Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

अछाममा ४ दिनदेखि सडकसँगै विद्युत र टेलिफोन सेवा ठप्प

अछाममा ४ दिनदेखि सडकसँगै विद्युत  र टेलिफोन सेवा ठप्प

लगातारको वर्षाले सडक, बिजुली र टेलिफोन अवरुद्ध हुँदा अछामको जनजीवन कष्टकर बन्दै गएको छ । जिल्लामा सञ्चालित ११ वटा एफएम रेडियो, पत्रपत्रिकासमेत बन्द भएका छन् । 

प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लका अनुसार अवरुद्ध भएको मध्यपहाडी राजमार्ग खुलाउन नेपाली सेना र नेपाल प्रहरीको टोलीले प्रयास जारी राखेको छ । 'बुधबारदेखि नेपाली सेना र नेपाल प्रहरीले सडक सफा गर्न थालेका छन् । केही मात्रामा भए पनि सडकमा गाडी आवतजावत गर्न सहज भएको छ,' उनले भने । चौखुट्टेमा अवरुद्ध सडक पनि तत्कालका लागि सञ्चालनमा ल्याइएको उनले बताए ।

लगातारको वर्षाले डोटी, अछाम र डडेल्धुराका केही ठाउँमा पोल ढल्दा ४ दिनदेखि विद्युत् अवरुद्ध भएको उनले बताए । 'विद्युत्‌को टोली पोल ढलेको स्थानमा गइरहेको छ । थप सहयोगका लागि डोटी प्रशासनलाई अनुरोध गरेका छौं,' मल्लले भने । ठाउँठाउँमा अप्टिकल फाइबर काटिएकाले नेपाल टेलिकमको सेवा अवरुद्ध भएको उनले जानकारी दिए । विद्युत् र टेलिफोन सेवा तत्काल सञ्चालन हुन नसक्ने मल्लको भनाइ छ ।

प्रतिक्रिया

ट्रेन्डिङ