ताजा अपडेट
कर्णाली नदी कैलालीका बस्तीमा पस्यो, ‘माइकिङ’ गरेर गाउँ खालि गरिँदै
कर्णाली नदीमा आएको बाढीले जानकी गाउँपालिका–९ पूर्वी खैरीफाँटास्थित रानीजमरा कुलरिया सिँचाई आयोजनाले निर्माण गरेको नहरमाथिको सल्याप भत्काएको छ। पुलको पूर्व तिरको सल्याप भत्किएर नदी बस्तीमा पसेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। नदीको पानी नजिकै रहेको बस्तीमा पसेर अन्दाजी ५० घर डुबाएको उनले बताए। साथै पूल भत्किँदा आवतजावत पूर्ण रुपमा बन्द भएको छ।
यस्तै मंगलबार दिउँसो साढे १२ बजेतिर टीकापुर नगरपालिका-५ शाहीपुरस्थित निर्माणाधिन तटबन्ध भत्किएर नदी गाउँ पसेको छ। गाउँमा पसेको बाढीले क्षति पुर्याउन सक्ने भन्दै दक्षिणका गाउँका मानिसलाई माइकिङ गरेर घर छोडन लगाइएको टीकापुर नगरपालिका–५ का वडा सदस्य बलबीर चौधरीले जानकारी दिए।
कर्णाली नदीमा बाढी बढ्दो क्रममा छ। अहिलेको मापन अनुसार कर्णाली नदीको जल सतह १२ मिटर ८० सेन्टिमिटर पुगेको छ भने, नदी बढ्दो क्रममा रहेको चिसापानी कर्णालीका गेज रिडर पार्वती गुरुङले जानकारी दिए। कर्णालीमा खतराको तह १०.८ मिटर मानिन्छ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया