Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, १० जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर

रिसको झोंकमा भतिजोद्वारा गरेको स्वीकार : संखुवासभा हत्या प्रकरण

रिसको झोंकमा भतिजोद्वारा गरेको स्वीकार :  संखुवासभा हत्या प्रकरण

संखुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा भएको ६ जनाको हत्या प्रकरणमा छिमेकी एक जनालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई हत्या अभियोगमा आज आइतबार सार्वजनिक गर्ने प्रहरीले जनाएको छ । हत्या रहस्मय बन्दै गएको भन्दै प्रहरीले प्राविधिक र मानवीय दुवै कोणबाट प्रहरीले अनुसन्धान शुरू गरेको थियो ।

एकै परिवारका ६ जना वृद्धदेखि बालबालिकासम्म बीभत्स हत्याको प्रहरीले सूक्ष्म ढंगले अनुसन्धान अगाडि वढाएको थियो । अनुसन्धानका क्रममा बीभत्स हत्या गर्ने अभियुक्त मृतकका भतिज २६ वर्षीय लोकबहादुर कार्की रहेका छन् । पक्राउ परेका उनले आफूलाई होच्याउने, अपशब्द बोल्ने, हेप्ने गरेकाले हत्या गरेको अनुसन्धान टोलीसँग स्वीकार गरेको प्रहरी स्रोतको भनाइ छ ।

संखुवासभा प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले अनुसन्धानका लागि छिमेकी एक युवा पक्राउ गरिएको पुष्टि गर्नुभएको छ । पक्राउ परेका कार्कीलाई भने आज आइतबार सार्वजनिक गर्ने प्रहरीले बताएको छ । पक्राउ परेका अभियुक्तको घरबाट रगत लागेजस्तो देखिने धोएर राखेको सटको कपडा र घटनामा प्रयोग भएको हुन सक्ने हेम्बर पनि बरामद गरिएकोे छ ।

घटनामा के–कति जनाको संलग्नता रहेको र घटना गर्नुका कारणबारे थप अनुसन्धान भइरहेको छ । प्रहरी स्रोतका अनुसार लोकबहादुरले मृतक तेजबहादुरको मात्र हत्या गर्न खोजेका र परिवारका सदस्यले देखेपछि हत्या आरोपितले चिन्छ भनेर परिवारका अन्यको पनि हत्या गरेको स्रोतको भनाइ छ । ‘आरोपित कार्कीले नै हत्या गरेको विविध पक्ष र कारणबाट पुष्टि हुन्छ । यसबारेमा आज आइतबार सार्वजनिक गर्छौं ।’ –संखुवासभा प्रहरी नायव उपरीक्षक सुवेदीले बताउनुभयो ।

उक्त घटनाको अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालय संखुवासभा, संघीय प्रहरी एकाइ कार्यालय धरान, केन्द्रीय अनुसन्धान ब्युरो धरान, प्रदेश प्रहरीको रिजनल इन्भेस्टिगेसन टिम र अनुसन्धानलाई थप सहयोग गर्न १ नं. प्रदेश प्रहरी कार्यालयका डीआईजी अरणकुमार बीसी घटनास्थलमै रहेका छन् । घटनास्थलमा अनुुसन्धानका क्रममा ४० भन्दा बढी प्रहरी परिचालन गरिएको छ ।

घटनाको अनुसन्धानका क्रममा शनिबार ५ दिनसम्म १ दर्जनभन्दा बढी व्यक्तिमाथि प्रहरीले अनुसन्धान गरेको थियो । घटनामा ८५ वर्षीय बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीय पार्वती, ५८ वर्षीय छोरा तेजबहादुर, ५२ वर्षीया बुहारी कमला, ३२ वर्षीया नातिनी बुहारी रञ्जना, र ११ वर्षीय पनाति दिपेन, ७ वर्षीया पनातिनी गोमाको बीभत्स हत्या भएको थियो । उनीहरुको घरदेखि केही पर बाटो, खोल्सा र खरबारीमा बीभत्स हत्या गरेको अवस्थामा गाउँलेले शव फेला पारेका थिए ।

घरमा रहेका मृतक तेजबहादुरका बुबा ८५ वर्षीय बौद्धमान भने घरमै जीवित रहेका छन् । उनी न्यून दृष्टियुक्त रहेका छन् । मृतक तेजबहादुरका जेठो छोरा रमेश कार्की वैदेशिक रोजगारमा मलेसिया र कान्छो नरेश कार्की दुहवीमा वैदेशिक रोजगारमा गएका र नरेशकी श्रीमती तारा कार्की भने झापाको दमकमा बस्दै आएकी थिइन् । अहिले उनीहरु धरानस्थित स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा क्याम्पमा शवको पोस्टमार्टम र दाहसंस्कार गरी घर आइपुगेका स्थानीयले बताएका छन् ।

स्थानीयवासीले भने गाउँमा अज्ञात समूहले परिवारकै बीभत्स हत्या गरेपछि दोषीलाई तत्काल पक्राउ गरेर हदैसम्मको कानुनी कारबाहीका लागि प्रशासनसँग माग गरेका छन् । घटनास्थल जिल्लाको सदरमुकाम खाँदबारीबाट गाडी र पैदल गरी करिव ६ घण्टा टाढा रहेको छ ।

प्रतिक्रिया