Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

अछाममा तिन दिन देखि सञ्चार, बिजुली र सडक अवरुद्ध

अछाममा तिन दिन देखि सञ्चार, बिजुली र सडक अवरुद्ध

तीनदेखिको अविरल वर्षाले अछाममा सडक, विद्युत् र सञ्चार सेवा अवरुद्ध हुँदा सेवाग्राही मारमा परेका छन् । 

जिल्लाको गैरीटाड, कैलाशखोला, जनालीकोट, मार्कु र चौखुट्टेमा पहिरोले सडक अवरुद्ध हुँदा सयौं यात्रु अलपत्र परेका अछामका प्रहरी प्रमुख डिएसपी तुलसीराम अर्यालले बताए । उनका अनुसार डोजर प्रयोग गरेर बाटो खुलाउन पनि जोखिम रहेको छ । 'सानो डोजरले सडकको ढुंगा पन्छाउन सकेको छैन ।

ठूला डोजर सम्पर्क हुन सकेको छैन एकातिर बाटो अवरुद्ध छ भने अर्कोतिर टेलिफोन अवरुद्ध छ', उनले भने, 'टेलिफोन, विद्युत् र सडक एकैसाथ अवरुद्ध हुँदा कहाँ कति क्षति भयो जानकारी पाउन सकेको छैन ।' दसैं सकेर धेरै यात्रामा भएको बेला प्राकृतिक विपत्तिमा पर्दा धेरै तनावमा रहेको स्थानीय बताउँछन् ।

डोटीको शान्तिनगरलगायतका क्षेत्रमा पोलहरू ढलेकाले तीन दिनदेखि बिजुली अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण अछाम वितरण केन्द्रका चित्र बजगाईंले बताए । 'यताउताबाट सडकलाई पहिरोले ढाकेको छ । पोल ढलेको स्थानमा गएर बनाउनलाई बाटो छैन । तर पनि स्थानीय प्रशासनसँग सहकार्य गरेर विद्युत् सञ्‍चालन गर्न प्रयास गरिरहेका छौं,' उनले भने ।

प्रतिक्रिया