Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

३ दिनको अवधिमा अछाममा २ महिलाले बाटोमै शिशुलाई जन्म दिइन्

३ दिनको अवधिमा अछाममा २ महिलाले बाटोमै शिशुलाई जन्म दिइन्

अछाममा ३ दिनको अवधिमा २ जना महिलाले बाटोमै शिशुलाई जन्म दिएकी छन् ।

बिहीबार जिल्लाको ढकारी गाउँपालिका वडा न २ भलाने निवासी पवित्रा देवी बुढाले स्वास्थ्य संस्था लैजाँदा बाटोमै बच्चालाई जन्म दिएकोमा शनिवार जिल्लाको रामारोशन गाउँपालिकाकी एक महिलाले पनि बाटोमै शिशुलाई जन्म दिएकी हुन् ।

जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ६ भटाकाटिया परिनवकी २५ बर्षीया नन्दा साउँदले बान्नीगढी जयगढ गाउँपालिकाको वडा नम्बर ५ कालिका बाच्कोट नजिकै बाटोमै बच्चालाई जन्म दिएकी हुन् ।

यस अघि स्वास्थ्य जाँचका क्रममा उनको पेटमा बच्चा उल्टो रहेको देखिएपछि उनलाई प्रसूति गराउन बयालपाटा अस्पतालमा आउन भनिएको थियो ।

प्रसूति गराउनका लागी रामारोशन गाउँपालिकाको भटाकाटियाबाट हिडेरै बयालपाटा अस्पतालमा आउने क्रममा शनिवार साँझ करिब ५:३० बजेतिर उनले बाटोमै किशोरीलाई जन्म दिएको हुन् ।

उनीसँगै स्याहार सुसारका लागी आएकी जमुना साउँदले बाटोमै शिशुलाई जन्म दिएको बारे स्थानीयलाई खबर गरेपछि कालिका स्वास्थ्य चौकीका अहेव अविरल साउँद लगायतले उनलाई कालिका स्वास्थ्य चौकी पुर्‍याएका थिए ।

हाल आमा र नवजात शिशुको अवस्था सामान्य रहेको कालिका स्वास्थ्य चौकीमा कार्यरत अनमी लीला साउँदले बताउनु भएको छ ।

वर्षाका कारण जयगढ रामारोशन सडक खण्ड हिलाम्य हुनुका साथै ठाउँ ठाउँमा अवरुद्ध हुँदा स्थानीयले सास्ती भोग्दै आएका छन् ।

प्रतिक्रिया