ताजा अपडेट
देउवा र रामचन्द्र पौडेलबीच जुट्यो बोल्ड सहमती
सत्तारुढ दल नेपाली कांग्रेसको विवाद सल्टिएको छ । शीर्ष नेताहरुबीचमा बोल्ड सहमती भएपछि देशभरका नेताकार्यकर्ताहरुमा खुसीयाली छाएको हो । क्रियाशील सदस्यता सूची प्रकाशित हुन बाँकी रहेका १३ जिल्लाको सदस्यता नामावली शनिवार सार्वजनिक गर्ने सहमति जुटेको छ ।
कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा भएको शीर्ष नेताबीचको छलफलमा सदस्यता सार्वजनिक गर्ने सहमति जुटेको छ ।
सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा। शशांक कोइरालाले क्रियाशील सदस्यता टुंग्याउन बनेको कार्यदल सदस्यसँग छलफल गरेपछि सहमति जुटेको छ ।
कार्यदल सदस्य कृष्णप्रसाद सिटौला, डा। मीनेन्द्र रिजाल र रमेश लेखकलाई शनिवारसम्म बाँकी जिल्लाको क्रियाशील सदस्यता टुंग्याउन जिम्मेवारी दिइएको छ ।
क्रियाशील सदस्यता टुंगिन बाँकी रहेका जिल्लामा २ नम्बर प्रदेशका ८ जिल्लासहित कैलाली, सुर्खेत, डोल्पा, रसुवा र बाँके रहेका छन् ।
क्रियाशील सदस्यता टुंगिएका ५७ जिल्लामा वडा अधिवेशन भएको छ भने बाँकी जिल्लाको लागि असोज ५ गते वडा अधिवेशन हुने गरी कार्यतालिका तय गरिएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया