Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

नेपाली कांग्रेस रामारोशन गाउँ पालिकाको बैठक सम्पन्न बाढीले गरेको क्षेतिप्रति दुख व्यक्त

नेपाली कांग्रेस रामारोशन गाउँ पालिकाको बैठक सम्पन्न बाढीले गरेको क्षेतिप्रति दुख व्यक्त

नेपाली कांग्रेस रामारोशन गाउँ पालिकाको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।नेपाली कांग्रेस रामारोशन गाउँ पालिका का सभापति मान बहादुर साउद को सभापतित्वमा बसेको बैठकले यहि कार्तिक १ गते बाट ४ गतेसम्म आएको अभिरल बर्षा का कारण रामारोशन गाउँ पालिका लगायत देशैभरी भएको धन जनको क्षेति प्रति दुख प्रकट गरेको छ ।

यसका साथै बैठकले उक्त बर्षाका कारण रामारोशनमा घरमा भित्र्याउन लागेको किसानको धान लगायतका अन्य अन्न बालिमा ठुलो नोक्सानी भएको हुदा किसानलाई राहत उपलब्ध गराउन सबै तहका सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने निर्णय पारित गरेको छ ।

साथै सोही बर्षा का कारण रामारोशन जयगड सडक खण्ड र रामारोशन मंगलसेन सडक पुर्ण रुपले अबरुद्ध भइ रामारोशन क्षेत्रका जनता लाई दैनिक उपभोग्य सामान ढुवानी गर्न तथा बिरामी लगायत अन्य जनता लाई आवतजावत निकै समस्या भएकाले दुबै सडक खण्ड तत्काल सुचारु का लागि स्थानिय सरकार को गम्भीर ध्यानाकर्षण गराउने समेत निर्णय गरेको कांग्रेस युवा नेता पुष्प बिष्टले जानकारी दिनुभएको छ।

बैठकमा नेपाली कांग्रेस महासमिति सदस्य अनुराधा स्वार रावल पाटी जिल्ला सदस्य केश ब बटाला नेविसंघ पुर्व केन्द्रीय सदस्य काली बुढा कांग्रेस नेपाली कांग्रेस युवा नेता पुर्ण ब बिक पुष्प बिष्ट लगायत नेपाली कांग्रेस रामारोशन गाउँ पालिका अन्तरगत विभिन्न वडाका वडा सभापति कार्यसमिति का सदस्य लगायतको सहभागीता रहेको बैठकको सन्चालन नेपाली कांग्रेस गाउँ पालिका सचिव परेक राज देवकोटाले गर्नु भएको थियो

प्रतिक्रिया