ताजा अपडेट
अछाममा ६ स्थानीय तहमा सर्वसम्मत , ४ मा चुनाव हुँदै
नेपाली काङ्ग्रेसको नगर तथा गाउँपालिका अधिवेशन अछामका १० वटै पालिकामा सुरु भएको छ । निर्वाचन क्षेत्र नम्बर १ मा मेल्लेखमा गाउँपालिकामा खगेन्द्र साउद चौरपाटी गाउँपालिकामा धर्म साउद ,रामरोशन गाउँपालिकामा मानबहादुर साउद सभापति भएका छ्न ।
बान्नीगढी जयगढ गाउँपालिका र साँफेबगर नगरपालिकामा सर्वसम्मतको चुनाव हुनसक्ने जिल्ला सभापति भरतकुमार स्वारले बताए । स्वारका अनुसार निर्वाचन क्षेत्र नम्बर दुई अन्तरगत ढकारीमा गाउँपालिकामा धनबहादुर बुढा , कमलबजार नगरपालिकाकामा पदम भण्डारी र मंगलसेन नगरपालिकामा झपट रावल सर्वसम्मत सभापति चयन भएका छन् । तुर्माखाँद गाउँपालिका र मा पन्चदेवल विनायक नगरपालिकामा चुनाव हुने स्थिति आएको स्वारले बताए ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया