Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, २७ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

युवा चुके कांग्रेस चुक्नेछ

युवा चुके कांग्रेस चुक्नेछ

नेपालमा ’राष्ट्रियताको संरक्षण र संवर्धन गर्दै प्रजातान्त्रिक समाजवाद’ स्थापना गर्ने नारा लिएको नेपाली कांग्रेसले वर्तमान सन्दर्भमा राष्ट्रियता, लोकतन्त्र, समाजवादको आदर्श एवं सिद्धान्त अनुरूप सङ्घीय गणतन्त्रात्मक राज्य, बहुलवादमा आधारित बहुदलीय व्यवस्था तथा संसदीय शासन प्रणालीको माध्यमबाट नेपालमा न्यायपूर्ण गतिशील र शान्तिपूर्ण समाजको निर्माण गरी सामाजिक, राजनीतिक तथा आर्थिक विकाश गर्ने उद्देश्य राखेको छ । यो नेपाल को जेठो दल हो ।

सँगठनको रूपरेखा सिद्धान्त र कार्य प्रणालीको निश्चय गर्न वि.सं.२००३ माघ १२ र १३ प्रथम महाधिवेशन हुदै १४औं महाधिवेशन मा आईपुग्दा नेपाली  कांग्रेस को १४औं महाधिवेशन विगतको महाधिवेशन फरक संरचनामा हुँदै छ । नेपालको संघीय राज्य प्रणाली बमोजिम ७५३ स्थानीय सरकार जसमध्ये ६ महानगर ११ उप–महानगर २७६ नगरपालिका र ४६० गाउँपालिकामा कांग्रेसको संघसंगठन क्रियासिल हुँदै छन । बिडम्बनाको कुरा कांग्रेसको महाधिवेशन ७७ जिल्लामा संगसंगै हुनुपर्ने तर कांग्रेस को नेतृत्व वर्गको कमजोरी ले गर्दा केही जिल्लाहरुमा क्रियाशिल सदस्यको विबादको कारणले गर्दा वडा स्तरीय अधिबेशन सुरु हुन नसक्नु कांग्रेसिहरुको लागी दुःखद कुरा हो । 

२२औं शदाब्दि नजिकिदै गर्दा कांग्रेस १४औं महाधिवेशनमा होमिँदै गर्दा नेपाली कांग्रेसका  कर्याकर्ता बीच बैज्ञानिक बिचार धार देखिनु स्वाभाविक नै हो ।१४ औं महाधिवेशनको सुरुवात अथवा उद्घाटन केही जिल्लामा वडा स्तरमा नै युवाहरुको सहभागिता र चासो देखिनु कांग्रेसको लागि सुन्दर पक्ष हो । विगतका महाधिबेशनको दाँजोमा यो महाधिवेशनमा युवा पंक्ति वडा स्तर देखि जिल्ला हुँदै केन्द्र सम्म नेतृत्व लिन तयार भैसकेको जलन्त उदाहरण युवाहरुको सहभागिताले  जनाउँछ । वडा स्तरको अधिबेशन समाप्त हुँदै  गर्दा क्षेत्रीय प्रतिनिधिहरुको अंकगणितमा तुलना गर्दा  युवा हरुको प्रतिनिधित्व ३०–३५ प्रतिशत छ । 
  
यो महाधिवेशनमा युवाले युवालाई नेतृत्वमा पुर्याउनेकि युवाले सवल र सक्षम नेतृत्व चयन गर्ने भन्ने कुरामा पनि होडबाजी चलेको छ । वर्तमान समयमा युवा पुस्ता नेतृत्व तहमा आउन खोज्दा आउने पुस्ताको लागि सुन्दर पक्ष हो । तर युवा पुस्ता हुँ भन्ने नियतमा कालो दाग भयो भने भबिस्य कांग्रेसको लागि कालो हुनेछ । युवा पुस्ता भन्दै गर्दा उम्मेरले मात्र युवा भएर मात्र कि सिद्धान्त र बिचारले पनि ??

यो महाधिवेशनमा नयाँ नेतृत्वको आगमन होस भन्ने चाहना सोच  र बिचार नयाँ पिडिले गरिरहेको छ । यसकारण युवावर्गको काँधमा जिम्मेवारि पनि छ कांग्रेसलाई भबिस्यमा कस्तो कांग्रेस बनाउने । त्यसकारण सवल सक्षम र वर्तमान प्रवधिको युगलाई बुझेको नेतृत्व चयन गर्न युवा कर्तव्य र जिम्मेवारि जरुरी छ ताकी देश कांग्रेसमय होस ।

लेखक बिष्णु स्वाँर  हिष्ट ईन्जीनियरिंग कलेज बानेश्वोरका ईकाई सभापति हुन् ।


 

प्रतिक्रिया