Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

‘धनगढी पुगेपछि तपाईँको लागि ज्यान दिन्छु भन्ने अनुहार अहिले सम्झिरहेको छु’ - भिम रावल

‘धनगढी पुगेपछि तपाईँको लागि ज्यान दिन्छु भन्ने अनुहार अहिले सम्झिरहेको छु’  - भिम रावल

नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले १० बुँदे सहमति भइसकेको अवस्थामा पार्टी फुटाउनुको कुनै तुक नभएको बताएका छन्। धनगढीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रावलले यस्तो बताएका हुन्।

उनले देश र जनताभन्दा पदलाई महत्व दिनेहरुले पार्टी फुटाएको आरोप लगाए। माधवकुमार नेपाल नेतृत्वको नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) मा गएका सुदूरपश्चिमका नेताहरुलाई इंकित गर्दै रावलले भने, ‘म उपप्रधान तथा गृहमन्त्री भएर धनगढी पुगेपछि तपाईको लागि ज्यान दिन्छु भन्ने अनुहारलाई अहिले सम्झिरहेको छु। यो धर्ती पल्टेला कमरेड तर तपाइँको साथ छाड्दैनौँ भन्थे। तर अहिले सबैभन्दा पहिले उनीहरु नै उफ्रिएको देखे।’

उनले पार्टी छाडेर जाने स्वार्थी भएको आरोप लगाए। रावलले सम्पूर्ण नेता–कार्यकर्ताको १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्ने कर्तव्य रहेको बताए। ‘१० बुँदे कार्यान्वयन गर्नु सबै नेता–कार्यकर्ताको कर्तव्य हो,’ उनले भने, ‘१० बुँदे कार्यान्वयनको अर्थ एमाले २०७५ जेठ २ को अवस्थामा जानु हो।’

उनले कसैले कसैलाई इञ्चार्जबाट हटाएको कुरामा सत्यता नभएको बताउँदै आफू एमालेको उपाध्यक्ष र सुदूरपश्चिम संयोजकको हैसियलमा रहेको बताए। ‘पार्टीको हित हुन्छ भने म पद छाड्न डराउने मान्छे होइन, तर उपलब्धि नहुने गरि कसैले कसैलाई जिम्मा दिन्छ भने त्यसको अर्थ छैन,’ रावलले भने। एमाले सुदूरपश्चिमको इन्चार्जको विषयमा उपाध्यक्ष रावल र नेता लेखराज भट्टबीच विवाद चलिरहेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमको इन्चार्ज लेखराज भट्ट नै भएको बताएका थिए।

 

प्रतिक्रिया