Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १५ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

नेपालीलाई धार्चुलाको बाटो प्रयोगमा भारतीयद्वारा रोक

नेपालीलाई धार्चुलाको बाटो प्रयोगमा भारतीयद्वारा रोक

भारतले नेपालीलाई धार्चुला, गब्र्याङ हुँदै छाङरु–तिङ्कर जाने बाटो प्रयोगमा रोक लगाएको छ । दार्चुलाको ब्याँस–१ का स्थानीयले यो बाटो प्रयोग गर्दै आएका थिए ।

नेपालतर्फको बाटो हिँड्न सकिने अवस्थामा नरहेको र भारतले बाटो प्रवेशमा रोक लगाएको वडाध्यक्ष अशोक बोहराले अनलाइनखबरलाई टेलिफोनमा जानकारी दिए । उनीहरूले कोभिड– १९ का कारण लगाइएको लकडाउन र कालापानी सीमा विवादका कारण बाटो प्रयोगमा रोग लगाएको बोहरा बताउँछन् ।

नेपालले भारतद्वारा अतिक्रमित लिम्पियाधुरा समेटेर राजनीतिक तथा प्रशासनिक नक्सा प्रकाशित गरेपछि उनीहरूले स्थानीयलाई अवरोध गरेका हुन् ।

ब्याँस– १ छाङरु र तिंकरवासी हिमपात हुने पुसदेखि वैशाखसम्म जिल्ला सदरमुकाम खलङ्गालगायत तल्लो भागमा झरेर बस्छन् । जेठदेखि उनीहरू फेरि खेतीपातीका लागि गाउँ फर्कन्छन् ।

त्यसरी गाउँ फर्कने क्रममा त्यहाँका स्थानीय धार्चुला, गब्र्याङ बाटो प्रयोग गर्छन् ।

सहुलियत दरमा हेलिकप्टर चलाउन माग

भारतले बाटो प्रयोगमा अवरोध गरेपछि छाङरु र तिंकरवासीले सहुलियत भाडामा हेलिकप्टरको माग गरेका छन् । वडाध्यक्ष बोहराले सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामला तथा कानुनमन्त्री प्रकाश रावललाई भेटेर यस्तो माग गरेका हुन् ।

साउन १९ गते जनैपूर्णिमाको दिन पूजा गर्न घर फर्कनुपर्ने भएकाले सहुलियत दरमा हेलिकप्टरको व्यवस्था गर्नुपर्ने वडाध्यक्ष बोहराको माग छ । प्रदेश सरकारले हेलिकप्टरको व्यवस्था नगरे आफूहरूको पूजा रोकिने जानकारी मन्त्री रावललाई बुझाएको ज्ञापनपत्रमा गराएको बोहराले बताए ।

स्थानीयवासी मात्र नभई त्यस क्षेत्रमा कार्यरत राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मीलगायतलाई यस्तो सुविधा अत्यावश्यक भएको उनी बताउँछन् । अनलाइनखबर

 

प्रतिक्रिया