Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

रिसको झोंकमा भतिजोद्वारा गरेको स्वीकार : संखुवासभा हत्या प्रकरण

रिसको झोंकमा भतिजोद्वारा गरेको स्वीकार :  संखुवासभा हत्या प्रकरण

संखुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा भएको ६ जनाको हत्या प्रकरणमा छिमेकी एक जनालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई हत्या अभियोगमा आज आइतबार सार्वजनिक गर्ने प्रहरीले जनाएको छ । हत्या रहस्मय बन्दै गएको भन्दै प्रहरीले प्राविधिक र मानवीय दुवै कोणबाट प्रहरीले अनुसन्धान शुरू गरेको थियो ।

एकै परिवारका ६ जना वृद्धदेखि बालबालिकासम्म बीभत्स हत्याको प्रहरीले सूक्ष्म ढंगले अनुसन्धान अगाडि वढाएको थियो । अनुसन्धानका क्रममा बीभत्स हत्या गर्ने अभियुक्त मृतकका भतिज २६ वर्षीय लोकबहादुर कार्की रहेका छन् । पक्राउ परेका उनले आफूलाई होच्याउने, अपशब्द बोल्ने, हेप्ने गरेकाले हत्या गरेको अनुसन्धान टोलीसँग स्वीकार गरेको प्रहरी स्रोतको भनाइ छ ।

संखुवासभा प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले अनुसन्धानका लागि छिमेकी एक युवा पक्राउ गरिएको पुष्टि गर्नुभएको छ । पक्राउ परेका कार्कीलाई भने आज आइतबार सार्वजनिक गर्ने प्रहरीले बताएको छ । पक्राउ परेका अभियुक्तको घरबाट रगत लागेजस्तो देखिने धोएर राखेको सटको कपडा र घटनामा प्रयोग भएको हुन सक्ने हेम्बर पनि बरामद गरिएकोे छ ।

घटनामा के–कति जनाको संलग्नता रहेको र घटना गर्नुका कारणबारे थप अनुसन्धान भइरहेको छ । प्रहरी स्रोतका अनुसार लोकबहादुरले मृतक तेजबहादुरको मात्र हत्या गर्न खोजेका र परिवारका सदस्यले देखेपछि हत्या आरोपितले चिन्छ भनेर परिवारका अन्यको पनि हत्या गरेको स्रोतको भनाइ छ । ‘आरोपित कार्कीले नै हत्या गरेको विविध पक्ष र कारणबाट पुष्टि हुन्छ । यसबारेमा आज आइतबार सार्वजनिक गर्छौं ।’ –संखुवासभा प्रहरी नायव उपरीक्षक सुवेदीले बताउनुभयो ।

उक्त घटनाको अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालय संखुवासभा, संघीय प्रहरी एकाइ कार्यालय धरान, केन्द्रीय अनुसन्धान ब्युरो धरान, प्रदेश प्रहरीको रिजनल इन्भेस्टिगेसन टिम र अनुसन्धानलाई थप सहयोग गर्न १ नं. प्रदेश प्रहरी कार्यालयका डीआईजी अरणकुमार बीसी घटनास्थलमै रहेका छन् । घटनास्थलमा अनुुसन्धानका क्रममा ४० भन्दा बढी प्रहरी परिचालन गरिएको छ ।

घटनाको अनुसन्धानका क्रममा शनिबार ५ दिनसम्म १ दर्जनभन्दा बढी व्यक्तिमाथि प्रहरीले अनुसन्धान गरेको थियो । घटनामा ८५ वर्षीय बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीय पार्वती, ५८ वर्षीय छोरा तेजबहादुर, ५२ वर्षीया बुहारी कमला, ३२ वर्षीया नातिनी बुहारी रञ्जना, र ११ वर्षीय पनाति दिपेन, ७ वर्षीया पनातिनी गोमाको बीभत्स हत्या भएको थियो । उनीहरुको घरदेखि केही पर बाटो, खोल्सा र खरबारीमा बीभत्स हत्या गरेको अवस्थामा गाउँलेले शव फेला पारेका थिए ।

घरमा रहेका मृतक तेजबहादुरका बुबा ८५ वर्षीय बौद्धमान भने घरमै जीवित रहेका छन् । उनी न्यून दृष्टियुक्त रहेका छन् । मृतक तेजबहादुरका जेठो छोरा रमेश कार्की वैदेशिक रोजगारमा मलेसिया र कान्छो नरेश कार्की दुहवीमा वैदेशिक रोजगारमा गएका र नरेशकी श्रीमती तारा कार्की भने झापाको दमकमा बस्दै आएकी थिइन् । अहिले उनीहरु धरानस्थित स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा क्याम्पमा शवको पोस्टमार्टम र दाहसंस्कार गरी घर आइपुगेका स्थानीयले बताएका छन् ।

स्थानीयवासीले भने गाउँमा अज्ञात समूहले परिवारकै बीभत्स हत्या गरेपछि दोषीलाई तत्काल पक्राउ गरेर हदैसम्मको कानुनी कारबाहीका लागि प्रशासनसँग माग गरेका छन् । घटनास्थल जिल्लाको सदरमुकाम खाँदबारीबाट गाडी र पैदल गरी करिव ६ घण्टा टाढा रहेको छ ।

प्रतिक्रिया