Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, १८ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

एमालेमा सदस्य बनेको १५ वर्षपछि मात्रै केन्द्रीय सदस्य हुन पाइने

एमालेमा सदस्य बनेको १५ वर्षपछि मात्रै केन्द्रीय सदस्य हुन पाइने

प्रमुख प्रतिपक्षी नेकपा एमालेको केन्द्रीय कमिटी सदस्य हुन पार्टी सदस्यता लिएको १५ वर्ष पूरा हुनुपर्ने प्रस्तावा अघि सारेको छ।

पार्टी सदस्यता लिएको १५ वर्ष पुगेपछि मात्रै केन्द्रीय सदस्य हुन पाउने गरी एमालेले विधान संशोधन प्रस्ताव अघि सारेको हो। अहिले उक्त विधान संशोधन प्रस्ताव एमाले उपमहासचिव विष्णु पौडेलले विधान महाधिवेशनस्थल गोदावरीस्थित हलमा बाचन गरिरहेका छन्। 

'केन्द्रीय कमिटी सदस्यको उम्मेदवार हुन कम्तीमा १४ वर्ष पार्टी सदस्य भएको हुनुपर्नेछ। केन्द्रीय कमिटी वा केन्द्रीय निकायको सदस्य वा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको सदस्य वा प्रदेश कमिटीको पदाधिकारी वा केन्द्रीय विभागको सचिन वा सदस्य वा प्रदेश कमिटीको सदस्य वा जिल्ला कमिटीको अध्यक्ष भई एक कार्यकाल वा जनसंगठनको पदाधिकारी भई दुई कार्यकाल काम गरेको हुनुपर्नेछ,' विधान संशोधन प्रस्तावमा उल्लेख छ।

उपमहासचिव पौडेलले वाचन गरिसकेपछि योसहितका प्रस्तावमा छलफल हुनेछ। एमालेले नयाँ विधानमा वरिष्ठ नेता, उपहासचिव र पोलिटब्यूरो सदस्य पद पनि खारेज प्रस्ताव अघि सारेको छ। 

प्रतिक्रिया