Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

१४ औं अधिवेशनमा नेपालि काँग्रेस अछामका सबै वडामा सर्वसम्मत नेतृत्व चयन

१४ औं अधिवेशनमा नेपालि काँग्रेस अछामका सबै वडामा  सर्वसम्मत नेतृत्व चयन

नेपाली काँग्रेसले दश स्थानीय तहका ९१ वटै वडामा सहमतिबाट नयाँ कार्यसमिति चयन गरेको छ ।

१४ औं महाधिवेशनका क्रममा सबै वडा सभापति र प्रतिनिधि सहमतिकै आधारमा छनौट गरिएको नेपाली काँग्रेस अछामका सहसचिव तथा प्रवक्ता वेदप्रकाश तिमिल्सैनाले जानकारी दिए ।

तुर्माखाँद गाउँपालिकाका–४ मा खुला सदस्य प्रतिनिधि छनौट बाहेकका सबै वडामा सर्वसम्मत प्रतिनिधि छनौट गरिएको बताइएको छ । कमलबजार नगर र ढकारी गाउँ सभापतिमा सहमतिका आधारमा नेतृत्व चयन गरिएको छ ।

कमलबजार नगर सभापतिमा पदमबहादुर भण्डारी र ढकारी गाउँ सभापतिमा गाउँपालिका अध्यक्ष धनबहादुर बुढा सर्वसम्मत चयन भएको प्रवक्ता तिमिल्सेनाको भनाइ छ ।

अन्य स्थानीय तह, प्रदेश र जिल्ला कार्यसमितिको अधिवेशनमा सहमति गर्ने बताइएको छ । सहमतिका आधारमा प्रतिनिधि छनौट गरिएपनि जिल्ला कार्यसमिति सदस्य पूर्णबहादुर रावल प्रतिनिधि आउनबाट रोकिएका छन् ।

खुला सदस्यको मात्र निर्वाचन भएकोमा तुर्माखाँद गाउँपालिकामा उपाध्यक्ष अमृता बुढा वडामै पराजित भइन । यस्तै पूर्वसांसद अक्कलबहादुर विष्ट खुलामा आउने अवस्था नभएपछि आरक्षणबाट प्रतिनिधि चयन भए ।

वडा समिति र प्रतिनिधिमा छनौट भएकामा अधिकाँश युवापंक्ति रहेको बताइएको छ । “पछिल्लो समय यूवाहरुको जवरजस्त उपस्थिति रहेको छ भने प्रतिनिधिमा ५० प्रतिशत भन्दा बढी यूवा छनौट भएको” प्रवक्ता तिमिल्सेनाको भनाइ छ ।

सहमतिका आधारमा पुराना र यूवाको मिश्रित कार्यसमिति बनाउँदै जाने काँग्रेस अछामको योजना रहेको छ । मंगलसेन नगरपालिका–११ बान्नातोलीमा २२ वर्षीया युवती सर्वसम्मत वडा सभापतिमा चयन भएकी छन् ।

९१ वटै वडामा सौहार्द र शान्तिपूर्ण रुपमा वडा अधिवेशन सम्पन्न भएको भन्दै काँग्रेस अछामका सभापति भरतकुमार स्वाँरले धन्यवाद दिँदै अगामी दिनमा समेत सर्वसम्मत नेतृत्व चयनका लाग्न आग्रह गरे ।

एक वडाबाट कम्तिमा १६ जना प्रतिनिधि छनौट भएका व्यक्तिले अछामका दश स्थानीय तह, चार प्रदेशस्तर, दुई निर्वाचन क्षेत्र र एक जिल्ला कार्यसमितिको नेतृत्व छनौट गर्ने छ ।

अछाममा जिल्ला कार्यसमिति निर्वाचनका क्रममा लगभग १५ सय जना प्रतिनिधि सहभागी हुने आँकलन गरिएको छ । नेपाली काँग्रेस अछाममा ११ हजार बढी क्रियाशील सदस्यता रहेका छन् ।

प्रतिक्रिया