Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

कोरोना कहरकै बेला भारतबाट आएकालाई पार्टीमा भित्र्याउँदै नेकपा अछाम

कोरोना कहरकै बेला भारतबाट आएकालाई  पार्टीमा भित्र्याउँदै नेकपा अछाम

अछाम साउन ८
कोरोनाको कहर कायम भएकै बेला नेकपा अछामले भव्य कार्यक्रम गरेको छ ।

पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा साँफेबगर नगरपालिका ७ रिडिकोटका ३० जना यूवा नेपाली कांग्रेस परित्याग गरि नेकपामा प्रवेश गरेको नेकपाका नगर संगठन कमिटि अध्यक्ष शंकर कुवँरले जानकारी दिनुभएको छ ।


हाल लकडाउन हटे पनि अछाम जिल्लाका सबै संक्रमितका परिवारको पीसीआर नभएकाले कोरोनाको जोखिम कायमै रहेको स्वास्थ्यकर्मि बताउँछन । रिडिकोटमा गरीएको कार्यक्रमा नेकपा प्रवेश गर्ने करिव २५ जना भारतबाट आएका समाचार स्रोतको दावी रहेको छ । हाल रिडिकोटमा नयाँ कोरोना संक्रमित नभए पनि हालसम्म ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । बिषम परिस्थिमा अरुलाई सिकाउनु पर्ने जनप्रतिनिधि र राजनिती दलका नेताहरु नै विभिन्न कार्यक्रम गरेर सरकारले नै बनाएको नियमको धज्जि उडाएको सरोकारवाला बताउँछन् । नेकपा प्रवेशका लागि आयोजना गरिएको कार्यक्रममा अतिथी नेपाल कम्युनिष्ट पार्टी नेकपा सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा साँफेबगर नगर प्रमुख कुलबहादुर कुँवर,नेकपा संगठन विभाग प्रमुख तथा जिल्ला कमिटी सदस्य प्रकाश शाह, जिल्ला कमिटी सदस्य तथा नगर कमिटी इञ्चार्ज शिव बहादुर कुँवर शिलोजलगायतका जिल्ला तथा स्थानीय स्तरका नेताहरु गरी सयौं नेता तथा कार्यक्रताको रहेको कार्यक्रमका एक सहभागिले बताए  ।

उनका अनुसार कार्यक्रममा भौतीक दुरी पनि कायम थिएन भने अधिकांसले मास्कको प्रयोग समेत गरेका थिएनन् । हाल कुनै कार्यक्रम गर्न नमिल्ने , गर्नु परे पनि २५ जनाभन्दा बढी हुन नपाईने, सामाजिक दुरी कायम गर्नु पर्ने मास्क लगाउनु पर्ने प्रावधान सरकाले तय गरेको छ  । यता जिल्ला प्रशासन कार्यालय अछामले पनि मास्क नलगार्य हिंड्नेलाई कारबाहि गर्न थालेको छ । ‘कुन पार्टिका को प्रवेश गरे त्यो हाम्रो चासोको विषय होइन । तर,सरकारले बनाएका नियम नै  जनप्रतिनिधिले नै उलंघन गरेको पाइयो । यसले ठुलो समस्या निम्त्याउन सक्छ । ’ नाम सार्वजनिक नगर्ने सर्तमा एक स्वास्थ्यकर्मिले भने ।

प्रतिक्रिया