ताजा अपडेट
एमाले अध्यक्ष ओलीको रिट ‘हेर्न नभ्याइने’ सूचीमा

एमाले अध्यक्ष केपी ओलीले निर्वाचन आयोग, सभामुखलगायतलाई विपक्षी बनाएर दायर गरेको रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ।
सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश मीरा खड्काको संयुक्त इजलासमा उक्त रिट निवेदनको आज (सोमबार) पेसी तोकिएको थियो। तर इजलासले सो रिट निवेदनलाई ‘हेर्न नभ्याइने’ सूचीमा राखेको हो।
एमालेको कारबाहीमा परेका माधवकुमार नेपालसहित १४ सांसदलाई निर्वाचन आयोगले अलग दल दर्ताका लागि सनाखत गराएको र कारबाहीबारे संसद सचिवालयलाई जानकारी गराउँदा पनि सभामुख अग्निप्रसाद सापकोटाले मानयता नदिएको भन्दै ओलीले सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए।
१४ सांसदलाई पदमुक्त गर्न र तिनै सांसदहरूको हस्ताक्षरबाट नयाँ दल दर्ता गराउने आयोगको निर्णय बदर हुनुपर्ने माग ओलीको रिट निवेदनमा गरिएको छ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा
-
उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा
-
अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन
-
एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण
-
दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण
प्रतिक्रिया