Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २८ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

अछाममा तिन दिन देखि सञ्चार, बिजुली र सडक अवरुद्ध

अछाममा तिन दिन देखि सञ्चार, बिजुली र सडक अवरुद्ध

तीनदेखिको अविरल वर्षाले अछाममा सडक, विद्युत् र सञ्चार सेवा अवरुद्ध हुँदा सेवाग्राही मारमा परेका छन् । 

जिल्लाको गैरीटाड, कैलाशखोला, जनालीकोट, मार्कु र चौखुट्टेमा पहिरोले सडक अवरुद्ध हुँदा सयौं यात्रु अलपत्र परेका अछामका प्रहरी प्रमुख डिएसपी तुलसीराम अर्यालले बताए । उनका अनुसार डोजर प्रयोग गरेर बाटो खुलाउन पनि जोखिम रहेको छ । 'सानो डोजरले सडकको ढुंगा पन्छाउन सकेको छैन ।

ठूला डोजर सम्पर्क हुन सकेको छैन एकातिर बाटो अवरुद्ध छ भने अर्कोतिर टेलिफोन अवरुद्ध छ', उनले भने, 'टेलिफोन, विद्युत् र सडक एकैसाथ अवरुद्ध हुँदा कहाँ कति क्षति भयो जानकारी पाउन सकेको छैन ।' दसैं सकेर धेरै यात्रामा भएको बेला प्राकृतिक विपत्तिमा पर्दा धेरै तनावमा रहेको स्थानीय बताउँछन् ।

डोटीको शान्तिनगरलगायतका क्षेत्रमा पोलहरू ढलेकाले तीन दिनदेखि बिजुली अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण अछाम वितरण केन्द्रका चित्र बजगाईंले बताए । 'यताउताबाट सडकलाई पहिरोले ढाकेको छ । पोल ढलेको स्थानमा गएर बनाउनलाई बाटो छैन । तर पनि स्थानीय प्रशासनसँग सहकार्य गरेर विद्युत् सञ्‍चालन गर्न प्रयास गरिरहेका छौं,' उनले भने ।

प्रतिक्रिया