ताजा अपडेट
काँग्रेस अछाम क्षेत्र नम्बर १ प्रदेश सभा (क) को सभापतिमा युवा नेता गोकुल भाटको उम्मेदवारी घोषणा
नेपाली काँग्रेस अछामको क्षेत्र नम्बर १ प्रदेश सभा क को सभापति पदका लागि युवा नेता गोकुल भाटले उम्मेदवारी घोषणा गरेका छन् । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत हुने प्रदेश सभा अधिबेशनमा उनले आफ्नो उम्मेदारी घोषणा गरेका हुन्।
नेपाली कांग्रेस क्षेत्र न १ को पार्टी संगठन बलियो बनाउन र समाज परिवर्तनका लागि नेतृत्व गर्न आफुले प्रदेश सभा सभापति पदमा उमेद्वारी घोषणा गरेको बताए ।
नेपाली कांग्रेस साँफेबगर नगर कार्य समिति सभापति रहेका नेता भाटले आफुले आफ्नो कार्यकाल सफलतापुर्वक सम्प्पन गरेकाले स्वभाबिक रुपमा अब एक कदम माथि उक्लेर प्रदेश सभा क को सभापति पदमा उम्मेदवारी दिने बताए ।
पार्टी संगठन बलियो बनाउन र समाजका परिवर्तन गराउन क्रियाशिल रहने भन्दै उनले सभापति पदमा आफुलाई यसपटक अघि सारेका छन् ।
संगठन निर्माण संगै सबैलाई एकजुट भएर क्रियाशिल गराउन आफुले भमिका निर्वाह गर्ने उनको भनाई छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
-
अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
-
एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ?
प्रतिक्रिया