Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १५ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

बयालपाटा अस्पताल घटना: सत्य तथ्य छानबिनको विकल्प छैन – प्रवक्ता तिमिल्सैना

बयालपाटा अस्पताल घटना: सत्य तथ्य छानबिनको विकल्प छैन – प्रवक्ता तिमिल्सैना

न्याय हेल्थ द्वारा संचालित बयालपाटा अस्पतालका  एक जना कर्मचारीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन् । अस्पतालले हटाएका ३३ जना कर्मचारीमा उनि चर्पी सफा गर्ने काम गरिरहेका साफेबगर नगरपालिका–६ का सिदार्थ आउजी ले आफ्थिनै शरीरमा  पेट्रोल छर्केर अस्पताल परिसरमै आगो लगाएका हुन्  ।

साेमबार अस्पताल परिसरमै  बिहान आफ्नै शरीरमा आगो लगाएका आउजीको शरिरभरि आगो दन्किरहेको अवस्थामा उनको उद्दार गरि हेलिकप्टरमार्फत नेपालगन्ज थप उपचारको लागि लैजाने तयारी भएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए  ।

कर्मचारी हटाएको बिषयमा केहि समयदेखि आलोचनामा मुछिएको अस्पताल परिसरमै हटाइएका एक कर्मचारीले आफ्नै शरीरमा आगो लगाएका आत्मदाहको प्रयास गरेसंगै अस्पतालमाथि झन् प्रश्न उठेको छ । यतिबेला सामाजिक संजालमा यो घटनालाई जोडेर अस्पताल प्रशासनको आलोचना गरिएको छ  ।

नेपाली काङ्ग्रेस जिल्ला अछामका प्रवक्ता वेदप्रकाश तिमिल्सैना घटनाको सत्यतथ्य छानबिनको माग गरेका छन् । सामाजिक संजाल मार्फत उनले घाइतेको स्वास्थ्यलाभको कामना गर्दै न्याय हेल्थ संग जोडिएको यो घटनाको सत्य तथ्य छानबिनको विकल्प नभएको बताएका छन् । उनले न्याय हेल्थका हर्ताकर्तालाई समेत छानबिनको दायरामा ल्याउन जोडदार माग गरेका छन् ।

 

प्रतिक्रिया