Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, १० जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर

धनगढीमा लागुपदार्थको कारोबार बढ्यो, अपराध नियन्त्रणमा चुनौती

धनगढीमा लागुपदार्थको कारोबार बढ्यो, अपराध नियन्त्रणमा चुनौती

केही अगाडि मात्र धनगढी उपमहानगरपालिकाको वडा नम्बर १३ कैलाली गाउँबाट पानी तान्ने मोटर लगायतका घरायासी सामान चोरी भए। लागुऔषध प्रयोगकर्तको संग्लनतामा चोरीका घटनाहरु भइरहेको स्थानीय बताए। 

त्यसपछि घरको झ्याल नै काटेर मोवाइल चोरीका घटना सार्वजनिक भए। त्यसपछि पनि कैलाली गाउँमा दैनिक जसो लागुऔषध प्रयोगकर्ताको दुई समूहबीच ग्याङ फाइट हुने, चक्कु प्रहार गर्ने, मोटरसाइकलमा क्षमताभन्दा बढी सवार भएर दुर्घटना निम्त्याउने जस्ता गतिविधि भइरहेका छन्। 

चोरीका घटना त दैनिक नै हुने गरेका छन्। साँझको समयमा प्रहरीको संक्रियता कम हुने गरेका कारण अपराधिक घटना बढेको कैलाली गाउँका स्थानीय घनश्याम भट्टले बताए। ‘अहिलेको प्रहरीको संक्रियता घट्नु नै लागुऔषध प्रयोगकर्ताहरु अपराधिक घटनामा संग्लन हुन हो,’ उनले भने, ‘हाम्रो टोलमा विगत दुई महिनादेखि प्रहरीको संक्रियता घट्दै गएपछि लागुऔषध कारोबारी सलबलाएका छन्।’

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा सुरक्षा निकायको बाक्लो उपस्थिति रहेको ठाउँ हो। धनगढीमा नेपाल प्रहरीका प्रदेश प्रमुख लगायत जिल्ला प्रहरी कार्यालयसँगै सशस्त्र प्रहरीको उपस्थिति पनि उच्च छ। तर लागुपदार्थको खुलेआम कारोबार रोक्न नसक्दा अपराध नियन्त्रणमा पनि प्रहरी चुक्न थालेको छ। 

धनगढीका विभिन्न ठाउँमा स्थापना गरिएका अस्थायी प्रहरी पोष्टमा समेत पछिल्लो समय प्रहरीको उपस्थिति हुन छाडेको धनगढीका अर्का स्थानीय विष्णु जोशीले बताए। ‘अपराधिक गतिविधि नियन्त्रणमा प्रहरी असफल भएको छ,’ उनले भने, ‘चाडपर्व नजिएसँगै अपराधमा संग्लन हुनेहरु सक्रिय भएका छन् भने बजार र ग्रामिण क्षेत्रमा प्रहरीको सक्रियता घटेको छ।’ 

अधिकांश अपराधका घटनामा लागुऔषध प्रयोगकर्ताको संलग्नता देखिएको प्रहरी पनि बताउँछ। चोरीका घटनामा पनि उनीहरुको संग्लनता बढी देखिएको प्रहरीको तथ्यांक छ। प्रयोगकर्तालाई पक्राउ गर्दै आएको प्रहरीले लागुऔषध बिक्रेतासम्म पुग्न सकेको छैन। 
तर धनगढीमा स्थापना भएका पोष्टमा प्रहरीको निरन्तरण उपस्थिति रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारी बताउँछन्। ‘प्रहरीको जनशक्ति घरघरमा उपस्थिति हुने सम्भावना हुँदैन,’ उनले भने, ‘यस्तो अवस्थामा आम नागरिकले पनि सतर्क हुने र कसैप्रति शंका लगेमा प्रहरीलाई खबर गर्न अग्रह गर्छु।  

रातिको समयमा धनगढीको मुख्य बजारमा समेत प्रहरीको संक्रियता निकै कम हुने गर्छ। विभिन्न गाउँ तथा टोलमा खडा गरिएका पोष्टहरुमा भने दिनमा पनि प्रहरीको उपस्थिति नहुने गरेको गुनासो धनगढीवासीको छ। प्रहरीको ठूलो समूह भीआइपीको सुरक्षामा केन्द्रीत छ। 

प्रतिक्रिया