Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २० साउन २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित

१४ औं अधिवेशनमा नेपालि काँग्रेस अछामका सबै वडामा सर्वसम्मत नेतृत्व चयन

१४ औं अधिवेशनमा नेपालि काँग्रेस अछामका सबै वडामा  सर्वसम्मत नेतृत्व चयन

नेपाली काँग्रेसले दश स्थानीय तहका ९१ वटै वडामा सहमतिबाट नयाँ कार्यसमिति चयन गरेको छ ।

१४ औं महाधिवेशनका क्रममा सबै वडा सभापति र प्रतिनिधि सहमतिकै आधारमा छनौट गरिएको नेपाली काँग्रेस अछामका सहसचिव तथा प्रवक्ता वेदप्रकाश तिमिल्सैनाले जानकारी दिए ।

तुर्माखाँद गाउँपालिकाका–४ मा खुला सदस्य प्रतिनिधि छनौट बाहेकका सबै वडामा सर्वसम्मत प्रतिनिधि छनौट गरिएको बताइएको छ । कमलबजार नगर र ढकारी गाउँ सभापतिमा सहमतिका आधारमा नेतृत्व चयन गरिएको छ ।

कमलबजार नगर सभापतिमा पदमबहादुर भण्डारी र ढकारी गाउँ सभापतिमा गाउँपालिका अध्यक्ष धनबहादुर बुढा सर्वसम्मत चयन भएको प्रवक्ता तिमिल्सेनाको भनाइ छ ।

अन्य स्थानीय तह, प्रदेश र जिल्ला कार्यसमितिको अधिवेशनमा सहमति गर्ने बताइएको छ । सहमतिका आधारमा प्रतिनिधि छनौट गरिएपनि जिल्ला कार्यसमिति सदस्य पूर्णबहादुर रावल प्रतिनिधि आउनबाट रोकिएका छन् ।

खुला सदस्यको मात्र निर्वाचन भएकोमा तुर्माखाँद गाउँपालिकामा उपाध्यक्ष अमृता बुढा वडामै पराजित भइन । यस्तै पूर्वसांसद अक्कलबहादुर विष्ट खुलामा आउने अवस्था नभएपछि आरक्षणबाट प्रतिनिधि चयन भए ।

वडा समिति र प्रतिनिधिमा छनौट भएकामा अधिकाँश युवापंक्ति रहेको बताइएको छ । “पछिल्लो समय यूवाहरुको जवरजस्त उपस्थिति रहेको छ भने प्रतिनिधिमा ५० प्रतिशत भन्दा बढी यूवा छनौट भएको” प्रवक्ता तिमिल्सेनाको भनाइ छ ।

सहमतिका आधारमा पुराना र यूवाको मिश्रित कार्यसमिति बनाउँदै जाने काँग्रेस अछामको योजना रहेको छ । मंगलसेन नगरपालिका–११ बान्नातोलीमा २२ वर्षीया युवती सर्वसम्मत वडा सभापतिमा चयन भएकी छन् ।

९१ वटै वडामा सौहार्द र शान्तिपूर्ण रुपमा वडा अधिवेशन सम्पन्न भएको भन्दै काँग्रेस अछामका सभापति भरतकुमार स्वाँरले धन्यवाद दिँदै अगामी दिनमा समेत सर्वसम्मत नेतृत्व चयनका लाग्न आग्रह गरे ।

एक वडाबाट कम्तिमा १६ जना प्रतिनिधि छनौट भएका व्यक्तिले अछामका दश स्थानीय तह, चार प्रदेशस्तर, दुई निर्वाचन क्षेत्र र एक जिल्ला कार्यसमितिको नेतृत्व छनौट गर्ने छ ।

अछाममा जिल्ला कार्यसमिति निर्वाचनका क्रममा लगभग १५ सय जना प्रतिनिधि सहभागी हुने आँकलन गरिएको छ । नेपाली काँग्रेस अछाममा ११ हजार बढी क्रियाशील सदस्यता रहेका छन् ।

प्रतिक्रिया