Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

सात पालिकामा सहमति, तीन पालिकामा निर्वाचन - कांग्रेस अधिवेशन अछाम

सात पालिकामा सहमति, तीन पालिकामा निर्वाचन - कांग्रेस अधिवेशन अछाम

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत अछामका पालिका स्तरीय अधिवेशन सम्पन्न भएको छ। दश पालिका मध्ये ७ मा सहमतीको आधारमा नेतृत्व चयन भएको छ भने बाँकी ३ पालिकामा निर्वाचन मार्फत नेतृत्व चयन भएको छ। सहमतिको आधारमा नेतृत्व चयन हुने पालिकाहरु चौरपाटी गाउँपालिका, मेल्लेख गाउँपालिका, बान्नीगढी जयगढ गाउँपालिका, रामारोशन गाउँपालिका, ढकारी गाउँपालिका, मंगलसेन नगरपालिका र कमल बजार नगरपालिका रहेका छन्। बाँकी तीन वटा पालिकामा मतदान भएको छ।

साँफेबगर नगरपालिका, पंचदेवल बिनायक नगरपालिका र तुर्माखाद गाउँपालिकामा निर्वाचन भएको हो। मतदानमार्फत साँफेबगर नगरपालिकाको सभापतिमा लालबहादुर कुँवर १५८ मत ल्याएर बिजयी भएका छन्। उनका निकटम प्रतिद्धन्दि भीम कुँवरले १०१ मत प्राप्त गरे। 

पंचदेवल बिनायक नगरपालिकाको सभापतिमा सज्जनबहादुर शाही निर्वाचित भएका छन्। उनले ८१ मत प्राप्त गरे भने उनका प्रतिद्धन्दि हर्कबहादुर रावलले ७२ मत पाएका छन। यसैगरी तुर्माखाद गाउँपालिकाको सभापतिमा ११२ मत ल्याएर कबिराम बयक बिजयी भएका छन्। उनका प्रतिद्धन्दि दिलबहादुर बयकले १३ र टेकबहादुर बयकले २ मत प्राप्त गरेका छन्। 

जिल्लाको चौरपाटी गाउँपालिकामा धर्म साउँद, मेल्लेख गाउँपालिकामा खकेन्द्रबहादुर साउँद, बान्नीगढी जयगढ गाउँपालिकामा कर्णबहादुर ठकुल्ला रामारोशन गाउँपालिकामा मानबहादुर साउँद, मंगलसेन नगरपालिकामा झपटबहादुर रावल, कमलबजार नगरपालिकामा पदमबहादुर भण्डारी र ढकारी गाउँपालिकामा धनबहादुर बुढा सभापतिमा सर्वसम्मत चयन भएका छन्।

प्रतिक्रिया