५ गते क्षेत्रीय अधिवेशन र असोज १० गते जिल्ला अधिवेशन हुँदै छ ।

 

प्रतिक्रिया