Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, १८ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

जन्ती गएर फर्किएको बोलेरो जिप दुर्घटना हुदा ४ जनाको मृत्यु - अछाम

जन्ती गएर फर्किएको बोलेरो जिप दुर्घटना हुदा ४ जनाको मृत्यु - अछाम

जिल्लाको पन्चदेवल बिनायक नगरपालिका १ कुईकामा आईतबार राती भएको जीप दुर्घटनामा गाडी चालक सहित १५ जना बढी घाईते भएका छन ।

मृत्यु हुनेमा पन्चदेवल बिनायक नगरपालिका २ का १४ बर्षिय जीवन न्यौपाने, सोही वडाका १८ बर्षका सर्प बोहरा र वडा नम्बर ३ का १७ बर्षका जीवन जैसी रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

यस्तै सोही वडाका १७ बर्षिया हिमाल नेपालीको अस्पताल ल्याउदै गर्दा बाटोमा मृत्यु भएको हो।

घाईते १५ जना मध्ये १३ जनाको जिल्ला अस्पताल अछाममा उपचार भैरहेको छ भने २ जनालाई नेपालगन्ज लगिएको छ ।

जिल्ला अस्पताल अछामका अनुसार अस्पताल ल्याईएका १३ जना घाईते मध्ये १ जनाको बाटोमै मृत्यु भएर अस्पताल पुगेका थिए भने बाँकीको उपचार भईरहेको छ ।

उपचार भईरहेका मध्ये हार्डीजोर्नी सम्बन्धी सल्लाह तथा उपचारका लागि १ जनालाई बयालपाटा असपताल रेफर गरिएको छ भने थप १ जनालाई पनि रेफर गर्ने तयारी भईरहेको जिल्ला अस्पताल अछामका डाक्टर प्रेम प्रसाद ढुंगानाले बताए ।

घाईते मध्य वडा नम्बर २ का मदन धामी र उपेन्द्र शाहिलाई नेपालगन्ज लगिएको हो । से १ च १७६३ नम्बरको बोलेरो जिप सडकबाट करिब ३ सय मिटर तल खसेको छ ।

घाईतेको विस्तृत विवरण

जीप दुर्घटनामा घाईते हुनेमा जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका वडा नं. २ का ६५ बर्षिय कृष्ण देवकोटा, १५ बर्षिय भरत ढकाल, भवानी ढकाल, १४ बर्षिय जीवन धामी, १६ बर्षका जगत बिक, १६ बर्षकै हिक्मत आउजी, १७ बर्षका प्रेम नेपाली, १८ बर्षका सन्तोष ढकाल, १९ बर्षका दिपेन्द्र धामी रहेका छन् ।

यस्तै घाइते हुनेहरुमा वडा नं. ८ का २२ खम्म खनाल, वडा नं. ५ का १९ बर्षिय तपेन्द्र भण्डारी, १८ बर्षका दिक्षत भण्डारी र मंगलसेन नगरपालिका वडा नं. ५का मेघराज भाट् रहेका छन्।

उनिहरु मध्ये भरत ढकाल र सन्तोष ढकाललाई बयालपाटा अस्पताल रेफर गरिएको छ भने तपेन्द्र भण्डारी उपचार पछि घर फर्किएका छन्।

प्रतिक्रिया