Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

तीन दस्तावेजमा छलफल गर्न १० समूहमा प्रतिनिधि विभाजन : एमाले विधान महाधिवेशन

तीन दस्तावेजमा छलफल गर्न १० समूहमा प्रतिनिधि विभाजन : एमाले विधान महाधिवेशन

नेकपा (एमाले)को विधान महाधिवेशनको पहिलो दिन प्रतिनिधिलाई १० समूहमा विभाजन गरिएको छ । अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले पेस गरेका प्रतिवेदनमाथि छलफल गर्नका लागि प्रतिनिधिहरूलाई १० समूहमा विभाजन गरिएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिएका छन् ।

पहिलो दिनको कार्यक्रम सकिएपछि भट्टराईले भने, 'विधान महाधिवेशनमा प्रस्तुत दस्तावेजहरूमाथि छलफल गर्न प्रतिनिधिहरूलाई १० वटा समूहमा विभाजन गरिएको छ । शनिबार बिहान ८ बजे सुरु हुने महाधिवेशनको दोस्रो दिन दस्तावेजहरूमाथि समूहगत छलफल हुने कार्यक्रम छ ।'

विधान महाधिवेशनको पहिलो दिन अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव तथा संगठन विभाग प्रमुख पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए ।

त्यसअघि विधान महाधिवेशन सञ्चालनका लागि अध्यक्ष मण्डल गठन गरिएको थियो । जसको अध्यक्ष ओली र सदस्यहरूमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, सुवासचन्द्र नेम्वाङ, सत्यनारायण मण्डल र छविलाल विश्वकर्मा रहेका छन् ।

त्यस्तै, प्रस्ताव मस्यौदा कमिटीमा भीम रावल, घनश्याम भूसाल, रघुजी पन्त, यामलाल कँडेल, राजन भट्टराई, पद्मा अर्याल र लीला भण्डारी छन् । महाधिवेशन प्रतिनिधिबाट आएका सुझाव अध्ययन कमिटीमा शंकर पोखरेल, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, बिन्दा पाण्डे, ठाकुर गैरे, ज्वालाकुमारी साह र शिवमाया तुम्बाहाम्फे छन् ।

बहस नोट कमिटीमा मणिचन्द्र थापा, भानुभक्त ढकाल, विष्णु रिजाल, गोविन्द नेपाली, मनोजजंग थापा, सीता सुन्दास, सरोज यादव र लीलबहादुर थापा मगर रहेका छन् भने प्रचार समन्वय कमिटीमा योगेश भट्टराई, खिमलाल भट्टराई र सूर्य थापा छन् । एमालेको विधान महाधिवेशनमा ६ हजार ३ सय ४७ प्रतिनिधिहरू रहेको भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया