Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १४ बैशाख २०८१

मेरो उम्मेदवारी जिल्ला सचिवमा हो : यूवा नेता तिमिल्सैना

मेरो उम्मेदवारी जिल्ला सचिवमा हो : यूवा नेता तिमिल्सैना

नेपाली कांग्रेस अछामका सहसचिव एवंम प्रवक्ता बेद प्रकाश तिमिल्सैना । उमेरले ६ बर्षकै हुदाँ कांग्रेसका वर्तमान सभापती एवंम प्रधानमन्त्री शेरबहादुर देउवाले बिनायकमा सम्बोधन गरेको कार्यक्रममा पहिलो पटक सहभागी भएका तिमिल्सैनाले कक्षा ४ मा पढ्दै गर्दा नेपाल बिद्यार्थी संघको सदस्यता लिए । नेबिसंघको २०५२/५३ सालमा कमलबजारमा भएको क्षेत्रिय अधिबेशनमा श्री पशुपती माबी चाल्सबाट प्रतिनिधीको रुपमा उनि सहभागी भए ।

पढाईको सिलशिलामा नेपालगञ्ज जाँदा उनले महेन्द्र हाई स्कल बाँकेको नेबिसंघ ईकाई सभापति भएर काम गरे । नगर कमिटीमा रहेर पनि काम गरेका तिमिल्सैना नेबिसंघ छोडेर कांग्रेसको सुबेच्छुक संस्था नेपाल प्रेस युनियनमा आवद्ध भएर सक्रिय पत्रकारीतामा लागेँ । काठमाण्डौँ, नेपालगञ्ज र अछाममा बसेर पत्रकारीता गरेका तिमिल्सैनाले अछाम जिल्लामा संस्थापकका रुपमा पहिलो पटक सामुदायिक रेडियो रामारोशनको स्थापना गरे । नेपाल पत्रकार महासंघ अछामको संस्थापक सहित २ कार्यकाल अध्यक्ष भएर पनि उनले काम गरे ।

महासंघको नेतृत्व गर्दै पत्रकारीता गर्दा जिल्लाको विकास निर्माण, सुशासन र समाज परिर्वतनका लागि महत्वपूर्ण भुमिका खेलेका तिमिल्सैनाले अछामी संचार जगतको पूर्नजागरणमा योग्दान दिए । झण्डै २ दशक अछाम र अछामी समाजका लागि पत्रकारीता गरेका तिमिल्सैना नेपाली कांग्रेसको १३ औँ महाधिबेशनबाट जिल्ला कार्य समिती सदस्यमा निर्वाचित भएपछि पार्टीमा देखिएको सक्रियता र पत्रकारीताको अनुभवले कांग्रेस अछामले उनलाई सहसचिव र प्रवक्ताको जिम्मेवारी प्रदान गर्यो ।

आफुले प्राप्त गरेको जिम्मेवारी सफल रुपमा निर्वाह गरेको दावी गर्दै यूवा नेता तिमिल्सैनाले १४ औँ महाधिबेशनमा अछाम क्षेत्र नम्बर २ बाट महाधिबेशन प्रतिनिधी र जिल्ला कार्य समिती सचिव पदको रुपमा आफुलाई उभ्याएका तिमिल्सैनासंग अबको कांग्रेस अछाम, उनको राजनितिक जीवन र महाधिबेशनका बिषयमा  गरिएको कुराकानी ।

तिमिल्सैना जि यहाँलाई हार्दिक स्वागत छ ।

नमस्कार धन्यवाद ।

तपाईको नेपाली कांग्रेसको राजनितिक यात्रा कसरी सुरु भयो ? के कति कारणले तपाई यो क्षेत्रमा लाग्नु भयो ?

म राजनितिमा नेपाली कांग्रेस संग निकट र संलग्न रहनुको पहिलो कारण मेरो पारिवारिक पृष्ठभुमी हो । मेरा कान्छाबुवा नेपाली कांग्रेसमा सक्रिय थिए । त्यपछि मलाई कांग्रेस मन पर्न थाल्यो । कान्छाबुवा जो तत्कालिन कुईका गाविसको अध्यक्ष पनि हुनुभयो । उहाँकै पार्टी प्रतिको सक्रियताले मलाई कांग्रेस बनायो । मान्छेहरु पत्याछन् कि पत्याउदैनन् मलाई नेपाली कांग्रेस भएको ३० बर्ष पुरा भएको छ । हुनलाई म ३६ बर्षको भएँ यसो भनिरहँदा मान्छेहरुलाई अच्चम पनि लाग्न सक्छ तर ६ बर्षको उमेरमा अछामको बिनायकमा अहिलेका वर्तमान पार्टी सभापती तथा प्रधानमन्त्री शेर बहादुर देउवा आएको सभामा पहिलो पटक सहभागी भएको थिँए । त्यहाँ बाट फर्किदा मैले बिपीको फोटो, केही पोष्टर, राष्ट्रियता, प्रजातन्त्र, समाजबाद लेखेको एउटा लकेट र रुख चिन्हको टिक्की लिएर म घर फर्केको स्मरण छ ।

त्यसैबेला देखि कुनै न कुनै भुमिका मार्फत म अविच्छन्न् रुपमा पार्टीमा सक्रिय छु । कक्षा ४ मा मैले पहिलो पटक कांग्रेसको भातृ संस्था नेविसंघको सदस्यता लिँए । नेविसंघको २०५२/५३ मा कमलबजारमा भएको क्षेत्रिय अधिबेशनमा श्री पशुपती माबी चाल्सबाट प्रतिनिधीको रुपमा सहभागी भँए । पछि पढाईको सिलशिलामा नेपालगञ्ज जाँदा महेन्द्र स्कलमा पढ्ने क्रममा नेबिसंघका जिल्ला कमिटीका साथिहरुलाई बोलाएर क्याम्पसको ईकाई कमिटी गठन गरेर त्यसको अध्यक्ष भएर काम गरे । नेपालगञ्जको नगर कमिटीमा रहेर पनि काम गरे ।

त्यसपछि म नेविसंघ छोडेर नेपाली कांग्रेसको सुबेच्छुक संस्था नेपाल प्रेस युनियनमा आवद्ध भएर सक्रिय पत्रकारीतामा लागेँ । झण्डै २ दशक मैले काठमाण्डौँ, नेपालगञ्ज र अछाममा बसेर पत्रकारीता गरे । नेपाल प्रेस यूनियनमा रहँदा नेपाल पत्रकार महासंघ अछाममा यूनियनको बर्चश्व कायम गराउन मैले नै नेतृत्व गरेको थिँए । हामी लगातार रुपमा यूनियनकै पक्षमा महासंघ अछामलाई बनाउन सफल भएका छौँ । महासंघ अछामको संस्थापक अध्यक्ष सहित अर्को कार्यकाल पनि म अध्यक्ष भँए । करिब २ दशकको पत्रकारीता पछि म अहिलेको पार्टी राजनितिमा सक्रिय छु । नेपाली कांग्रेसको १३ औँ महाधिबेशनबाट जिल्ला कार्य समिति सदस्यमा निर्वाचित भए । मेरो पार्टी प्रतिको सक्रियता र पृष्ठभुमी पत्रकारीताको अनुभवका कारण मलाई पार्टीले सहसचिव र प्रवक्ताको भुमिका दियो र म त्यसैमा सक्रिय भएर काम गरिरहेको छु ।

“पार्टीको निति, निर्देशन र वास्तवमा बीपी कोईरालाले कल्पना गरे जस्तो र उहाँले प्रतिपादन गरेको सिद्धान्तलाई जमिनी तहसम्मै कार्यान्वयन गर्नका लागि म सचिव पदको उपयूक्त पात्र हुँ । म व्यावहारले नै बीपीबादी हु, कृष्णप्रसाद भट्टराई र गणेशमानको अनुयायी हुँ । नेपाली कांग्रेस पार्टीलाई वास्तवमै अछामी जनताको पार्टी बनाउन र आगामी आम निर्वाचनमा जिताउन जुझारु पार्टी बनाउन मैले सचिव भएर काम गर्न म योग्य छु भन्ने लाग्छ ।“

पत्रकारीता छाडेर राजनितिमा प्रबेश गरे भुन्नभयो, त्यो पेशा किन छोड्नु भयो ?

सानो उमरेमा पार्टीमै सक्रिय रहेँ । बिचमा पत्रकारीता गरेपनि मेरो पार्टीमा अभिरुची थियो । म स्कुल पढ्ने देखि नै भन्ने गर्थे मेरो भबिष्य र गन्तव्य भनेको राजनिति नै हो भनेर । समाज परिर्वतन पत्रकारिता माध्यमबाट पनि हुन्छ त्यसका लागि पत्रकारीता पनि ससक्त माध्यम हो । मैले पत्रकारीताको विकास क्रममा एक चरण पुरा गरे । म दुई पटक पत्रकार महासंघ अछामको अध्यक्ष भएँ । अछामको संचारको पूर्नजागरण म र मेरा टिमका साथिहरुको महत्वपूर्ण योग्दान रह्यो भन्ने लाग्छ । द्धन्द्धको चरम उत्र्कस पछि समाजमा एक किसिमको भय कायम थियो । त्यसमा पत्रकारीता क्षेत्रको मत्वपूर्ण योग्दान रह्यो । हामीले जिल्लाको विकास निर्माण, सुशासन कायम गराउन भुमिका खेल्यौँ । कुसंस्कार, कुरिती, छुवाछुत, पछाडि परेका वर्गका आवजलाई बुलन्द गर्न र छाउपडी, छुवाछुत, खुल्ला दिशामुक्त, सरसफाईयुक्त जिल्ला बनाउन संचार क्षेत्रको महत्वपूर्ण योग्दान रह्यो ।

हामीले शिक्षा, स्वास्थ्य, सामाजिक, क्षेत्रमा पत्रकारीता माध्यमबाट गरेको कामको बारेमा धेरै भनिराख्नु नपर्ला सबैलाई थाह नै छ । पत्रकारीताको विकास क्रममा काम गरियो टिम पनि तयार गर्यौँ । तर पछिल्लो समयमा के लाग्यो भने पत्रकारीता गर्दा जे जे कम्जोरी देखिए, जे जे समस्या देखिए, जे जे अधुरा अपुरा काम रहे ति पुरा गर्न म राजनितिक क्षेत्र उत्तम निकाय हो भनेर राजनितिमा होमिए । किनभने पत्रकारीता गर्दा त बिषय उठान गर्ने हो, राजनिति भन्या यस्तो क्षेत्र हो जो समाधान गर्न सकिने निकाय हो । ति तमाम देखिएका कमि कम्जोरी सुधार गर्न राजनितिका माध्यमबाट पार्टीगत जीवन होस् या जनप्रनिधी भएर जहाँ जे समस्या देखिएका छन् त्यसको समाधान गर्न अघि बढ्न म राजनिति लागे । त्यसैले अब मेरो एउटै उद्देश्य राजनिति मार्फत समाजसेवा, अछाम र अछामी जनताको पक्षमा काम गर्नु नै मेरो एक मात्र अभिप्रायह हो ।

“पत्रकारीता गर्दा जे जे कम्जोरी देखिए, जहाँ समस्या देखियो, जुन काम अधुरा अपुरा रहे ति पुरा गर्नुका साथै कांग्रेस अछामलाई बलियो र अछामी जनताको जुझारु पार्टी बनाई समुन्नत समाज निर्माणका लागि म पत्रकारीता छोडेर राजनितिमा लागेको हुँ ।”

१३ आँै महाधिबेशनबाट जिल्ला सदस्य निर्वाचित भएपछि पार्टीले यहाँलाई सहसचिव र प्रवक्ताको जिम्मेवारी दियो ? त्यो भुमिकामा रहँदा पार्टी र समाजका लागि के के काम गरे जस्तो लाग्छ ?

सामान्तया, पार्टीमा टिम बनाएर आन्तरिक प्रतिष्पर्धा गर्ने चलन छ तर म टिम बाहिरबाट चुनाव लडेँर चुनाव जिते । म नेतृत्वमा नभएपनि मैले नेतृत्वलाई सफल बनाउन भुमिका निर्वाह गर्नु थियो । मैले आफुले प्राप्त गरेको जिम्मेवारी सफल रुपमा निर्वाह गरेको जस्तो लाग्छ । व्यक्ती मैले के गरे भन्दा पनि पार्टी सभापती भरत कुमार स्वाँरको नेतृत्वमा पार्टी लागि के भयो भन्ने कुरा महत्वपूर्ण हो । अछाममा कमिन्युष्टहरुको दब्दबाका बिच कांग्रेस पार्टी जिल्लामा चलायमान र सफल भयो । पार्टीमा एक किसिमको पूर्नजागरण आयो, कार्यक्रमहरु बढे । १३ औँ महाधिबेशनबाट निर्वाचित नेतृत्वबाट सांगठनिक गतिविधी चलायमान भए र प्रतिपक्ष संग मुकाविला गर्ने स्थिती हामीले बनायौँ । आज कांग्रेस संग सबैले तर्सिनु पर्ने अवस्था सिर्जना भएको छ ।

नेपाली कांग्रेस जिल्लामा जस्तोसुकै दादागिरी र दम्भका बिच पनि कसैसंग झुकेन् । कांग्रेस अछामलाई निडरतापूर्वक अघि बढ्ने पार्टी बनायौँ । अछामका १० स्थानिय तहमध्ये क्षेत्र नं. २ का ५ मध्ये ४ र क्षेत्र नं. १ का केही स्थानिय तहमा बिजयी हासिल गरायौँ । युवाको सवालमा म आफै पनि त्यो वर्गको प्रतिनिधीत्व गर्ने भएकाले हामीले तमाम साथीहरुलाइृ जागरण गर्यौँ । युवा साथिहरु अगाडी आउनु पर्छ भन्ने आव्हान नै भयो । सबै पूर्व सभापती र वर्तमान सभापती पनि यसमा सकरात्मक भए । यसैको फलस्वरुप आज युवा साथिहरु क्रियाशिल देखि प्रतिनिधीमा जवरजस्त रुपमा आएका छन् ।

“१३ औँ महाधिबेशनबाट निर्वाचित भएपछि सांगठनिक गतिविधी चलायमान र प्रतिपक्ष संग मुकाविला गर्ने स्थिती हामीले बनायौँ । आज कांग्रेस संग सबैले तर्सिनु पर्ने अवस्थाको सिर्जना भएको छ । जस्तोसुकै दादागिरी र दम्भका बिच पनि कांग्रेस कसैसंग नझुक्ने भएको छ । अहिले कांग्रेसलाई निडरतापूर्वक अघि बढ्ने पार्टी बनायौँ ।

आफ्नो कार्यकाल सफल र भुमिका कुशलतापूर्वक निर्वाह गरे भन्नुभयो । अब १४ आँै महाधिबेशनमा आफुलाई कुन भुमिकामा उभ्याउने तयारी गर्नुभएको छ ?

तमाम पार्टीका साथिहरु, जो नेपाली कांग्रेसलाई माया गर्नुहुन्छ, जो बेदप्रकाशलाई पनि माया र स्नेह गर्नुहुन्छ सबै नेता कार्यकर्ता हुनुहन्छ उहाँहरुले मलाई नेपाली कांग्रेस अछामको जिल्ला कार्य समितिको सचिवको रुपमा देख्न चाहानु भएको छ । स्वभाविक पनि हो मैले सहसचिव भएर काम गरिसकेपछि मेरो दावी पनि एक स्टेप माथि नै हुन्छ । पार्टीका साथिहरुले पनि त्यही रुपमा देख्न चाहानु भएको छ । म दुई कुरामा प्रष्ट मान्छे छु चाहे व्यवहारिक भन्नुहोस् या राजनिति । म प्रतिनिधी सभा क्षेत्रिय अधिबेशनमा महाधिबेशन प्रतिनिधी र जिल्ला कार्य समिती सचिवको उम्मेद्धारको रुपमा चुनाव लड्ने मेरो तयारी छ ।

जिल्ला कार्य समिती सचिव संगै महाधिबेशन प्रतिनिधीमा पनि चुनाव लड्ने भन्नु भयो, एकै व्यक्तीको दाबी २ पदमा ?

जिल्ला कार्यसमिति र क्षेत्र एकै होइनन् । जिल्लाको सभापति, सुदुर पश्चिम प्रदेश कार्यसमितिमा पदाधिकारी, केन्द्रमा जो प्रतिस्पर्धा गर्नेहरू महाअधिवेशन प्रतिनिधि मध्य बाटै आउने हो । अरु जिल्लामा महाअधिवेशन प्रतिनिधि मध्य बाट पदाधिकारीको चयन हुन्छ । हाम्रोमा मात्रै महाअधिवेशन प्रतिनिधि हुनेहरुले सभापति बाहेक पदाधिकारी लाई प्राथमिकमा राखेको देखिदैन । त्यसैले अब महाअधिवेशन प्रतिनिधि हुनेले पनि पदाधिकारीमा आउनुपर्छ । महाअधिवेशन प्रतिनिधि र जिल्ला कार्यसमितिको पदाधिकारीलाई संगै जोडेर हेर्न मिल्दैन । पहिले क्षेत्रीय अधिवेशन हुन्छ त्यहा महाअधिवेशन प्रतिनिधिमा प्रतिस्पर्धा गर्ने हो ।

जिल्लाको अधिवेशन क्षेत्र भन्दा पछि हुन्छ त्यसैले सह सह सचिवका रुपमा काम गरिसकेको हुँदा त्यहा स्वभाविक रुपमा सचीवमा पदमा मेरो उम्मेदवारी रहन्छ । पहिले कमलबजारमा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन हुने हुँदा अछाम २ नम्वर क्षेत्रका आदरणीय क्षेत्रीय प्रतिनिधि ज्युहरु संग अमुल्य मतदानका लागि आजै देखि अनुरोध गरिरहेको छु । क्षेत्रीय अधिवेशन पछि अर्को चरणम सदरमुकाम मंगलसैनमा हुने जिल्ला अधिवेशनमा चाहिँ जिल्ला कार्यसमितिको सचिवका लागि जिल्लाभरका साथिहरुको समर्थनको अपेक्षा राखेको छु । यतिबेला चाहिँ कमलबजारमा हुने हाम्रो क्षेत्रको क्षेत्रीय अधिवेशनमा मेरो सबै ध्यान केन्द्रित छ ।

कांग्रेसका लागि रगत बगाएका छौँ, बलिदान दिएका छौँ । कांग्रेस संग मेरो परिवारको ६ दशक भन्दा बढीको सम्बन्ध छ । मेरा बाजे स्वर्गिय देवानन्द तिमिल्सैनाले २०१२ सालमा पार्टीको सदस्यता लिनुभएको थियो । मेरो कान्छाबुवा नरेन्द्र प्रसाद तिमिल्सैना अहिले पनि बेपत्ता हुनुहुन्छ । उहाँको अवस्था आजसम्म पनि अज्ञात छ । तत्कालिन नेकपा माओवादीले २०५५ सालमा मेरो घरबाट जनयुद्ध सुरु गर्यो । हामी सुदुरपश्चिमको पहिलो बिस्थापित परिवार हौँ ।

त्यसो भए सचिव पदमा यहाँलाई प्रनितिधीने किन मत दिने ?

मैले सचिव किन हुने भन्दा पहिलोे नेपाली कांग्रेस पार्टीमा युवाको प्रतिनिधित्व, दोश्रो पछिल्लो र पुरानो पुस्तामा पुल र संयोजनको रुपमा काम गर्नका लागि हो । कुनै एक पुस्ताले मात्रै पार्टी चल्दैन् त्यसैले दुबै पुस्तालाई जोड्न सक्ने क्षमता म संग छ । मेरो त्यो अनुभव छ । अर्को कुरा पार्टीको निति, निर्देशन र वास्तवमा बीपी कोईरालाले कल्पना गरे जस्तो र उहाँले प्रतिपादन गरेको सिद्धान्तलाई जमिन तहसम्मै कार्यान्वयन गर्नका लागि म उपयूक्त पात्र हु भन्ने लाग्छ । म व्यावहारले नै बीपीबादी हु, कृष्णप्रसाद भट्टराई र गणेशमानको अनुयायी हुँ, त्यो कुरा व्यावहारमा पनि देखाउने मान्छे हु । नेपाली कांग्रेस पार्टीलाई वास्तवमै अछामी जनताको पार्टी बनाउन र आगामी आम निर्वाचनमा जिताउन जुझारु पार्टी बनाउन मैले सचिव हुनुपर्छ र त्यसका लागि म योग्य छु भन्ने लाग्छ । मैले सचिव हुने अवसर प्राप्त गरे भने फलाममा खिया लाग्ने प्रवृती, काठमा धिउडा लाग्ने प्रवृतीको अन्त्य गर्छु । पार्टीको खिलापमा लाग्नेहरुको पहिचान गरि कारबाही गराईने छ । त्यस्ता व्यक्तीलाई कांग्रेस हुने छुट दिईने छैन ।

नेपाली कांग्रेसमा युवाहरुको सहभागीता अहिले बढेको छ । तपाई जस्तै अन्य युवाहरुले पनि सचिव पदमा दाबी गर्नु भएको छ यसलाई कुन रुपमा लिनु भएको छ ।

पार्टीमा राजिनितक प्रतिष्पर्धा स्वभाबिक हो । अरु साथिहरुको पनि म जस्तै ईच्छा आकांक्षा हुन्छन् । जस्तो मैले सचिवको लागि योग्य छु सोचेको छु अरु साथिहरुले पनि त्यहि सोचेको होलान् । यो पार्टीको आन्तरिक प्रतिष्पर्धा हो, म ति सबै साथिहरुको दाबेदारीलाई सम्मान गर्छु । उहाँहरुसंग मेरो मैत्रिपूर्ण प्रतिष्पर्धा होला । यसलाई मैले स्वभाबिक र नियमित प्रक्रियाका रुपमा लिनेछु । पद भईसकेपछि मानिसहरुलाई त्यहाँ म हुन सक्छु भुमिका देखाउन सक्छु, पुग्छु भन्ने लाग्छ । मलाई जस्तो लाग्या छ अरुलाई पनि त्यस्तै लाग्या होला । यसलाई अस्वभाविक भन्न मिल्दैन् ।

“युवाको सवालमा म आफै पनि त्यो वर्गको प्रतिनिधीत्व गर्ने भएकाले हामीले तमाम साथीहरुलाई जागरण गर्यौँ । युवा साथिहरु अगाडी आउनु पर्छ भन्ने आव्हान नै भयो । मैले त्यसमा सक्रिय भएर काम गरे अहिले अधिकांश प्रतिनिधी युवा आउनु त्यसको सफल परिणम हो ।

पार्टीका नेता कार्यकर्ताले यहाँलाई पत्याउने गरी कांग्रेस पार्टीमा तपाईको योग्दान के छ ?

नेपाली कांग्रेसका लागि मेरो व्यक्तीगत र परिवारको ठुलो योग्दान छ । हामीले कांग्रेसका लागि रगत बगाएका छौँ, बलिदान दिएका छौँ । कांग्रेस संग मेरो परिवारको ६ दशक भन्दा बढीको सम्बन्ध छ । मेरा बाजे स्वर्गिय देवानन्द तिमिल्सैनाले बर्दियाको राजापुरमा बीपी कोईराला र कांग्रेसका नेता राधाकृष्ण थारुको हातबाट २०१२ सालमा सदस्यता लिनुभएको थियो । त्यतिबेला देखि नै मेरो पार्टीसंग सम्बन्ध छ । मेरो कान्छाबुवा नरेन्द्र प्रसाद तिमिल्सैना अहिले पनि बेपत्ता हुनुहुन्छ । उहाँको अवस्था आजसम्म पनि अज्ञात छ । तत्कालिन नेकपा माओवादीले २०५५ सालमा मेरो घरबाट जनयुद्ध सुरु गर्यो । हाम्रो परिवार विस्थापित भएर नेपालगञ्ज जानु परयो । हामी सुदुरपश्चिमको पहिलो बिस्थापित परिवार हौँ । सम्रगमा मैले पार्टीका लागि स्वयम पनि काम गरेको छु । बिभिन्न भुमिकामा रहेर पार्टीले दिएको जिम्मेवारी कुशलतापूर्वक निवार्ह गरी सफल बनाएको छु । कुनै लाभको पद अहिले सम्म लिएको छैन, यो भन्दा ठुलो योग्दान के हुन सक्ला र ?

बिगत २ दशकको फरक पेशाबाट राजनितिमा आउनु भएको छ । तपाईले दाबी गरेको पदमा जित्ने आधार के के हुन् । कार्यकर्ताको मन जित्न सफल भएको छु जस्तो लाग्छ ?

आजपनि यो जिल्लामा जुझारु तरिकाले कांग्रेसका पक्षमा अभिमत राख्ने थोरै मान्छेमा म पनि पर्छु । नेपाली कांग्रेसका नेता कार्यकर्ताले भनेको बखत म जहाँ पनि उपलब्ध हुन्छु । कुनै प्रकारको समस्या परे त्यसको समाधानका लागि म केन्द्रित हुन्छु । मैले मेरो हैसियतले भ्याएसम्म पार्टीको हितमा निरन्तर रुपमा खट्को छु । सिउडी सोकट देखि रहफ सम्मका पार्टीका साथिहरु संग मेरो निरन्तर समन्वय सम्र्पक छ । उहाँहरुलाई पिरमर्का पर्दा म उपलब्ध छु । पार्टीका लागि दत्तचित्त भएर अहोरात्र खटेको छु । त्यसकारण मलाई धेरै साथिहरुले रुचाएका छन् भने जिताउन तत्पर छन् ।

तपाई जनप्रतिनिधी पनि हुनुहुन्छ । पञ्चदेवल बिनायक नगरपालिका वडा नं. १ को सदस्य भएर जनताका पक्षमा यो अवधिमा यहाँले के के काम गर्नु भयो ?

म जिल्ला समन्वय सतिमीको प्रमुख हुनकै लागि नेतृत्व संग सलाह गरेर नै वडामा चुनाव लडेको थिए । तर राजनितिको खेलमा पर्दा महाभारतको अभिमन्यु जस्तो भएँ, चक्रव्यूमा फसेर बाहिर निस्कन सकेन् । म समन्वय प्रमुख नभएपनि बिचल्ति भईँन । तपाईको अनलाईन मिडिया सुदूरआज मार्फत म सबैलाई भन्न चाहान्छु “म कांग्रेको सिपाही हु ।” म कत्ति पनि निरुत्साहति नभई नेपाली कांग्रेसको कार्यकर्ता भएर जनताका पक्षमा काम गरिरहेको छु । मेरो जीवनको सक्रिय समय राजनिति मार्फत समाजसेवामा सर्मपित गर्नेछु । मैले जनप्रतिनिधी भएपछि निरन्तर रुपमा वडामै रहेर वडाका सबै काममा सक्रिय रहेको छु । वडाका सबै प्रकारका काममा मेरो सक्रियता रहिरहेको छ । नगरका अन्य वडाका विकास निर्माणका कुरामा पनि सहजकिरण गरिरहेको छु । मैले पद सानो मानेको छैन् । जुन दाजुभाईले मलाई मतदान गरे उनिहरुको मतको कदर गरेर गाँउमै रहेर काम गरिरहेको छु ।

कांग्रेसका नेता कार्यकर्ताले भनेको बखत म जहाँ पनि उपलब्ध हुन्छु । कुनै प्रकारको समस्या परे त्यसको समाधानका लागि म केन्द्रित हुन्छु । मैले आफ्नो हैसियतले भ्याएसम्म पार्टीको हितमा निरन्तर रुपमा खटेको छु । सिउडी सोकट देखि रहफ सम्मका पार्टीका साथिहरुलाई पिरमर्का पर्दा म उपलब्ध छु । पार्टीका लागि दत्तचित्त भएर अहोरात्र खटेको छु । त्यसकारण मलाई साथिहरुले रुचाएका छन् भने मलाई जिताउन उनिहरु तत्पर छन् ।

अन्त्यमा, अबको अछामको कांग्रेस नेतृत्व कस्तो हुनुपर्छ ?

कांग्रेस अछामको नेतृत्व भरत स्वाँर, पुष्प शाह र मेघराज खड्काले गरेको बिगतको नेतृत्व जस्तो हुनुहुन्छ । पार्टीका लागि काम गरेका अन्य नेता कार्यकर्ता पनि छन् उनिहरु सबैको नाम मैले नलिएपनि खास गरी पछिल्लो समयमा भरत स्वाँर जस्तो जुझारु, पुष्प शाह जस्ता कार्यकर्ताको संरक्षण गर्ने र मेघराज खड्कको जस्तो शालिन व्यक्तीत्वको संयोजनबाट मात्रै नेतृत्व सफल हुन्छ । उनिहरुले नेतृत्वमा रहेर काम गरिसकेको अनुभव पनि छ । पछिल्लो सयमा नेतृत्वमा दावी गर्ने अन्य नेताहरुले पनि उनिहरुको राम्रो कुरा अनुसण गरेर थप रुपान्त्ररण गरी कांग्रेस अछामलाई ससक्त रुपमा चलायमान बनाउनु अहिलेको अपरिहार्यता हो ।

“म कांग्रेको सिपाही हु ।” ‘जीवनको सक्रिय समय राजनिति मार्फत समाजसेवामा सर्मपित गर्नेछु : तिमिल्सैना ।

प्रतिक्रिया