Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २० साउन २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित

धनगढीमा लागुपदार्थको कारोबार बढ्यो, अपराध नियन्त्रणमा चुनौती

धनगढीमा लागुपदार्थको कारोबार बढ्यो, अपराध नियन्त्रणमा चुनौती

केही अगाडि मात्र धनगढी उपमहानगरपालिकाको वडा नम्बर १३ कैलाली गाउँबाट पानी तान्ने मोटर लगायतका घरायासी सामान चोरी भए। लागुऔषध प्रयोगकर्तको संग्लनतामा चोरीका घटनाहरु भइरहेको स्थानीय बताए। 

त्यसपछि घरको झ्याल नै काटेर मोवाइल चोरीका घटना सार्वजनिक भए। त्यसपछि पनि कैलाली गाउँमा दैनिक जसो लागुऔषध प्रयोगकर्ताको दुई समूहबीच ग्याङ फाइट हुने, चक्कु प्रहार गर्ने, मोटरसाइकलमा क्षमताभन्दा बढी सवार भएर दुर्घटना निम्त्याउने जस्ता गतिविधि भइरहेका छन्। 

चोरीका घटना त दैनिक नै हुने गरेका छन्। साँझको समयमा प्रहरीको संक्रियता कम हुने गरेका कारण अपराधिक घटना बढेको कैलाली गाउँका स्थानीय घनश्याम भट्टले बताए। ‘अहिलेको प्रहरीको संक्रियता घट्नु नै लागुऔषध प्रयोगकर्ताहरु अपराधिक घटनामा संग्लन हुन हो,’ उनले भने, ‘हाम्रो टोलमा विगत दुई महिनादेखि प्रहरीको संक्रियता घट्दै गएपछि लागुऔषध कारोबारी सलबलाएका छन्।’

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा सुरक्षा निकायको बाक्लो उपस्थिति रहेको ठाउँ हो। धनगढीमा नेपाल प्रहरीका प्रदेश प्रमुख लगायत जिल्ला प्रहरी कार्यालयसँगै सशस्त्र प्रहरीको उपस्थिति पनि उच्च छ। तर लागुपदार्थको खुलेआम कारोबार रोक्न नसक्दा अपराध नियन्त्रणमा पनि प्रहरी चुक्न थालेको छ। 

धनगढीका विभिन्न ठाउँमा स्थापना गरिएका अस्थायी प्रहरी पोष्टमा समेत पछिल्लो समय प्रहरीको उपस्थिति हुन छाडेको धनगढीका अर्का स्थानीय विष्णु जोशीले बताए। ‘अपराधिक गतिविधि नियन्त्रणमा प्रहरी असफल भएको छ,’ उनले भने, ‘चाडपर्व नजिएसँगै अपराधमा संग्लन हुनेहरु सक्रिय भएका छन् भने बजार र ग्रामिण क्षेत्रमा प्रहरीको सक्रियता घटेको छ।’ 

अधिकांश अपराधका घटनामा लागुऔषध प्रयोगकर्ताको संलग्नता देखिएको प्रहरी पनि बताउँछ। चोरीका घटनामा पनि उनीहरुको संग्लनता बढी देखिएको प्रहरीको तथ्यांक छ। प्रयोगकर्तालाई पक्राउ गर्दै आएको प्रहरीले लागुऔषध बिक्रेतासम्म पुग्न सकेको छैन। 
तर धनगढीमा स्थापना भएका पोष्टमा प्रहरीको निरन्तरण उपस्थिति रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारी बताउँछन्। ‘प्रहरीको जनशक्ति घरघरमा उपस्थिति हुने सम्भावना हुँदैन,’ उनले भने, ‘यस्तो अवस्थामा आम नागरिकले पनि सतर्क हुने र कसैप्रति शंका लगेमा प्रहरीलाई खबर गर्न अग्रह गर्छु।  

रातिको समयमा धनगढीको मुख्य बजारमा समेत प्रहरीको संक्रियता निकै कम हुने गर्छ। विभिन्न गाउँ तथा टोलमा खडा गरिएका पोष्टहरुमा भने दिनमा पनि प्रहरीको उपस्थिति नहुने गरेको गुनासो धनगढीवासीको छ। प्रहरीको ठूलो समूह भीआइपीको सुरक्षामा केन्द्रीत छ। 

प्रतिक्रिया