Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

नेपालीलाई धार्चुलाको बाटो प्रयोगमा भारतीयद्वारा रोक

नेपालीलाई धार्चुलाको बाटो प्रयोगमा भारतीयद्वारा रोक

भारतले नेपालीलाई धार्चुला, गब्र्याङ हुँदै छाङरु–तिङ्कर जाने बाटो प्रयोगमा रोक लगाएको छ । दार्चुलाको ब्याँस–१ का स्थानीयले यो बाटो प्रयोग गर्दै आएका थिए ।

नेपालतर्फको बाटो हिँड्न सकिने अवस्थामा नरहेको र भारतले बाटो प्रवेशमा रोक लगाएको वडाध्यक्ष अशोक बोहराले अनलाइनखबरलाई टेलिफोनमा जानकारी दिए । उनीहरूले कोभिड– १९ का कारण लगाइएको लकडाउन र कालापानी सीमा विवादका कारण बाटो प्रयोगमा रोग लगाएको बोहरा बताउँछन् ।

नेपालले भारतद्वारा अतिक्रमित लिम्पियाधुरा समेटेर राजनीतिक तथा प्रशासनिक नक्सा प्रकाशित गरेपछि उनीहरूले स्थानीयलाई अवरोध गरेका हुन् ।

ब्याँस– १ छाङरु र तिंकरवासी हिमपात हुने पुसदेखि वैशाखसम्म जिल्ला सदरमुकाम खलङ्गालगायत तल्लो भागमा झरेर बस्छन् । जेठदेखि उनीहरू फेरि खेतीपातीका लागि गाउँ फर्कन्छन् ।

त्यसरी गाउँ फर्कने क्रममा त्यहाँका स्थानीय धार्चुला, गब्र्याङ बाटो प्रयोग गर्छन् ।

सहुलियत दरमा हेलिकप्टर चलाउन माग

भारतले बाटो प्रयोगमा अवरोध गरेपछि छाङरु र तिंकरवासीले सहुलियत भाडामा हेलिकप्टरको माग गरेका छन् । वडाध्यक्ष बोहराले सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामला तथा कानुनमन्त्री प्रकाश रावललाई भेटेर यस्तो माग गरेका हुन् ।

साउन १९ गते जनैपूर्णिमाको दिन पूजा गर्न घर फर्कनुपर्ने भएकाले सहुलियत दरमा हेलिकप्टरको व्यवस्था गर्नुपर्ने वडाध्यक्ष बोहराको माग छ । प्रदेश सरकारले हेलिकप्टरको व्यवस्था नगरे आफूहरूको पूजा रोकिने जानकारी मन्त्री रावललाई बुझाएको ज्ञापनपत्रमा गराएको बोहराले बताए ।

स्थानीयवासी मात्र नभई त्यस क्षेत्रमा कार्यरत राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मीलगायतलाई यस्तो सुविधा अत्यावश्यक भएको उनी बताउँछन् । अनलाइनखबर

 

प्रतिक्रिया