Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

अध्यक्ष पोख्रेलले भने प्रेसलाई अंकुश लगाउने कानुन स्वीकार्य छैन

अध्यक्ष पोख्रेलले भने प्रेसलाई अंकुश लगाउने कानुन स्वीकार्य छैन

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले प्रेसलाई अंकुश लगाउने कुनै पनि कानुन स्वीकार्य नहुने बताएका छन्।

संघ र प्रदेश सरकारले प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई संकुच गरेर कानुन निर्माण गरेको भन्दै उनले आपत्ति जनाए। नेपाल पत्रकार महासंघको आयोजना तथा रुपन्देही शाखाको समन्वयमा सोमबारदेखि बुटवलका सुरु भएको एक हप्ते आधारभूत पत्रकारिता तालिमको उद्घाटन गर्दै अध्यक्ष पोखरेले प्रेसमैत्री कानुन बनाउन तीन तहकै सरकारको ध्यानाकर्षण गराए। 

'लुम्बिनी प्रदेश सरकारले बनाएको कानुन प्रेसविरोधी छ। त्यसलाई फिर्ता गर्न माग गरेका छौं,' अध्यक्ष पोखरेलले भने, 'सरकारले नसच्याए महासंघले स्वीकार गर्दैन।'

उनले लुम्बिनीसहित केही प्रदेशले बनाएका मिडिया सम्बद्ध कानुन प्रेसविरोधी भएकाले त्यसविरूद्ध पत्रकारहरू बोल्नुपर्ने बताए। अध्यक्ष पोखरेलले पत्रकारिताप्रति थुप्रै प्रश्न उब्जेकाले त्यसलाई चिर्नुपर्ने बताए । पत्रकारिता तालिमले दक्ष र प्रेस, अभिव्यक्ति स्वतन्त्रताका सवालमा बोल्ने, लेख्ने पत्रकारहरू तयार पार्ने उनको विश्वास छ।

पत्रकारले समाजको अपेक्षा बुझेर जिम्मेवारी निर्वाह गर्नु पर्ने भन्दै पत्रकारलाई पत्रकार आचारसंहिता पालना गर्न आग्रह गरे।

नेपाल पत्रकार महासंघ निवर्तमान अध्यक्ष गोविन्द आचार्यले क्षमता विकास गर्नसके पत्रकारीतामा प्रशस्त अवसर रहेको बताए । उनले पत्रकार महासंघ पत्रकारहरूको क्षमता अभिवृद्धि र पेसागत सुरक्षाका लागि विगतदेखि नै काम गरिरहेको बताए।

प्रतिक्रिया