Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २३ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

कोरोना कहरकै बेला भारतबाट आएकालाई पार्टीमा भित्र्याउँदै नेकपा अछाम

कोरोना कहरकै बेला भारतबाट आएकालाई  पार्टीमा भित्र्याउँदै नेकपा अछाम

अछाम साउन ८
कोरोनाको कहर कायम भएकै बेला नेकपा अछामले भव्य कार्यक्रम गरेको छ ।

पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा साँफेबगर नगरपालिका ७ रिडिकोटका ३० जना यूवा नेपाली कांग्रेस परित्याग गरि नेकपामा प्रवेश गरेको नेकपाका नगर संगठन कमिटि अध्यक्ष शंकर कुवँरले जानकारी दिनुभएको छ ।


हाल लकडाउन हटे पनि अछाम जिल्लाका सबै संक्रमितका परिवारको पीसीआर नभएकाले कोरोनाको जोखिम कायमै रहेको स्वास्थ्यकर्मि बताउँछन । रिडिकोटमा गरीएको कार्यक्रमा नेकपा प्रवेश गर्ने करिव २५ जना भारतबाट आएका समाचार स्रोतको दावी रहेको छ । हाल रिडिकोटमा नयाँ कोरोना संक्रमित नभए पनि हालसम्म ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । बिषम परिस्थिमा अरुलाई सिकाउनु पर्ने जनप्रतिनिधि र राजनिती दलका नेताहरु नै विभिन्न कार्यक्रम गरेर सरकारले नै बनाएको नियमको धज्जि उडाएको सरोकारवाला बताउँछन् । नेकपा प्रवेशका लागि आयोजना गरिएको कार्यक्रममा अतिथी नेपाल कम्युनिष्ट पार्टी नेकपा सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा साँफेबगर नगर प्रमुख कुलबहादुर कुँवर,नेकपा संगठन विभाग प्रमुख तथा जिल्ला कमिटी सदस्य प्रकाश शाह, जिल्ला कमिटी सदस्य तथा नगर कमिटी इञ्चार्ज शिव बहादुर कुँवर शिलोजलगायतका जिल्ला तथा स्थानीय स्तरका नेताहरु गरी सयौं नेता तथा कार्यक्रताको रहेको कार्यक्रमका एक सहभागिले बताए  ।

उनका अनुसार कार्यक्रममा भौतीक दुरी पनि कायम थिएन भने अधिकांसले मास्कको प्रयोग समेत गरेका थिएनन् । हाल कुनै कार्यक्रम गर्न नमिल्ने , गर्नु परे पनि २५ जनाभन्दा बढी हुन नपाईने, सामाजिक दुरी कायम गर्नु पर्ने मास्क लगाउनु पर्ने प्रावधान सरकाले तय गरेको छ  । यता जिल्ला प्रशासन कार्यालय अछामले पनि मास्क नलगार्य हिंड्नेलाई कारबाहि गर्न थालेको छ । ‘कुन पार्टिका को प्रवेश गरे त्यो हाम्रो चासोको विषय होइन । तर,सरकारले बनाएका नियम नै  जनप्रतिनिधिले नै उलंघन गरेको पाइयो । यसले ठुलो समस्या निम्त्याउन सक्छ । ’ नाम सार्वजनिक नगर्ने सर्तमा एक स्वास्थ्यकर्मिले भने ।

प्रतिक्रिया

ट्रेन्डिङ