Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

गोदावरी वडा अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता हुने

गोदावरी वडा अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता हुने

नेपालीहरुको महान पर्व तिहार तथा "बहुमुखी कला मन्दिर" गोदावरी, कैलालीको १४ औं वार्षिकोत्सबको शुभ अवसरमा गोदावरी नगरपालिका वडा - ३ कार्यालयको सहयोग तथा समन्वय र बहुमुखी कला मन्दिरको आयोजनामा नगरपालिका स्तरीय "गोदावरी वडा अध्यक्ष कप " पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । हरेक वर्ष वार्षिकोत्समा स्थानीय स्तरमा गर्दै आएका बिभिन्न कार्यक्रम बिस्तार गर्दै यस पटक अन्तर वडा पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।

भलिबल प्रतियोगितामा प्रथम पुरस्कार ५५ हजार ५ सय ५५, द्वितीय पुरस्कार २५ हजार ५ सय २५, तृतीय पुरस्कार ११ हजार १ सय ११ र व्यक्तिगत बिधामा २ हजार २ सय २२ नगत रुपैयाँ सहित सम्पुर्ण विजयी टिमहरूलाई ट्रफी, र प्रमाणपत्र दिइने बहुमुखी कला मन्दिरका अध्यक्ष राम बहादुर बोगटीले जानकारी दिनु भयो । यसका साथै गोदावरी खुला पुरुष सडक दौड प्रतियोगीता (५ कि.मि.) र नगरव्यापी खुला मा वि स्तरीय हाजिरी जवाफ प्रतियोगिता पनि हुने भएको छ ।

दौड प्रतियोगितामा विजयी प्रथम द्वितीय तृतीय खेलाडीहरुलाई क्रमशः नगद रु. १० हजार १ सय , ५ हजार ५ सय, ३ हजार ३ सय नगद रुपैयाँ र यसका साथै ट्रफी, मेडल र प्रमाणपत्र को व्यवस्था गरिएको छ । हाजिरी जवाफ प्रतियोगिताका बिजयी समूहहरुलाई भने ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । खेलकुद, कला, साहित्य समाजसेवा र संस्कृतिक तथा शैक्षिक विभिन्न ल क्षेत्रमा काम गर्दै आइरहेको बहुमुखी कला मन्दिरले बिगतका वर्षहरुमा पनि चाड पर्वको समयमा विभिन्न विकृति र जुवा तासमा बेस्त हुने युवाहरुलाई खेलकुदमा बेस्त बनाएर सामाजिक विकृतिमा न्यूनीकरण ल्याउन र शिक्षा, संस्कृति तथा खेलकुदको विकास गर्न विभिन्न कार्यक्रम गर्दै आएको थियो । यस बहुमुखी कला मन्दिरले कार्यक्रमको क्षेत्र र सहभागीता थप व्यापक बनाउने उदेश्य सहित नगरस्तरीय कार्यक्रम गर्न लागेको जानकारी अध्यक्ष बोगटीले दिनु भयो ।

यसपटक वडाको पनि सहयोग रहेको हुँदा नगरव्यापी नै कार्यक्रम गरेर नगरको उत्कृष्ट भलिबल टिम र उत्कृष्ट धावक छनौट तथा पहिचान गरि उनीहरुको खेल जीवनमा थप अवसर प्रदान गर्ने अध्यक्ष बोगटीले बताउनु भयो । गोदावरी- ३ मुक्तिनगर स्थित मुक्ती आधारभूत विद्यालयको प्राङ्गणमा कार्तिक १६ गते देखि १९ गते सम्म हुने सम्पुर्ण प्रतियोगितामा टिम तथा खेलाडी दर्ता फारम बहुमुखी कला मन्दिरकै आधिकारिक पेजमा उपलब्ध टिम तथा खेलाडी दर्ता फारमको लिन्क खोलेर अन्लाईन नै भर्न सकिने र अन्लाईन भर्न असमर्थको लागि गोदावरी - ३ मुक्तिनगरमै अवस्थित अंशु मोबाइल ग्यालरीबाट फारम लिएर सोही स्थानमा नै बुझाउने सकिने छ।

खुला सडक दौड प्रतियोगितामा जो खुला रुपमा जो सुकै खेलाडीहरु सहभागी भए पनि भलिबल र हाजिरी जवाफ प्रतियोगितामा गोदावरी नगरकै खेलाडी मात्र सहभागी हुन पाउने र भलिबल टिममा बढीमा २ जना खेलाडीहरु खुला रुपमा टिममा राख्न पाइने प्रतियोगिताको नियम रहेको छ ।

प्रतिक्रिया