Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २७ जेठ २०८२
प्रचलनमा:
ताजा अपडेट
बयालपाटा अस्पतालको स्वामित्व र व्यवस्थापन सुदूरपश्चिम प्रदेश सरकार मातहत लगिने बयालपाटा अस्पतालको स्वामित्व र व्यवस्थापन सुदूरपश्चिम प्रदेश सरकार मातहत लगिने यस्तो छ संघिय सरकारको १९ खर्ब ६४ अर्ब ११ करोडको बजेटको पूर्णपाठ यस्तो छ संघिय सरकारको १९ खर्ब ६४ अर्ब ११ करोडको बजेटको पूर्णपाठ संघीय बजेटमा अटाएका सुदूरपश्चिमका यी योजना संघीय बजेटमा अटाएका सुदूरपश्चिमका यी योजना अछाम पुगेर पूर्व उपराष्ट्रपतिले सम्झिए मङ्गलसेन घटना- ७ दिन सर्वे, एकैचोटी आक्रमण अछाम पुगेर पूर्व उपराष्ट्रपतिले सम्झिए मङ्गलसेन घटना- ७ दिन सर्वे, एकैचोटी आक्रमण धनगढी उपमहानगरपालिका– ५ का वडाध्यक्ष शाहीले विवाह खर्च कटाएर खोले ‘एनिमल सेल्टर’ धनगढी उपमहानगरपालिका– ५ का वडाध्यक्ष शाहीले विवाह खर्च कटाएर खोले ‘एनिमल सेल्टर’ नेपाल सरकार पोखरा औधोगिक क्षेत्रका पूर्व जिएम खेमराज कुँवरको निधन नेपाल सरकार पोखरा औधोगिक क्षेत्रका पूर्व जिएम खेमराज कुँवरको निधन चौरपाटिमा सम्पन्न प्रथम जिल्ला स्तरीय अध्यक्ष कपको उपाधि उपहार निर्माण सेवालाई चौरपाटिमा सम्पन्न प्रथम जिल्ला स्तरीय अध्यक्ष कपको उपाधि उपहार निर्माण सेवालाई लोकतान्त्रिक निर्माण व्यवसायी संघ अछामको अध्यक्षमा गोकुल भाट लोकतान्त्रिक निर्माण व्यवसायी संघ अछामको अध्यक्षमा गोकुल भाट आर्थिक संकटका कारण सेवाको दायरा घटाउदै बयालपाटा अस्पताल,बन्द हुने डर ! आर्थिक संकटका कारण सेवाको दायरा घटाउदै बयालपाटा अस्पताल,बन्द हुने डर ! भारत-पाकिस्तान युद्धः ५ भारतीय जेट खसालेको पाकिस्तानको दावी भारत-पाकिस्तान युद्धः ५ भारतीय जेट खसालेको पाकिस्तानको दावी

महाधिवेशन प्रतिनिधिका लागि लोकप्रिय नेता मोहन कुवँरको उम्मेद्वारी घोषणा

महाधिवेशन प्रतिनिधिका लागि लोकप्रिय नेता मोहन कुवँरको उम्मेद्वारी घोषणा

अछामको निर्वाचन क्षेत्र नम्बर १ का  लोकप्रिय युवा नेता मोहन कुवँरले नेपाली कांग्रेसको १४ औ अधिवेशनमा महाधिविशन प्रतिनिधिकाका लागि उम्मेद्वारी घोषणा गर्नुभएको छ ।  साँफेबगर नगरपालिका ३ सिद्धेश्वर निवासी नेता कुवँर १३ औं महाधिवेशनमा नेपाली कांग्रेसको जिल्ला कार्य समिति सदस्य मनोनित हुनु भएको थियो । 

२०४६ सालमा पंचायती व्यवस्थाको विरुद्ध प्रजातन्त्र स्थापनाका लागि पोष्टर, पम्प्लेट टाँसेर आफ्नो राजनीतिक जीवनको सुरुवात गर्नुभएका कुवँरले २०४८/०४९ मा कैलाली बहुमुखी क्याम्पसको स्ववियू निर्वाचनमा सदस्य पदमा उम्मेद्वारी दिनुभएको थियो  । तर विविध कारणबस उक्त निर्वाचन स्थगित भएको कुवँरको भनाइ छ ।.

२०४९ सालमा अछाम कैलाली सम्पर्क समितिको कार्यकारी अध्यक्ष पदमा रहेर कुवँरले नेपाली कांग्रेसको जनचेतनाका लागि कैलाली बाट अछाम आएर कालिमाटी, साँफेबगर , बयालपाटा र मंगलसेनमा सांस्कृतिक कार्यक्रम गर्नुका साथै  विद्यार्थीका हक हितका विषयमा आवाज वुलन्द पारेको कुवँर स्मरण गर्नुहुन्छ ।

२०४८ साल देखि शिक्षण पेशामा आबद्ध हुनुभएका  कुवँरले अध्यापनको अनुभव बटुलेपछि २०५५ सालमा २ वटा निजि बिद्यालय संचालनमा ल्याउनु भएको थियो  । 
२०५१/०५२ मा कैलालीबाट नेपाली कांग्रेसको क्रियाशिल सदस्यता प्राप्त गर्नुभएका कुवँर धनागढ़ी उपमहानगरपालिका ५ हसनपुर बुथ कमिटीबाट प्रतिनिधि समेत रहनु भएको थियो ।

२०५३ सालमा कैलाली बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा उम्मेद्वारी दिएका कुवँरले अग्रजको सल्लाह अनुरुप तत्कालिन सहकर्मी हरी प्रसाद रेग्मीको पक्षमा खुलेर समर्थन गर्नुभएको थियो । उम्मेद्वारी फिर्ता लिईसकेपछि पनि आफ्नो नाममा भोट खसेको कुरा उहाँ अझै सम्झिनु हुन्छ ।

२०५८ सालमा तत्कालिन माओबादी आन्दोलनले विस्थापित भएर भारतको सुरत सहरमा साझेदारी होटल संचालन गरेर बसेको कुवँरको स्मरणमा अझै ताजा छ ।२०६०/०६१ मा नेपाल फर्केर धनगढीमा अक्सफोर्ड नामक निजि विद्यालय साझेदारीमा संचालन गरेका कुवँर शिक्षा क्षेत्रमा आफ्नो विशेष रुची भएको  बताउनु हुन्छ ।
फेरी २०६३ सालमा अछामका स्थानीय अग्रजको सुझाव र पटक पटकको अनुरोधपछि अछाम आएर अछामको साँफेबगरमा किण्डर गार्डेन नामक एकल निजि विधालय संचालन गर्नुभएका कुवँरको उक्त विद्यालय हालसम्म पनि संचालनमा छ ।

निजि विद्यालय स्थापना पछि फर्केर राजनीति र समाज सेवामा लागेका कुवँर २०७२ देखि स्थानीय तहको निर्वाचनसम्म साँफेबगर नगर विकास समितिको अध्यक्ष पदमा रहेर विभिन्न विकासका कार्यहरु गर्नुभएका कुवँरले देशभरका १० वटा नयाँ शहरहरु मध्यकै एउटा शहर  साँफेबगरको नेतृत्वमा रहि काम गरिरहनु भएको छ । एक पटक पहिले र हाल नेपाल भारत मैत्री संघका केन्द्रीय सदस्य कुवँरले आफ्नो पहलमा नेपाल भारत मैत्री संघ बाट एउटा एम्बुलेन्स समेत ल्याएर संचालन गर्नु भएको थियो । 

शिक्षा तर्फ विशेष रुची भएका कुवँर हाल अछाम जिल्लाकै नमुना प्राविधिक विद्यालय प्रभा धमकोट माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुनुहुन्छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा अछामको निर्वाचन क्षेत्र नम्बर १ बाट महाधिवेशनका लागि सबैको सुझाव सल्लाहले जित हाँसिल गर्न सकिने कुँवरको दाबि छ । उहाँले क्षेत्रीय प्रतिनिधिलाई सहयोग गरिदिन पनि अनुरोध गर्नु भएको छ । 


 

प्रतिक्रिया