Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

‘डडेलधुराको क्रियाशील सदस्यताको विवाद नियोजित प्रचारबाजी’

‘डडेलधुराको क्रियाशील सदस्यताको विवाद नियोजित प्रचारबाजी’

नेपाली कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिका एकजना सदस्य योगेन्द्र चौधरीले डडेल्धुरा जिल्लामा देखिएको क्रियाशील सदस्यता विवाद निराधार भएको जनाएका छन् । समितिले डडेल्धुराको क्रियाशील सदस्यतालाई सर्वसम्मत रुपमा टुंग्याएको उनको भनाइ छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको क्रियाशील सदस्यतालाई लिएर केन्द्रमै विवाद देखिएको छ भने डडेल्धुरामै जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षले क्रियाशील सदस्यता नामावली अस्वीकार गर्दै अधिवेशन प्रक्रिया बहिष्कार गरेको छ । २५ भदौमा सम्पन्न वडा अधिवेशनमा जिल्ला सभापति मल्ल पक्ष अनुपस्थित थियो ।

डडेल्धुराको क्रियाशील सदस्यतालाई लिएर सभापति  देउवाविरुद्ध मोर्चाबन्दी सुरु भइसकेको छ । तर छानविन समितिले भने क्रियाशील सदस्यलाई लिएर जारी विवाद नियोजित भएको दावी गरेको छ ।

क्रियाशील सदस्यता छानविन समितिका सदस्य चौधरीले डडेल्धुराको विवाद सभापति देउवालाई विवादमा ल्याउन गरिएको प्रचारबाजी मात्रै भएको बताए । ‘यो जति पनि मिडियावाजी भइरहेको छ, यो विवाद नियोजित हो,’ उनले अनलाइनखबरसँग भने, ‘अनावश्यक रुपमा सभापति देउवालाई विवादमा पार्ने नियोजित प्रयास भइरहेको छ । छानविन समितिले सर्वसम्मत रुपले टुंग्याएको विषयमा सभापतिलाई जोडेर विवाद गर्नुपर्ने कुरै थिएन ।’

उनले क्रियाशील सदस्यतामा आशंका भए छानविन समितिको कार्यसम्पादनमाथि प्रश्न उठाउनु उचित हुने बताए । उनले भने, ‘कि त छानविन समितिको कार्यसम्पादनको क्षमतामाथि प्रश्न उठाउनुपर्ने थियो । हामीले कार्यविधिलाई टेकेर निर्णय गरेका हौं । यसमा सभापतिको कुनै दबाब थिएन ।’

कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक संयोजक रहेको सात सदस्यीय समितिले क्रियाशील सदस्यतामाथि परेका उजुरीको छानविन गरेको हो । समिति सदस्यहरु चौधरी र कल्याण गुरुङलाई लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको क्रियाशील सदस्यता हेर्ने जिम्मा दिइएको थियो ।

समिति सदस्य चौधरीका अनुसार समायोजनअन्तर्गत तत्कालीन नेकपा माओवादी केन्द्रबाट कांग्रेस प्रवेश गरेका नेता जनकराज कलौनीलाई एक हजार क्रियाशील सदस्यता दिने निर्णय भएकोमा समितिले करिव दुई सय ३० जनाको मात्रै स्वीकृत गरेको थियो । त्यस्त मापदण्ड विपरीत जिल्लाले वितरण गरेका तीन सय आठ वटा क्रियाशील सदस्यतालाई पनि सूचीबाट हटाइएको हो ।

‘डडेल्धुरामा २ हजार ८६८ को पुरानो क्रियाशील सदस्यमध्ये प्रक्रिया अनुसार २५ सय जति मात्रै वितरण गरेको पाइयो, जिल्ला सभापतिले बाँकी ३०८ क्रियाशील सदस्यता आफ्नो इच्छा अनुसार वितरण गरेको भनेर हामीकहाँ उजुरी आयो,’ चौधरीले भने, ‘त्यसरी मापदण्डविपरीत बाँडिएको सदस्यता हामीले स्वीकृत गरेनौं । अमरगढी–५  र नवदुर्गा–३ मा पनि विवाद देखिएपछि त्यहाँ नयाँलाई स्थगन गरेका थियौं ।’

समिति सदस्य चौधरीले पार्टीको विधान, नियमावली र केन्द्रीय समितिको निर्णय अनुसार स्थानीय तहको चुनावमा स्वतन्त्र उम्मेदवार बनेका आठ जनाको क्रियाशील सदस्यता नवीकरण नभएको बताए । ‘यस्तो खालका निर्णयहरु अन्य जिल्लामा पनि भएको थियो । त्यहाँ कुनै विवाद भएन । यो नियोजित रुपमा सभापतिलाई बदनाम गर्न निकालिएको विवाद हो,’ उनले भने, ‘डडेल्धुरामा विवाद देउवाले होइन, त्यहाँको जिल्ला सभापतिले निकाल्नुभएको हो ।’

तर डडेल्धुरा जिल्ला सभापति मल्लले भने सभापति देउवाको दबाबमा समितिले काम गरेको आरोप लगाए । उनले जिल्लाले पठाएका नामहरु हटाउने र केन्द्रबाटै थप्ने काम भएको बताए ।

डडेल्धुरा जिल्लाकै क्रियाशील सदस्यतालाई लिएर वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले तीव्र विरोध जनाएको छ । सभापति देउवा एकपक्षीय रुपमा पेलेरै अगाडि बढ्न खोजेको भन्दै उनीहरुले महाधिवेशन निष्पक्ष हुनेमा आशंका गरेका छन् ।

प्रतिक्रिया