Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०१ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

बाग्लुङ समाज आयरल्यान्डको पहिलो भौतिक कार्यक्रम सम्पन्न

बाग्लुङ समाज आयरल्यान्डको पहिलो भौतिक कार्यक्रम सम्पन्न

बाग्लुङ समाज आयरल्यान्डको पहिलो भौतिक कार्यक्रम सम्पन्न  भएको छ । संस्थाको स्थापना देखि भर्चुअल (Zoom ) माध्यमबाट सम्पन्न हुँदै आएको बाग्लुङ समाज आयरल्यान्डलाई  थप ससक्त बनाउन कार्यसमिति सदस्य लगायत सम्पुर्ण बाग्लुङे आमाबुबा दाजुभाइ दिदिबहिनीहरु माझ भैतिक रुपमा भेटघाट कार्यक्रम  सेप्टेम्बर २१ तारिख मंगलबार डब्लिनको टिचर्स हलमा भब्य र सभ्य रुपमा सम्पन्न भएको थियो  ।

संस्थाका अध्यक्ष प्रकाश साप्कोटा सभापतित्वमा बाग्लुङे बाग्लुङे बिचको एकता, भतृत्व र मित्रता भन्ने नाराका साथ सम्पन्न प्रथम भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रमका प्रमुख अतिथीमा बाग्लुङ समाज आयरल्यान्डका सल्लाहकार राम कृष्ण साप्कोटा रहेका थिए । कार्यक्रममा स्वागत मन्तव्य सहित संस्थाको अहिलेसम्मको गतिविधि पेश संस्थाका सचिब सन्तोश शर्माले गरेका थिए । तेस्तै समाजका अग्रज ब्यक्तित्व एबम कार्यसमिति सदस्य बल बहादुर क्षेत्रिले समाज एक भएर अघि बढ्नु पर्ने कुरामा जोड दिएका थिए ।

आयरल्यान्डको कान्छो समाजिक संस्था बाग्लुङ समाज आयरल्यान्डको कोष स्थापना कालमा बाग्लुङे मात्र नभएर गैर बाग्लुङे समाजिक ब्यक्तित्वहरुले पनि आर्थिक सहयोग गरेकाले उनीहरु प्रती आभार प्रकट गर्दै समाजको तर्फबाट सम्मान स्वरुप प्रमाणपत्र बितरण गरिएको थियो । त्येस्तै गैर आबसिय नेपाली संघ आयरल्यान्डको भर्खर सम्पन्न निर्बाचनमा सर्बसम्बत चयन हुन सफल बाग्लुङे सदस्य साथिहरुलाइ बाग्लुङ समाजको तर्फबाट सम्मान स्वरुप प्रमाणपत्र पनि बितरण गरिएको थियो ।

यसैगरी लामो समय आयरल्यान्ड बस्दै आउनुभएका बाग्लुङे भाई कन्चन थापा नेपाल फर्किने हुँदा उनको बिदाइ कार्यक्रम पनि  गरिएको थियो । बिदाई  कार्यक्रममा संस्थाका अध्यक्ष साप्कोटाले टोकन अफ लभ प्रदान गर्दै आगामि दिनको सफलताको सुभकामाना व्यक्त गरेका थिए । कार्यक्रमका अध्यक्ष साप्कोटाले बाग्लुङ समाजको उद्धेश्य र औचित्य प्रष्ट पार्दै टाडा टाडा कन्ट्रीबाट आउने बाग्लुङे दाजुभाइ दिदिबहिनी लाई धन्यवाद दिदै येस्तै एकताको आबस्यकता रहेको कुरा बताए । कार्यक्रमको संचालन  संस्थाका  महासचिव कृष्ण जिसि ले गरेका थिए ।

 

प्रतिक्रिया