Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, १८ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

तीन दस्तावेजमा छलफल गर्न १० समूहमा प्रतिनिधि विभाजन : एमाले विधान महाधिवेशन

तीन दस्तावेजमा छलफल गर्न १० समूहमा प्रतिनिधि विभाजन : एमाले विधान महाधिवेशन

नेकपा (एमाले)को विधान महाधिवेशनको पहिलो दिन प्रतिनिधिलाई १० समूहमा विभाजन गरिएको छ । अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले पेस गरेका प्रतिवेदनमाथि छलफल गर्नका लागि प्रतिनिधिहरूलाई १० समूहमा विभाजन गरिएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिएका छन् ।

पहिलो दिनको कार्यक्रम सकिएपछि भट्टराईले भने, 'विधान महाधिवेशनमा प्रस्तुत दस्तावेजहरूमाथि छलफल गर्न प्रतिनिधिहरूलाई १० वटा समूहमा विभाजन गरिएको छ । शनिबार बिहान ८ बजे सुरु हुने महाधिवेशनको दोस्रो दिन दस्तावेजहरूमाथि समूहगत छलफल हुने कार्यक्रम छ ।'

विधान महाधिवेशनको पहिलो दिन अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव तथा संगठन विभाग प्रमुख पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए ।

त्यसअघि विधान महाधिवेशन सञ्चालनका लागि अध्यक्ष मण्डल गठन गरिएको थियो । जसको अध्यक्ष ओली र सदस्यहरूमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, सुवासचन्द्र नेम्वाङ, सत्यनारायण मण्डल र छविलाल विश्वकर्मा रहेका छन् ।

त्यस्तै, प्रस्ताव मस्यौदा कमिटीमा भीम रावल, घनश्याम भूसाल, रघुजी पन्त, यामलाल कँडेल, राजन भट्टराई, पद्मा अर्याल र लीला भण्डारी छन् । महाधिवेशन प्रतिनिधिबाट आएका सुझाव अध्ययन कमिटीमा शंकर पोखरेल, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, बिन्दा पाण्डे, ठाकुर गैरे, ज्वालाकुमारी साह र शिवमाया तुम्बाहाम्फे छन् ।

बहस नोट कमिटीमा मणिचन्द्र थापा, भानुभक्त ढकाल, विष्णु रिजाल, गोविन्द नेपाली, मनोजजंग थापा, सीता सुन्दास, सरोज यादव र लीलबहादुर थापा मगर रहेका छन् भने प्रचार समन्वय कमिटीमा योगेश भट्टराई, खिमलाल भट्टराई र सूर्य थापा छन् । एमालेको विधान महाधिवेशनमा ६ हजार ३ सय ४७ प्रतिनिधिहरू रहेको भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया