Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

आज एमालेको पालिका अधिवेशन हुँदै

आज एमालेको पालिका अधिवेशन हुँदै

एमालेले मंगलबार एकसाथ ७५३ स्थानीय तहमा पालिका अधिवेशन गर्दै छ। अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट १ बजे उद्घाटन गर्ने केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बताए। 

यो अधिवेशनले अध्यक्ष १, उपाध्यक्ष १, सचिव १, उपसचिव २ र विधानअनुसार अधिकतम संख्यामा नबढ्ने गरी सदस्यहरू रहेको पालिका/इलाका कमिटी निर्वाचित गर्नेछ। पालिका/इलाका मातहतका वडा/शाखा कमिटीका अध्यक्ष पालिका/इलाका कमिटीका पदेन सदस्य हुनेछन्।

नयाँ विधानअनुसार गाउँपालिका र नगरपालिका कमिटीको अधिकतम सदस्य संख्या ७५ हुने व्यवस्था छ। यस्तै, अधिकतम सदस्य संख्या उपमहानगरपालिकामा ८५, महानगरपालिकामा १ सय १ र इलाकामा ५१ हुनेछ। मुलुकमा ६ महानगरपालिका, ११ उपमहानगरपालिका र २ सय ७६ नगरपालिका र ४ सय ६० गाउँपालिका छन्। यो अधिवेशनबाट ५६ हजारभन्दा बढी नयाँ नेतृत्व चुनिँदै छन्। कम्तीमा एकतिहाइ महिलासहित विविधता प्रतिविम्बित हुने गरी समावेशी कमिटी हुनुपर्ने केन्द्रीय सदस्यसमेत रहेका तामाङले बताए।

नयाँ विधानले पालिका  कमिटी दुई अधिवेशनबीचको अवधिमा आफ्नो कार्यक्षेत्रमा पार्टीको मुख्य कार्यकारी संस्था हुने व्यवस्था गरेको छ। त्यसैले पालिका अधिवेशनलाई महत्वका साथ हेरिएको छ।

प्रतिक्रिया