ताजा अपडेट
नेपाली काँग्रेस अछाम प्रदेश प्रतिनिधि पदका लागि युवा नेता पूर्ण बुढा क्षेत्रीको उम्मेदवारी घोषणा
नेपाली काँग्रेस अछाम प्रदेश प्रतिनिधि पदका लागि युवा नेता पूर्ण बुढा क्षेत्रीले उम्मेदवारी घोषणा गरेका छन् । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत हुने प्रदेश सभा अधिबेशनमा उनले आफ्नो उम्मेदारी घोषणा गरेका हुन्।
नेपाली कांग्रेस क्षेत्र न २ को पार्टी संगठन बलियो बनाउन र समाज परिवर्तनका लागि नेतृत्व गर्न आफुले प्रदेश सभा प्रतिनिधि पदमा उमेद्वारी घोषणा गरेको बुढाले बताए ।
नेपाल विद्यार्थी संघ बाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका बुढाले पार्टी संगठन बलियो बनाउन र समाजका परिवर्तन गराउन क्रियाशिल रहने भन्दै प्रदेश सभा प्रतिनिधि पदमा आफुलाई यसपटक अघि सारेका छन् ।
निरन्तर रुपमा जिल्ला देखि केन्द्रसम्ममा ने बि संघमा क्रियाशील भएर समाजमा काम गर्दै आएका बुढा आफुलाई सबैको सहयोग रहने कुरामा ढुक्क रहेको बताउछन ।
संगठन निर्माण संगै पिछडिएका अनि युवाहरुको माग सम्बोधन गर्ने र सम्पूर्ण युवाहरुलाई एकजुट भएर क्रियाशिल गराउन आफुले भमिका निर्वाह गर्ने उनको भनाई छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया