Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

अध्यक्ष पोख्रेलले भने प्रेसलाई अंकुश लगाउने कानुन स्वीकार्य छैन

अध्यक्ष पोख्रेलले भने प्रेसलाई अंकुश लगाउने कानुन स्वीकार्य छैन

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले प्रेसलाई अंकुश लगाउने कुनै पनि कानुन स्वीकार्य नहुने बताएका छन्।

संघ र प्रदेश सरकारले प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई संकुच गरेर कानुन निर्माण गरेको भन्दै उनले आपत्ति जनाए। नेपाल पत्रकार महासंघको आयोजना तथा रुपन्देही शाखाको समन्वयमा सोमबारदेखि बुटवलका सुरु भएको एक हप्ते आधारभूत पत्रकारिता तालिमको उद्घाटन गर्दै अध्यक्ष पोखरेले प्रेसमैत्री कानुन बनाउन तीन तहकै सरकारको ध्यानाकर्षण गराए। 

'लुम्बिनी प्रदेश सरकारले बनाएको कानुन प्रेसविरोधी छ। त्यसलाई फिर्ता गर्न माग गरेका छौं,' अध्यक्ष पोखरेलले भने, 'सरकारले नसच्याए महासंघले स्वीकार गर्दैन।'

उनले लुम्बिनीसहित केही प्रदेशले बनाएका मिडिया सम्बद्ध कानुन प्रेसविरोधी भएकाले त्यसविरूद्ध पत्रकारहरू बोल्नुपर्ने बताए। अध्यक्ष पोखरेलले पत्रकारिताप्रति थुप्रै प्रश्न उब्जेकाले त्यसलाई चिर्नुपर्ने बताए । पत्रकारिता तालिमले दक्ष र प्रेस, अभिव्यक्ति स्वतन्त्रताका सवालमा बोल्ने, लेख्ने पत्रकारहरू तयार पार्ने उनको विश्वास छ।

पत्रकारले समाजको अपेक्षा बुझेर जिम्मेवारी निर्वाह गर्नु पर्ने भन्दै पत्रकारलाई पत्रकार आचारसंहिता पालना गर्न आग्रह गरे।

नेपाल पत्रकार महासंघ निवर्तमान अध्यक्ष गोविन्द आचार्यले क्षमता विकास गर्नसके पत्रकारीतामा प्रशस्त अवसर रहेको बताए । उनले पत्रकार महासंघ पत्रकारहरूको क्षमता अभिवृद्धि र पेसागत सुरक्षाका लागि विगतदेखि नै काम गरिरहेको बताए।

प्रतिक्रिया