ताजा अपडेट
एमालेमा सदस्य बनेको १५ वर्षपछि मात्रै केन्द्रीय सदस्य हुन पाइने
प्रमुख प्रतिपक्षी नेकपा एमालेको केन्द्रीय कमिटी सदस्य हुन पार्टी सदस्यता लिएको १५ वर्ष पूरा हुनुपर्ने प्रस्तावा अघि सारेको छ।
पार्टी सदस्यता लिएको १५ वर्ष पुगेपछि मात्रै केन्द्रीय सदस्य हुन पाउने गरी एमालेले विधान संशोधन प्रस्ताव अघि सारेको हो। अहिले उक्त विधान संशोधन प्रस्ताव एमाले उपमहासचिव विष्णु पौडेलले विधान महाधिवेशनस्थल गोदावरीस्थित हलमा बाचन गरिरहेका छन्।
'केन्द्रीय कमिटी सदस्यको उम्मेदवार हुन कम्तीमा १४ वर्ष पार्टी सदस्य भएको हुनुपर्नेछ। केन्द्रीय कमिटी वा केन्द्रीय निकायको सदस्य वा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको सदस्य वा प्रदेश कमिटीको पदाधिकारी वा केन्द्रीय विभागको सचिन वा सदस्य वा प्रदेश कमिटीको सदस्य वा जिल्ला कमिटीको अध्यक्ष भई एक कार्यकाल वा जनसंगठनको पदाधिकारी भई दुई कार्यकाल काम गरेको हुनुपर्नेछ,' विधान संशोधन प्रस्तावमा उल्लेख छ।
उपमहासचिव पौडेलले वाचन गरिसकेपछि योसहितका प्रस्तावमा छलफल हुनेछ। एमालेले नयाँ विधानमा वरिष्ठ नेता, उपहासचिव र पोलिटब्यूरो सदस्य पद पनि खारेज प्रस्ताव अघि सारेको छ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया