ताजा अपडेट
अछाममा ४ दिनदेखि सडकसँगै विद्युत र टेलिफोन सेवा ठप्प
लगातारको वर्षाले सडक, बिजुली र टेलिफोन अवरुद्ध हुँदा अछामको जनजीवन कष्टकर बन्दै गएको छ । जिल्लामा सञ्चालित ११ वटा एफएम रेडियो, पत्रपत्रिकासमेत बन्द भएका छन् ।
प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लका अनुसार अवरुद्ध भएको मध्यपहाडी राजमार्ग खुलाउन नेपाली सेना र नेपाल प्रहरीको टोलीले प्रयास जारी राखेको छ । 'बुधबारदेखि नेपाली सेना र नेपाल प्रहरीले सडक सफा गर्न थालेका छन् । केही मात्रामा भए पनि सडकमा गाडी आवतजावत गर्न सहज भएको छ,' उनले भने । चौखुट्टेमा अवरुद्ध सडक पनि तत्कालका लागि सञ्चालनमा ल्याइएको उनले बताए ।
लगातारको वर्षाले डोटी, अछाम र डडेल्धुराका केही ठाउँमा पोल ढल्दा ४ दिनदेखि विद्युत् अवरुद्ध भएको उनले बताए । 'विद्युत्को टोली पोल ढलेको स्थानमा गइरहेको छ । थप सहयोगका लागि डोटी प्रशासनलाई अनुरोध गरेका छौं,' मल्लले भने । ठाउँठाउँमा अप्टिकल फाइबर काटिएकाले नेपाल टेलिकमको सेवा अवरुद्ध भएको उनले जानकारी दिए । विद्युत् र टेलिफोन सेवा तत्काल सञ्चालन हुन नसक्ने मल्लको भनाइ छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया