Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०७ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

गोदावरी वडा अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता हुने

गोदावरी वडा अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता हुने

नेपालीहरुको महान पर्व तिहार तथा "बहुमुखी कला मन्दिर" गोदावरी, कैलालीको १४ औं वार्षिकोत्सबको शुभ अवसरमा गोदावरी नगरपालिका वडा - ३ कार्यालयको सहयोग तथा समन्वय र बहुमुखी कला मन्दिरको आयोजनामा नगरपालिका स्तरीय "गोदावरी वडा अध्यक्ष कप " पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । हरेक वर्ष वार्षिकोत्समा स्थानीय स्तरमा गर्दै आएका बिभिन्न कार्यक्रम बिस्तार गर्दै यस पटक अन्तर वडा पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।

भलिबल प्रतियोगितामा प्रथम पुरस्कार ५५ हजार ५ सय ५५, द्वितीय पुरस्कार २५ हजार ५ सय २५, तृतीय पुरस्कार ११ हजार १ सय ११ र व्यक्तिगत बिधामा २ हजार २ सय २२ नगत रुपैयाँ सहित सम्पुर्ण विजयी टिमहरूलाई ट्रफी, र प्रमाणपत्र दिइने बहुमुखी कला मन्दिरका अध्यक्ष राम बहादुर बोगटीले जानकारी दिनु भयो । यसका साथै गोदावरी खुला पुरुष सडक दौड प्रतियोगीता (५ कि.मि.) र नगरव्यापी खुला मा वि स्तरीय हाजिरी जवाफ प्रतियोगिता पनि हुने भएको छ ।

दौड प्रतियोगितामा विजयी प्रथम द्वितीय तृतीय खेलाडीहरुलाई क्रमशः नगद रु. १० हजार १ सय , ५ हजार ५ सय, ३ हजार ३ सय नगद रुपैयाँ र यसका साथै ट्रफी, मेडल र प्रमाणपत्र को व्यवस्था गरिएको छ । हाजिरी जवाफ प्रतियोगिताका बिजयी समूहहरुलाई भने ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । खेलकुद, कला, साहित्य समाजसेवा र संस्कृतिक तथा शैक्षिक विभिन्न ल क्षेत्रमा काम गर्दै आइरहेको बहुमुखी कला मन्दिरले बिगतका वर्षहरुमा पनि चाड पर्वको समयमा विभिन्न विकृति र जुवा तासमा बेस्त हुने युवाहरुलाई खेलकुदमा बेस्त बनाएर सामाजिक विकृतिमा न्यूनीकरण ल्याउन र शिक्षा, संस्कृति तथा खेलकुदको विकास गर्न विभिन्न कार्यक्रम गर्दै आएको थियो । यस बहुमुखी कला मन्दिरले कार्यक्रमको क्षेत्र र सहभागीता थप व्यापक बनाउने उदेश्य सहित नगरस्तरीय कार्यक्रम गर्न लागेको जानकारी अध्यक्ष बोगटीले दिनु भयो ।

यसपटक वडाको पनि सहयोग रहेको हुँदा नगरव्यापी नै कार्यक्रम गरेर नगरको उत्कृष्ट भलिबल टिम र उत्कृष्ट धावक छनौट तथा पहिचान गरि उनीहरुको खेल जीवनमा थप अवसर प्रदान गर्ने अध्यक्ष बोगटीले बताउनु भयो । गोदावरी- ३ मुक्तिनगर स्थित मुक्ती आधारभूत विद्यालयको प्राङ्गणमा कार्तिक १६ गते देखि १९ गते सम्म हुने सम्पुर्ण प्रतियोगितामा टिम तथा खेलाडी दर्ता फारम बहुमुखी कला मन्दिरकै आधिकारिक पेजमा उपलब्ध टिम तथा खेलाडी दर्ता फारमको लिन्क खोलेर अन्लाईन नै भर्न सकिने र अन्लाईन भर्न असमर्थको लागि गोदावरी - ३ मुक्तिनगरमै अवस्थित अंशु मोबाइल ग्यालरीबाट फारम लिएर सोही स्थानमा नै बुझाउने सकिने छ।

खुला सडक दौड प्रतियोगितामा जो खुला रुपमा जो सुकै खेलाडीहरु सहभागी भए पनि भलिबल र हाजिरी जवाफ प्रतियोगितामा गोदावरी नगरकै खेलाडी मात्र सहभागी हुन पाउने र भलिबल टिममा बढीमा २ जना खेलाडीहरु खुला रुपमा टिममा राख्न पाइने प्रतियोगिताको नियम रहेको छ ।

प्रतिक्रिया