Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

एमसिसिका विरुद्ध र्‍याली सहित नेकपा एमाले साँफेबगर नगर कमिटिको कार्यकर्ता भेला सम्पन्न

एमसिसिका विरुद्ध र्‍याली सहित नेकपा एमाले  साँफेबगर नगर कमिटिको कार्यकर्ता भेला सम्पन्न

 नेकपा एमाले साँफेबगर नगर कमिटिको अगुवा कार्यकर्ता भेला सोमबार साँफेबगरमा सम्पन्न भएको छ । नगरका १४ वडाका अगुवा कार्यकर्ता सुभेक्षम शुभचिन्तकहरुको उस्थितीमा भेला सम्पन्न भएको हो । भेलामा बोल्ले सबैले पार्टी अप्ठेरोमा भएकाले जोगाउन कार्यकर्ता लाग्नु पर्नेमा जोड दिनुभएको थियो ।

पार्टीको  यो अवस्थामा आउनमा कुनै विचारको लडाई नभएकाले मनमा कुन्ठा नराखि यताउता लागेका साथीहरुले पनि पुर्नविचार गरि पार्टीमा फर्कन आग्रह गरे । वोल्ने अधिकांश बक्ताहरुले फुटको पिडा व्यहोरी सकेकाले अब हामी फुटको पक्षमा लाग्दैनौं बरु पार्टी भित्रका अत्रसंघर्षहरुलाई सामना गर्दछौं । भेलाका अध्यक्षता नगर कमिटिका उपाध्यक्ष उजिर सिंह साउँदले गर्नु भएको थियो भने प्रमूख अतिथी प्रदेश सदस्य भरत साउँद रहनु भएको कार्यक्रममको स्वागत दुधकला ष्टिले गर्नुभयो भने संचालन नगर सचिव चक्र सुनारले गनुभएको थियो । कार्यक्रममा कार्यकर्ताको हौसला पूर्ण उपस्थिती रहेको थियो ।

एमसिसिका विरुद्धमा जिल्लाको साँफेबगरमा नारावाजी सहित र्‍याली पछि कोण सभामा परिणत भएको हो । नेपाली जनताको अहित हुनेगरी आउन लागेको एमसिसि राष्ट्र हित विपरित भएको भन्दैं नारावाजी सहित बजार परिक्रमा गरी साँफेबगरमा कोण सभा भएको हो ।

र्‍याली  नेकपा एमाले निकट यूवा संघ र अनेरास्ववियूले निकालेको हो । र्‍यालीमा एमसिसि क्यान्सर हो, एमसिसि चाहिदैन, देश बेच्न पाईदैन, देश बेच्ने दलाल होसियार लगायतका नारा लगाईएका थिए । र्‍यालीको नेतृत्व यूवा संघ नेपाल अछामका अध्यक्ष हिरिण्ड कुंवर र अनेरास्ववियूका नेता भिम वडाहितले गरेका थिए । र्‍याली पछिको कोण सभालाई एमालेका नेता कमल तिमिल्सैनाले सम्बोधन गरी धन्यवाद सहित समापन गर्नुभएको थियो ।

प्रतिक्रिया