Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

आज एमालेको पालिका अधिवेशन हुँदै

आज एमालेको पालिका अधिवेशन हुँदै

एमालेले मंगलबार एकसाथ ७५३ स्थानीय तहमा पालिका अधिवेशन गर्दै छ। अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट १ बजे उद्घाटन गर्ने केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बताए। 

यो अधिवेशनले अध्यक्ष १, उपाध्यक्ष १, सचिव १, उपसचिव २ र विधानअनुसार अधिकतम संख्यामा नबढ्ने गरी सदस्यहरू रहेको पालिका/इलाका कमिटी निर्वाचित गर्नेछ। पालिका/इलाका मातहतका वडा/शाखा कमिटीका अध्यक्ष पालिका/इलाका कमिटीका पदेन सदस्य हुनेछन्।

नयाँ विधानअनुसार गाउँपालिका र नगरपालिका कमिटीको अधिकतम सदस्य संख्या ७५ हुने व्यवस्था छ। यस्तै, अधिकतम सदस्य संख्या उपमहानगरपालिकामा ८५, महानगरपालिकामा १ सय १ र इलाकामा ५१ हुनेछ। मुलुकमा ६ महानगरपालिका, ११ उपमहानगरपालिका र २ सय ७६ नगरपालिका र ४ सय ६० गाउँपालिका छन्। यो अधिवेशनबाट ५६ हजारभन्दा बढी नयाँ नेतृत्व चुनिँदै छन्। कम्तीमा एकतिहाइ महिलासहित विविधता प्रतिविम्बित हुने गरी समावेशी कमिटी हुनुपर्ने केन्द्रीय सदस्यसमेत रहेका तामाङले बताए।

नयाँ विधानले पालिका  कमिटी दुई अधिवेशनबीचको अवधिमा आफ्नो कार्यक्षेत्रमा पार्टीको मुख्य कार्यकारी संस्था हुने व्यवस्था गरेको छ। त्यसैले पालिका अधिवेशनलाई महत्वका साथ हेरिएको छ।

प्रतिक्रिया