Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

युवा चुके कांग्रेस चुक्नेछ

युवा चुके कांग्रेस चुक्नेछ

नेपालमा ’राष्ट्रियताको संरक्षण र संवर्धन गर्दै प्रजातान्त्रिक समाजवाद’ स्थापना गर्ने नारा लिएको नेपाली कांग्रेसले वर्तमान सन्दर्भमा राष्ट्रियता, लोकतन्त्र, समाजवादको आदर्श एवं सिद्धान्त अनुरूप सङ्घीय गणतन्त्रात्मक राज्य, बहुलवादमा आधारित बहुदलीय व्यवस्था तथा संसदीय शासन प्रणालीको माध्यमबाट नेपालमा न्यायपूर्ण गतिशील र शान्तिपूर्ण समाजको निर्माण गरी सामाजिक, राजनीतिक तथा आर्थिक विकाश गर्ने उद्देश्य राखेको छ । यो नेपाल को जेठो दल हो ।

सँगठनको रूपरेखा सिद्धान्त र कार्य प्रणालीको निश्चय गर्न वि.सं.२००३ माघ १२ र १३ प्रथम महाधिवेशन हुदै १४औं महाधिवेशन मा आईपुग्दा नेपाली  कांग्रेस को १४औं महाधिवेशन विगतको महाधिवेशन फरक संरचनामा हुँदै छ । नेपालको संघीय राज्य प्रणाली बमोजिम ७५३ स्थानीय सरकार जसमध्ये ६ महानगर ११ उप–महानगर २७६ नगरपालिका र ४६० गाउँपालिकामा कांग्रेसको संघसंगठन क्रियासिल हुँदै छन । बिडम्बनाको कुरा कांग्रेसको महाधिवेशन ७७ जिल्लामा संगसंगै हुनुपर्ने तर कांग्रेस को नेतृत्व वर्गको कमजोरी ले गर्दा केही जिल्लाहरुमा क्रियाशिल सदस्यको विबादको कारणले गर्दा वडा स्तरीय अधिबेशन सुरु हुन नसक्नु कांग्रेसिहरुको लागी दुःखद कुरा हो । 

२२औं शदाब्दि नजिकिदै गर्दा कांग्रेस १४औं महाधिवेशनमा होमिँदै गर्दा नेपाली कांग्रेसका  कर्याकर्ता बीच बैज्ञानिक बिचार धार देखिनु स्वाभाविक नै हो ।१४ औं महाधिवेशनको सुरुवात अथवा उद्घाटन केही जिल्लामा वडा स्तरमा नै युवाहरुको सहभागिता र चासो देखिनु कांग्रेसको लागि सुन्दर पक्ष हो । विगतका महाधिबेशनको दाँजोमा यो महाधिवेशनमा युवा पंक्ति वडा स्तर देखि जिल्ला हुँदै केन्द्र सम्म नेतृत्व लिन तयार भैसकेको जलन्त उदाहरण युवाहरुको सहभागिताले  जनाउँछ । वडा स्तरको अधिबेशन समाप्त हुँदै  गर्दा क्षेत्रीय प्रतिनिधिहरुको अंकगणितमा तुलना गर्दा  युवा हरुको प्रतिनिधित्व ३०–३५ प्रतिशत छ । 
  
यो महाधिवेशनमा युवाले युवालाई नेतृत्वमा पुर्याउनेकि युवाले सवल र सक्षम नेतृत्व चयन गर्ने भन्ने कुरामा पनि होडबाजी चलेको छ । वर्तमान समयमा युवा पुस्ता नेतृत्व तहमा आउन खोज्दा आउने पुस्ताको लागि सुन्दर पक्ष हो । तर युवा पुस्ता हुँ भन्ने नियतमा कालो दाग भयो भने भबिस्य कांग्रेसको लागि कालो हुनेछ । युवा पुस्ता भन्दै गर्दा उम्मेरले मात्र युवा भएर मात्र कि सिद्धान्त र बिचारले पनि ??

यो महाधिवेशनमा नयाँ नेतृत्वको आगमन होस भन्ने चाहना सोच  र बिचार नयाँ पिडिले गरिरहेको छ । यसकारण युवावर्गको काँधमा जिम्मेवारि पनि छ कांग्रेसलाई भबिस्यमा कस्तो कांग्रेस बनाउने । त्यसकारण सवल सक्षम र वर्तमान प्रवधिको युगलाई बुझेको नेतृत्व चयन गर्न युवा कर्तव्य र जिम्मेवारि जरुरी छ ताकी देश कांग्रेसमय होस ।

लेखक बिष्णु स्वाँर  हिष्ट ईन्जीनियरिंग कलेज बानेश्वोरका ईकाई सभापति हुन् ।


 

प्रतिक्रिया