Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, १८ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

तेस्रो धारका नेताहरूले एमालेको बैठक बहिस्कार गर्ने

तेस्रो धारका नेताहरूले एमालेको बैठक बहिस्कार गर्ने

विधान महाधिवेशन तयारी बैठक चलिरहँदा नेकपा (एमाले)मा एकताका लागि प्रस्ताव गरिएको १० बुँदे प्रस्तावको इमानदारीपूर्वक कार्यान्वयन नभएको भन्दै तेस्रो धारको असन्तुष्टि चुलिएको छ।

विधान महाधिवेशनमा पेस गरिने प्रतिवेदन मस्यौदामाथि छलफल गर्न पार्टी केन्द्रीय कमिटी बैठक बसिरहँदा नेताहरूले बैठक बहिस्कार गर्ने चेतावनी दिएका छन्।

उनीहरूले एकता प्रस्तावको अक्षरशः पालना र विधान महाधिवेशनमा प्रतिनिधि छनोटबारे प्रस्ट धारणा नबन्दासम्म बैठकमा नबस्ने चेतावनी दिएका हुन्।

विधान महाधिवेशनको पूर्व तयारीस्वरुप विभिन्न दस्ताबेजमाथि छलफल गर्न शुक्रबारबाट सुरु भएको छ। शुक्रबारको एमाले बैठकमा तीन वटा दस्ताबेजमा समूहगत छलफल गर्न दशवटा समूह बनाइएको छ।

तर तेस्रो धारका १० नेता निकटका केन्द्रीय सदस्यहरूले एकता प्रस्ताव कार्यान्वयनको ग्यारेन्टी र विधान महाधिवेशनमा छनोट हुने प्रतिनिधिबारे स्पष्ट नभएसम्म कुनै पनि बैठकमा सहभागी नहुने अडान राखेका छन्। बैठकमा सुरुमा झपट रावल, भानुभक्त जोशीलगायतका नेताहरूले यस्तो दबाब दिए। तेस्रो धारका नेता घनश्याम भुसालले समेत सहमति जनाएका नेताहरूले बताए।

यसअघि एमालेमा संस्थापन पक्ष र तेस्रोधारविच १० बुँदे सहमति भएको थियो। बैठकमा १० बुँदेको कुरा उठेपछि तेस्रो धारका नेता भीम रावल र ओली निकट मानिएका सचिव प्रदीप ज्ञवालीबिच छलफल भएको छ।

प्रतिक्रिया

ट्रेन्डिङ